Category Archives: News

हङकङमा विश्व नेपाली साहित्य महासङ्घको स्थापनामा भानुमय सभा

हङकङमा विश्व नेपाली साहित्य महासङ्घको स्थापनामा भानुमय सभा

बल्लभ रोका, हङकङ/ विश्व नेपाली साहित्य महासंङ्घ हङकङ शाखाको आयोजनामा २०१ औं आदिकवि भानु जयन्ती तथा विश्व नेपाली साहित्य महासङघको स्थापना दिवस स्थानीय याउमा तेई काउलुन स्थित हिन्स कार्यालयको सभाहलमा सुसम्पन्न भएको छ । हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापाको प्रमुख आथित्यमा दीप प्रज्वलन गरि आदिकवि भानुभक्त आचार्यको तस्विरमा माल्यार्पण गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो । बिशेष अतिथि नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष तथा कवि टंक सम्वाहाम्फे, नेपालबाट पुस्तक प्रदर्शनीको निम्ति आउनुभएका द्वय प्रकाशक एवं प्रवन्ध निर्देशक कथालयका राजिब धर जोशी र वज्र वुकका बिदुर डङगोल उपस्थित हुनु भएको थियो । >>>

साहित्य महासंघ इज़रायल शाखाले २०१ औं भानु जयन्ति तथा स्थापना दिवस मनायो

साहित्य महासंघ इज़रायल शाखाले २०१ औं भानु जयन्ति तथा स्थापना दिवस मनायो

तेल अभिव (इज़रायल) साउन ३, बिश्व नेपाली साहित्य महासंघ इजरायल शाखाको आयोजनामा ” २०१ औं भानु जयन्ती तथा विश्व नेपाली साहित्य महासंघको स्थापना दिवश यहि २०१५ जुलाई १८ तारिक सनीबारका दिन रमातगानको पार्क लुमीमा भब्यताका साथ सम्पन्न भएकोछ । इजरायलका लागि नेपाली राजदुत श्री प्रल्लाद कुमार प्रसाईं ज्युको प्रमुख आथित्यमा पानसमा बत्ती बाली आदिकवि भानुभक्त आचार्यको तस्विरमा माल्यार्पण गरेर कार्यक्रमको शुभआरम्भ गरिएको थियो समारोहमा उहाँकी धर्मपत्नी सिता प्रसाईं ज्यु पनी उपस्थित हुनुभएको थियो । कार्यक्रम सन्चालन संस्थाका सचिव गणेश श्री गौतम ” सागर” ज्युले गर्नुभएको थियो । भने स्वागत भाषण >>>

साहित्य महासङ्घको नियमित बैठक सम्पन्नः अन्तर देशिय कृति चर्चा तथा आदानप्रदान गर्न निर्देशन

साहित्य महासङ्घको नियमित बैठक सम्पन्नः अन्तर देशिय कृति चर्चा तथा आदानप्रदान गर्न निर्देशन

गत २८ जुन २०१५ का दिन विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिको नियमित इबैठक सम्पन्न भयो । बैठकले भर्खरै सम्पन्न विश्वब्यापी कविता प्रतियोगिताका विजयीहरुलाई अनुकुलता मिलाएर पुरस्कार प्रदान गर्ने र घोषणा गरिएका सम्मानितहरुलाई पनि सम्मान हस्तान्तर गर्नेबारे छलफल गरयो । त्यस्तैगरि भूकम्पको महाविपतीमा तत्कालै बहादुरी र विवेकपूर्ण तबरले उद्धार गर्नेहरुको लागि पुरस्कार र सम्मान दिनको निम्ति सम्पूर्ण शाखा तथा शुभेच्छुकहरुलाई पुनः आर्थिक सहयोग गर्न आब्हान गरेको छ । भूकम्प गए लगतै उद्धारकार्यमा खट्ने नेपाली प्रहरी (शसस्त्र, जनपद), सेना, नर्स डाक्टर, पत्रकार, सर्बसाधारण र सघसंस्थाहरू मध्येबाट छनौट गरिनेछ । राहत >>>

भूकम्पको महाविपतिमा धेरैलाई उद्धार गर्ने ब्यक्तिलाई केही भन्न र दिन चाहानुहुन्छ की ?

भूकम्पको महाविपतिमा धेरैलाई उद्धार गर्ने ब्यक्तिलाई केही भन्न र दिन चाहानुहुन्छ की ?

