Category Archives: News

साहित्य महाङ्घ केन्द्रको नयाँ नेतृत्व चयन

साहित्य महाङ्घ केन्द्रको नयाँ नेतृत्व चयन

गत १३ जुलाई २०१६ का दिन विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिको नेतृत्वमा युकेमा रहेका विश्वास दीप तिगेला पुनः दोस्रो कार्यकालको लागि चयन भएका छन् । अध्यक्षका अर्का प्रत्यासी साहित्यकार खगेन्द्र अधिकारीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि सहमतिकै आधारमा निर्वाचन संयोजक डा. कविताराम श्रेष्ठले सन् २०१६ देखि २०१९ का पदाधिकारीहरुको नाम स्काइप भेलामा घोषणा गर्नुभयो । समितिको वरिष्ठ उपाध्यक्ष सुरेन्द्र परदेशी (भारत), उपाध्यक्ष द्धयमाः सागर श्रेष्ठ (नेपाल), देंन्जोम साम्पाङ (भुटान अमेरिका) र महासचिवमा डा. लेखनाथ काफ्ले (ताइवान), सचिवमा केदार संकेत (अफगानिस्तान), संगठन सचिव हरि शिवाकोटी (क्यानडा), आर्थिक सचिव साबित्रा लुइटेल >>>

विनेसाम युके साउथले मनायो भानु जयन्ति तथा छैठौ बार्षिकउत्सव

विनेसाम युके साउथले मनायो भानु जयन्ति तथा छैठौ बार्षिकउत्सव

गत ३ जुलाई २०१६ का दिन विश्व नेपाली साहित्य महासङ्घ युके साउथ शाखाले १०३ औ आदिकवि भानु जयन्ति तथा साहित्य महासङ्घको छैठौ स्थापना दिवस मनायो । युके केन्टको सुन्दर तथा लोकप्रिय होल पार्क स्टेटको सभा हलमा आदिकवि भानुको फोटोमा माल्यार्पण गरि शुरु भएको कार्यक्रममा शिव कुमार राईले स्वागत मन्तब्य राख्नु भयो भने आदिकवि भानुको योगदान र साहित्य महासङ्घको बारे केन्द्रीय नेतृत्व विश्वास दीप तिगेलाले बोल्नु भयो । भिमो मेमोरियल ट्रष्टको प्रायोजनमा आयोजित कार्यक्रममा ट्रष्टका अध्यक्ष जानुका राईले ट्रष्टको बारेमा विस्तृत जानकारी गराउनु भयो । ट्रष्टले निर्माण गरेको बृत्तचित्र समेत प्रर्दशन >>>

रसियाको साहित्य महासङ्घ र एनआरएनद्धारा २ स्रष्टा सम्मानित

रसियाको साहित्य महासङ्घ र एनआरएनद्धारा २ स्रष्टा सम्मानित

गत १५ जुन २०१६ का दिन रसियाको राजधानी मस्कोमा विश्व नेपाली साहित्य महासङ्घ रसिया शाखा र एनआरएन रसियाले नेपालका दुई साहित्यकारलाई राजदुतावासको सभाकक्षमा नगद सहित पुरस्कृत गरयो । साहित्यकार धनराज गिरी र अश्विनी कोइरालालाई नेपाली साहित्यमा पुरयाएको योगदानको उच्च कदर गर्दै हरेक २ बर्षमा प्रदान गरिने पृथ्वी मिनाएभ पुरस्कार नगद नेरु ६४ हजार सहित संयुक्त रुपमा प्रदान गरिएको हो । एनआरएन पूर्व केन्द्रीय अध्यक्ष जीवा लामिछानेको उपस्थितीमा साहित्य महासङ्घका अध्यक्ष गोविन्द गौतमले हस्तान्तरण गर्नुभएको थियो । समारोहमा वरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठ लगायतको उपस्थिती थियो ।

इजरायल र साउदी शाखाद्धारा सयुक्त मुक्तक प्रतियोगिता २६ जुन अन्तिम दिन तपाईको मुक्तक आजै पठाउनुहोस

सूचना । मुक्तक विधाको विकास र विस्तार गर्ने उदेश्यले २०३औं भानु जयन्तीको अवसरमा विश्व नेपाली साहित्य महासंघ इजरायल शाखा र विश्व नेपाली साहित्य महासंघ साउदी अरेबिया शाखाको संयुक्त आयोजनामा हुन गइरहेको बिश्वव्यापी अनलाइन मुक्तक प्रतियोगिताका लागि जम्मा तिन ओटा मुक्तक आव्हान गरिएको छ । मुक्तक देश प्रेम, संस्कृति संस्कार, समाज राजनीति, विकृति बिसंगति, प्रकृति, प्रणय प्रेम जुनसुकै विषयमा भए पनि मौलिक हुनु पर्दछ । गाली गलोज र अरूलाई आक्षेप लाग्ने खालको हुनु हुँदैन | मुक्तक युनिकोड या प्रीतिमा टाइप गरी इमेल मार्फत पठाउनु पर्नेछ (यदि सम्भव भए फोटो सहित वर्ड >>>

