Category Archives: News

विश्व नेपाली साहित्य महासङ्घ फ्रान्स शाखा गठन

गत २६ अक्टोबर २०१७ का दिन पेरिस, सेन्टडेनिसको कमरान रेष्टुरेष्टमा भएको स्रष्टाहरुको एक भेलाले विश्व नेपाली साहित्य महासङ्घ फ्रान्स शाखा गठन गरेको छ । लामो समय प्राज्ञिक क्षेत्रमा काम गर्नुभएका पेरिस निवासी राजेन्द्र कार्कीको अध्यक्षतामा फ्रान्स शाखा निर्माण गरिएको हो । उपाध्यक्षमा विर बहादुर खडका, महासचिवमा सुमित्रा बुर्लाकोटी, सदस्यहरुमा शोभा कुमारी गजुरेल र अनुजा गिरी रहनु भएको छ भने भाषाविज्ञको रुपमा रामकुमार पाण्डेलाई संस्थागत रुपमै जिम्मेवारीमा चयन गरेको छ । साहित्य महासङ्घ विश्व केन्द्रीय समितिका अध्यक्ष विश्वास दीप तिगेला र साहित्यकार हरिहर अर्यालको उपस्थितीमा उक्त तदर्थ समिति गठन भएको हो । महासङ्घले नियमित साहित्यिक छलफल गर्ने र नेपाली उत्कृष्ट साहित्यलाई फ्रेन्च भाषामा अनुवाद गर्ने पनि योजना तय गरयो । साहित्य महासङ्घको १८ औं मुलकको २५ औं शाखाको रुपमा फ्रान्स शाखा निर्माण भएको छ ।

साहित्य महासङ्घ नेपाल शाखाको पूनर्गठन अध्यक्षमा कवि मणिराज सिंह

साहित्य महासङ्घ नेपाल शाखाको पूनर्गठन अध्यक्षमा कवि मणिराज सिंह

गत १८ अक्टोबर २०१७ का दिन विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाको एकभेलाले पूनर्गठन गरि कवि मणिराज सिंहलाई नेतृत्व प्रदान गरेको छ । अनामनगर, काठमाडौको बिनायो रेष्टुरेष्टमा भएको स्रष्टाहरुको उक्त भेलाले क्रमशः उपाध्यक्ष गुप्तबहादुर श्रेष्ठ, महासचिव बिना थिङ तामाङ, सचिव कमला रिसाल ज्योति, कोषाध्यक्ष शैलेन्द्र कुमार शाह, सदस्यहरु विद्या सापकोटा र उषा आचार्य चयन हुनुभएको छ । भेलामा साहित्य महासङ्घका केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेला, केन्द्रीय उपाध्यक्ष सागर श्रेष्ठ, नेपाल शाखाका अध्यक्ष रमेश कडेल लगायतको उपस्थिती रहेको थियो । नेपाल शाखाका नयाँ नेतृत्व कवि सिंह राष्ट्रिय कविता महोत्सव २०७३ मा >>>

साहित्य महासंघ, साउदि अरब शाखाको गजल “बिमोचन समारोह” सम्पन्न

साहित्य महासंघ, साउदि अरब शाखाको गजल “बिमोचन समारोह” सम्पन्न

११ अगस्ट २०१७ शुक्रबार, बिश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरबले लाल बहादुर थापा क्षेत्रीको एकल कृति ” बगालेका गजलहरु” नामक गजल संग्रह बिमोचन कार्यक्रम सम्पन्न गरेको छ। मातृभुमी र प्रदेश देखि प्रेम र बिछोड सगै हरेक ब्यक्तिहरुको वास्तविक जिबन गाथालाई सम्म समेट्न सक्ने उक्त गजल संग्रह विश्व नेपाली साहित्य महासङ्घ साखा साउदिका अध्यक्ष बालकृष्ण पौडेलको सभापतित्व तथा साउदी अरब स्थित नेपाली राजदुतावासको प्रतिनिधि अम्बिका अधिकारीको प्रमुख आतिथ्य तथा दुताबास परिवारकै बिजय रावतको बिशेष आतिथ्य र साउदी अरबमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुबाट अतिथी आसन ग्रहण सगै सन्चालित कार्यक्रम भब्यसब्य रुपमा >>>

साहित्य महासङ्घ ईजरायलले देवकोटा जयन्ति मनायो र याम्फूलाई विदाई

साहित्य महासङ्घ ईजरायलले देवकोटा जयन्ति मनायो र याम्फूलाई विदाई

२०१७ अक्टोबर २० गते शुक्रबार साँझ विश्व नेपाली साहित्य महासंघ ईजरायल शाखाको आयोजनामा नेपाली भाषा र साहित्यका महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०९ औं जन्म जयन्ती कार्यक्रम भब्यताका साथ नितिबोतमा सम्पन्न भयो । अध्यक्ष सानु गुरुड नेपाल बिदामा हुनु भएको र उपाध्क्षय गणेश गौतम सागरको पनि ब्यस्तताको कारणले अनउपस्थित रहेकोले महासचिव अम्बिका याम्फु अनमोलले सभापतित्वको आसनबाट पानसमा दिप प्रज्जलन गरी महाकवि देवकोटाको तस्वीरमा माल्याअर्पण गरी कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्यक्रमको शुभारम्भमा राष्ट्रियबाट शुरुगििर अनिता राई, रेखा पन्त, भिमा कार्की र सम्झना पन्तको कर्ण प्रिय स्वरमा स्वागत गीत प्रस्तुत भयो । सक्रिय >>>