लण्डनमा साहित्य महासङ्घ र दुतावासद्धारा स्व. अम्बर गुरुग श्रद्धाञ्जलीसभा

लण्डनमा साहित्य महासङ्घ र दुतावासद्धारा स्व. अम्बर गुरुग श्रद्धाञ्जलीसभा

गत १६ जुन २०१६ का दिन विश्व नेपाली साहित्य महासङ्घ र नेपाली राजदुतावासको संयुक्त आयोजनामा राजदुतावासको सभाकक्षमा राष्ट्रिय गायक स्व. अम्बर गुरुङको श्रद्धाञ्जलीसभा सम्पन्न भयो । स्व. गुरुङको फोटोमा माल्याअर्पण गरि शुरु भएको समारोहमा सङ्घसंस्थाका प्रतिनिधि तथा सहभागि सबैले पुष्प गुच्छा र खदा चढाए लगतै एक मिनेट मौन धारणा गरिएको थियो । वहाकै सम्मान र सम्झनामा स्व. गुरुङद्धारा संगीतबद्ध राष्ट्र गान र वहाकै स्वर र संगीत रहेको देशभक्ति गानहरु बजाइएको थियो । स्व. गुरुङको जीबनी बारे टेक बहादुर थापा राजेशले बोल्नु भयो । त्यस्तैगरि एक दर्जन कविहरुले गुरुङमा समर्पण गरि >>>

साहित्य महासंघ, ईजरायल मुक्तक संग्रह “मतना”को विमोचन तथा राजदूतलाई अभिनन्दन (भिडियो सहित)

साहित्य महासंघ, ईजरायल मुक्तक संग्रह “मतना”को विमोचन तथा राजदूतलाई अभिनन्दन (भिडियो सहित)

इजरायल, ३० फाल्गुन – प्रवासमा रहेर पनि नेपाली भाषा र साहित्यको जगेर्ना गर्दै साहित्य सम्बन्धी फरकफरक कार्यक्रम गर्दै आएको विश्व नेपाली साहित्य महासंघ,इजरायल शाखाले यस पटक भने निक्कै फरक किसिमको साहित्यिक कार्यक्रमको आयोजना गत शुक्रबर इजरायलको तेलअभिवमा सम्पन्न गरेको छ । संस्थाको चौथो वार्षिक उत्सव कार्यक्रममा इजरायल स्थित नेपाली राजदुतलाई विशेष सम्मान तथा विदेशमा रहेर साहित्य क्षेत्रमा कलम चलाउनुहुने विभिन्न ३६ स्रस्टाहरुको रचनालाई समावेश गरी प्रकाशन गरिएको “मतना” मुक्तक संग्रहको विमोचन कार्यक्रम एकै पटक आयोजना गरेर कार्यक्रमलाई भब्य र सभ्य बनाइएको थियो । उक्त मुक्तक संग्रहमा सुलोचना दाहाल , सुभद्रा >>>

घले उत्कृष्ट उद्धारकर्ता घोषित नर्स, प्रहरी र सिभिल सहित ४ जना जनही २५ हजार नगद सहित पुरस्कृत, कविता प्रतियोगिताका विजयीलाई पनि पुरस्कार हस्तान्तरण

घले उत्कृष्ट उद्धारकर्ता घोषित नर्स, प्रहरी र सिभिल सहित ४ जना जनही २५ हजार नगद सहित पुरस्कृत, कविता प्रतियोगिताका विजयीलाई पनि पुरस्कार हस्तान्तरण

काठमाडौं । गत ३ कार्तिक २०७२ का दिन महाविनासकारी भूकम्प पीडितलाई उद्धार गर्नेहरु मध्ये शेष घलेलाई उत्कृष्ट उद्धारकर्ताको सम्मान प्रदान गरिएको छ । घले गैर आवासिय नेपाली संघका अध्यक्ष हुनुहुन्छ । सम्मान ग्रहण लगतै घलेले यो सम्मान आफ्नो लागि पहिलो र महत्वपूर्ण भएको साथै साहित्य महासङ्घ संग एनआरएनले पनि सहकार्य गर्ने इच्छा ब्यक्त गर्नुभयो । वहालाई विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले एक समारोह बीच काठमाडौंमा सम्मान प्रदान गरेको हो । महासङ्घले तत्कालै बहादुरीपूर्वक र विवेकपूर्वक भूकम्प पीडितको उद्धार कार्यमा संलग्न शसस्त्र प्रहरी हवल्दार कृष्णबहादुर बस्नेत, उपचारमा अहोरात्र संलग्न >>>