वातावरण साहित्य भब्यतापूर्वक सम्पन्न, उत्कृष्ट कविलाई सभापति गुराँस फूल प्रदान (भिडियो सहित)

वातावरण साहित्य भब्यतापूर्वक सम्पन्न, उत्कृष्ट कविलाई सभापति गुराँस फूल प्रदान (भिडियो सहित)

गत ४ जुन २०१७ का दिन लण्डनको चाल्टन एफसी हलमा वातावरण साहित्य गोष्ठि भब्यतापूर्वक सम्पन्न भएको छ । विश्व नेपाली साहित्य महासङ्घ, साउथ युके, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज युके शाखाको मुख्य सक्रियता एवं आयोजना साथै युकेमा रहेका विभिन्न १२ वटा साहित्यिक संगठनहरुको संयुक्त आयोजनामा सम्पन्न गोष्ठिमा गमलाको राष्ट्रिय फूल लालीगुराँसलाई सभापति बनाईएको थियो भने प्रमुख अतिथिमा साहित्यकार डा. डुबसु क्षेत्री हुनुहुन्थ्यो । प्रमुख अतिथि क्षेत्रीले गमलाको गुराँस फूलमा जल सिंचन गरेर उदघाटन गर्नु हुदै नयाँ ढङ्गको कार्यक्रम एवं उच्च स्तरको रचनाहरुबाट प्रभावित बनेको र वाचित वातावरण सिर्जनाहरुलाई प्रकाशनको आवश्यकता औल्याउनु >>>

साहित्य महासङ्घ इजरायल शाखाद्धारा मुटुमा प्वाल भएको बच्चालाई आर्थिक सहयोग (भिडियो सहित)

साहित्य महासङ्घ इजरायल शाखाद्धारा मुटुमा प्वाल भएको बच्चालाई आर्थिक सहयोग (भिडियो सहित)

गत ७ जुन २०१७ का दिन विश्व नेपाली साहित्य महासङ्घ, इजरायल शाखाद्धारा सुन्तले–५ खोटाङका आठ महिने मुटुरोगी (मुटुमा प्वाल भएका) बालक सज्ञान तामाङको उपचारको लागि नेरु ६३ हजार हस्तान्तरण गरेको छ । साहित्य महासङ्घको ईजरायल शाखाकी अध्यक्ष सानु गुरुङ लगायतको सक्रियतामा उक्त रकम संकलन गरिएको थियो । उक्त रकमलाई साहित्य महासङ्घ केन्द्रका उपाध्यक्ष सागर श्रेष्ठले बच्चाको बुबा टंक तामाङ र बच्चाको आमालाई कान्ति बाल अस्पताल नै पुगेर सहयोग हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा इजरायल शाखाको प्रतिनिधि पदम शर्मा ढुंगनाको पनि उपस्थिती रहेको कुरा सचिव बिमला शर्मा ढुंगानाले जनाउनु भएको >>>

साहित्यकार घन थापाको दुई गिती एल्वम बयान र बस्ति विमोचित (भिडियो सहित)

साहित्यकार घन थापाको दुई गिती एल्वम बयान र बस्ति विमोचित (भिडियो सहित)

गत ७ मे २०१७ का दिन युके केन्टको फक्स्टोन टाउनमा विश्व नेपाली साहित्य महासङ्घ, साउथ युके र नेपाली साहित्य विकास परिषद युकेको सयुक्त आयोजनामा नजिकको हकिन्स हलमा साहित्यकार घनबहादुर थापामगरको एकैपटक २ गिती एल्वमको भब्यतापूर्वक सार्वजनिक भएको छ । युकेका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदी लगायतका अतिथिहरुले वयान र वस्ति नामक दुई कृतिलाई सामुहिक रुपमा विमोचन गरेका हुन । युकेमा कविहरु धेरै रहेका तर गीतकारहरु कमि रहेको कुरा औल्याउदै अगुवा साहित्यकार थापा मगरहरुको सक्रियता र मार्गदर्शनले महत्वपूर्ण भूमिका खेल्ने प्रमुख अतिथि राजदुत सुवेदीले बताउनु भयो । वयान एल्वमको >>>

साहित्य महासङ्घ साउथ युकेले साहित्यिक र साँस्कृतिक कार्यक्रम गरि नयाँ बर्षलाई स्वागत गरयो (भिडियो र अडियो सहित)

साहित्य महासङ्घ साउथ युकेले साहित्यिक र साँस्कृतिक कार्यक्रम गरि नयाँ बर्षलाई स्वागत गरयो (भिडियो र अडियो सहित)

गत १६ अप्रिल २०१६ का दिन विक्रम संवत नयाँ बर्ष २०७४ लाई साहित्यिक र सांगेतिक कार्यक्रम गरि भब्यता पूर्वक सम्पन्न गरेको छ । युके केन्टको आसफोर्ड टाउनको सेन्टरपीस हलमा आयोजित कार्यक्रममा नेपालबाट सांगेतिक यात्रामा युके आईपुग्नु भएका सिर्जना क्षेत्रकै गायक शिव परियारलाई प्रमुख अतिथि एवं वहाकै मुख्य सांगेतिक प्रस्तुती रहेको थियो । पहिलो चरणमा प्रमुख अतिथि परियार, विश्व नेपाली साहित्य महासङ्घ केन्द्रका अध्यक्ष विश्वास दीप तिगेला र शाखाका कार्यबाहक अध्यक्ष औतारी साईलाले पानसमा बत्ति बालेर कार्यक्रमको उदघाटन गर्नुभएको थियो भने सुरेन्द्र थेवेले हेल्थएण्ड सेप्टिबारे बताउनु भयो र सुस्मा रुपावुङ राईले >>>

अर्थ आवर वातावरण साहित्य प्रतियोगिताको नतिजा घोषणा:  बन्दना उत्कृष्ट

अर्थ आवर वातावरण साहित्य प्रतियोगिताको नतिजा घोषणा: बन्दना उत्कृष्ट

काठमाडौं । नेपालभित्रका स्रष्टालाई लक्षित अर्थ आवर वातावरण साहित्य प्रतियोगिताको नतिजा घोषणा गरिएको छ । स्रष्टाहरु बन्दना राई, प्रज्वल अधिकारी र पवित्रा राईले लेखेको कविता उत्कृष्ट ठहरिएका छन् । आयोजक विश्व नेपाली साहित्य महासंघ साउथ युकेका अनुसार बन्दना राईको ‘यो साझा घरको मान्छे’ प्रथम, प्रज्वल अधिकारीको ‘सहरले गुमाएको प्राकृतिक पेन्टिङ‘ द्वितीय र पवित्रा राईको ‘खर्पनमा धर्ती बोकेर’ले तृतीय स्थान प्राप्त गरेको छ । उनीहरुलाई आगामी बैशाख ४ गते (१७ अप्रिल)का दिन बीएफबीएस गोर्खा रेडियो काठमान्डूमा कार्यक्रम गरी पुरस्कृत गरिने छ । पुरस्कारको राशि पहिलोलाई १२ हजार, दोस्रोलाई १० र तेस्रोलाई >>>

बिनेसास इजरायल शाखाको अधिवेशन तथा ‘स्मारिका’ लोकार्पण भव्यताका साथ् सम्पन्न

बिनेसास इजरायल शाखाको अधिवेशन तथा ‘स्मारिका’ लोकार्पण भव्यताका साथ् सम्पन्न

तेल अभिव (इज़रायल) ६ चैत २०१७, विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाको आयोजनामा गत मार्च १७, २०१७ सुक्रवार साँझ इज़रायालाको तेलअभिव शहर स्थित सस्थाको अधिवेशन र स्मारिका पुस्तक लोकार्पण भव्य तथा सव्य पुर्वक सम्पन्न भयो । अध्यक्ष सावित्रा लुइँटेल घिमिरे ज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि इजरायलका लागि नेपाली राजदुताबासबाट प्रथम सचिव श्री हरिहरकान्त पौडेल ज्यू उपस्थित हुनुहुन्थ्यो । प्रमुख अतिथि ज्युबाट पानसमा दिप प्रज्जलित गर्दै कार्यक्रम उद्घाटन गरिएको भएको थियो । साहित्यमय साँझको पहिलो चरण कार्यक्रम महासचिव सानु गुरुङले संचालन गर्नु भएको थियो भने दोस्रो चरणको कार्यक्रम संस्थाकी >>>

विश्व नेपाली साहित्य महासङ्घ मलेशिया शाखामा नयाँ नेतृत्व चयन

आज २७ फेब्रुवरी २०१७ का दिन मलेसियाको राजधानी क्वाललम्पुरमा बसेको भेलाले काप्पोबा चुमको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । समितिका उपाध्यक्षमा शिव छाङ्छा, सचिवमा कृष्ण भीर, कोषाध्यक्षमा मनिस धिमाल र सदस्यहरुमा भिम स्नेही, रबिन मगर र प्रतिनिधि तथा सदस्यहरुमा सेमी मछिन्द्र लिम्बु (क्वाललम्पुर), सुजन सोल्टि राई (जोहोरबारु), गणेश सुनार शिशिर (क्वाललम्पुर), शिव पराजुली (जोहोरबारु), सुमन वान्तावा (ईपो), रामप्रसाद भट्टराई (ईपो), लोकेन्द्र देवान अशीम (जोहरबारु), रवी किरण (जोहरबारु), कपिलमणि (पेनाङ), चतुमान राई ( क्वाललम्पुर) र नवराज बुढा नवीन उदासी (निलाई) चयन हुनु भएको छ । यसअघिको कार्यसमितिको अध्यक्ष जीवन देवान >>>

Page 1 of 1412345»...Last »