हङकङमा विश्व नेपाली साहित्य महासङ्घको स्थापनामा भानुमय सभा

हङकङमा विश्व नेपाली साहित्य महासङ्घको स्थापनामा भानुमय सभा

बल्लभ रोका, हङकङ/ विश्व नेपाली साहित्य महासंङ्घ हङकङ शाखाको आयोजनामा २०१ औं आदिकवि भानु जयन्ती तथा विश्व नेपाली साहित्य महासङघको स्थापना दिवस स्थानीय याउमा तेई काउलुन स्थित हिन्स कार्यालयको सभाहलमा सुसम्पन्न भएको छ । हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापाको प्रमुख आथित्यमा दीप प्रज्वलन गरि आदिकवि भानुभक्त आचार्यको तस्विरमा माल्यार्पण गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो । बिशेष अतिथि नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष तथा कवि टंक सम्वाहाम्फे, नेपालबाट पुस्तक प्रदर्शनीको निम्ति आउनुभएका द्वय प्रकाशक एवं प्रवन्ध निर्देशक कथालयका राजिब धर जोशी र वज्र वुकका बिदुर डङगोल उपस्थित हुनु भएको थियो । >>>

साहित्य महासंघ इज़रायल शाखाले २०१ औं भानु जयन्ति तथा स्थापना दिवस मनायो

साहित्य महासंघ इज़रायल शाखाले २०१ औं भानु जयन्ति तथा स्थापना दिवस मनायो

तेल अभिव (इज़रायल) साउन ३, बिश्व नेपाली साहित्य महासंघ इजरायल शाखाको आयोजनामा ” २०१ औं भानु जयन्ती तथा विश्व नेपाली साहित्य महासंघको स्थापना दिवश यहि २०१५ जुलाई १८ तारिक सनीबारका दिन रमातगानको पार्क लुमीमा भब्यताका साथ सम्पन्न भएकोछ । इजरायलका लागि नेपाली राजदुत श्री प्रल्लाद कुमार प्रसाईं ज्युको प्रमुख आथित्यमा पानसमा बत्ती बाली आदिकवि भानुभक्त आचार्यको तस्विरमा माल्यार्पण गरेर कार्यक्रमको शुभआरम्भ गरिएको थियो समारोहमा उहाँकी धर्मपत्नी सिता प्रसाईं ज्यु पनी उपस्थित हुनुभएको थियो । कार्यक्रम सन्चालन संस्थाका सचिव गणेश श्री गौतम ” सागर” ज्युले गर्नुभएको थियो । भने स्वागत भाषण >>>

साहित्य महासङ्घको नियमित बैठक सम्पन्नः अन्तर देशिय कृति चर्चा तथा आदानप्रदान गर्न निर्देशन

साहित्य महासङ्घको नियमित बैठक सम्पन्नः अन्तर देशिय कृति चर्चा तथा आदानप्रदान गर्न निर्देशन

गत २८ जुन २०१५ का दिन विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिको नियमित इबैठक सम्पन्न भयो । बैठकले भर्खरै सम्पन्न विश्वब्यापी कविता प्रतियोगिताका विजयीहरुलाई अनुकुलता मिलाएर पुरस्कार प्रदान गर्ने र घोषणा गरिएका सम्मानितहरुलाई पनि सम्मान हस्तान्तर गर्नेबारे छलफल गरयो । त्यस्तैगरि भूकम्पको महाविपतीमा तत्कालै बहादुरी र विवेकपूर्ण तबरले उद्धार गर्नेहरुको लागि पुरस्कार र सम्मान दिनको निम्ति सम्पूर्ण शाखा तथा शुभेच्छुकहरुलाई पुनः आर्थिक सहयोग गर्न आब्हान गरेको छ । भूकम्प गए लगतै उद्धारकार्यमा खट्ने नेपाली प्रहरी (शसस्त्र, जनपद), सेना, नर्स डाक्टर, पत्रकार, सर्बसाधारण र सघसंस्थाहरू मध्येबाट छनौट गरिनेछ । राहत >>>

Page 2 of 13«12345»...Last »