हार्दिक अपिल, भूकम्पको महाविपतिमा तत्कालै उद्धार कार्यमा महत्वपूर्ण योगदान गर्नेलाई विश्व नेपाली साहित्य महासङ्घले पुरस्कृत तथा सम्मान गर्ने घोषणा गरेको सर्वविदितै छ । माछा दिनु भन्दा माछा मार्ने तरिका सिकाउने कार्यलाई प्रोत्साहन गर्नु हाम्रो उद्देश्य हो । ढिला गरि धेरैले उद्धारमा सहयोग गर्नुभएको छ तर हाम्रो चासो भनेको भूकम्प लगतै, जुनबेला उद्धार कार्यमा खट्दा जिबितै उद्धार गर्न सकिन्थ्यो त्यो वेला खट्ने, ब्यक्ति तथा सस्था हाम्रो चासोको केन्द्रबिन्दु हो । घाइते भएकालाई उपचारमा दिएको योगदान । राहत वितरणमा भ्रष्टाचार रोक्न जनचेतनात्मक योगदान पनि हाम्रो खोजिका विषय हुन । हामीलाई राम्ररी थाह >>>

दोस्रो विश्वब्यापी खुल्ला कविता प्रतियोगिता सन् २०१५ मा पान्थरका सुब्बा प्रथम

दोस्रो विश्वब्यापी खुल्ला कविता प्रतियोगिता सन् २०१५ मा पान्थरका सुब्बा प्रथम

लण्डन, गत २९ मे २०१५ का दिन आठौ गणतन्त्र दिवसको अवसरमा सार्वजनिक दोस्रो विश्वब्यापी खुल्ला कविता प्रतियोगिता सन् २०१५ को नतिजामा पान्थरका शन्देश सुब्बाको ‘सिकर्मी’ शिर्षकको कविता प्रथम भएको छ । सुब्बा ११४ प्रतियोगीलाई पछि पार्दै प्रथम भएका हुन । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको आयोजना र विभिन्न ६ साहित्यिक संस्थाहरुको सहआयोजनामा सम्पन्न विश्वब्यापी प्रतियोगितामा फत्तेपुर सप्तरीका शंकर निरौला निरक्षर ‘देश देश जस्तो छैन’ शिर्षकको कविता दोस्रो र काठमाडौंका कवि प्रथाको ‘समाजशास्त्रको आँसु’ तेस्रो बनेकोे छ । त्यस्तै गरि महिला मध्येबाट उत्कृष्ट युकेकी भावना ‘परिष्कृत’ सुनुवार हुनुभएको छ >>>

विश्वब्यापी कविता प्रतियोगिताको नतिजा घोषणा जेठ १५ मा हुदै

विश्वब्यापी कविता प्रतियोगिताको नतिजा घोषणा जेठ १५ मा हुदै

२६ मे २०१५ । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको आयोजना र विभिन्न शाखा तथा साहित्यिक संघसस्थाहरुको सहआयोजना रहेको विश्वब्यापी खुल्ला कविता प्रतियोगिता सन् २०१५ को नतिजा यहि २९ मे २०१५ तदनुसार १५ जेठ २०७२ गणतन्त्र दिवसको अवसरमा सार्वजनिक गर्ने भएको छ । अघिल्लो महिना नै घोषणा गर्न लागिएको उक्त नतिजा घोषणाको कार्यक्रम महाभूकम्पको कारण एक महिना पछि सारिएको थियो । प्रतियोगितामा विश्वभरबाट १४० जना कविहरुले सहभागिता जनाउनु भएको छ । भाषाभाषिको कविताहरु मध्ये यसपटक मैथिली भाषाको पनि मूल्याङ्कन गरि पुरस्कृत घोषणा गरिने भएको छ । उत्कृष्ट १५ कविताहरुलाई >>>

माटोको शोक मनाउदै विश्व नेपाली साहित्य महासङ्घ शाखा गठन

माटोको शोक मनाउदै विश्व नेपाली साहित्य महासङ्घ शाखा गठन

हङकङ, ३ मे, मातृभूमी नेपालमा भर्खरै विनासकारी महाभूकम्पवाट सात हजार भन्दा ज्यादाले अकालमा ज्यान गुमाउने दिवंगत आत्माहरू र १२ हजार भन्दा ज्यादा घांईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै दर्जनौ साहित्यकारहरुको विशेष भेलाले सयुंक्त दीप प्रज्वलन गरि श्रध्द्वाञ्जली शोक मनाए | उक्त भेलाले सर्वसहमत कवि चन्द्र मादेन ‘आन्छन्’ को अध्यक्षतामा “विश्व नेपाली साहित्य महासङ्घ, हङकङ शाखा” गठन गरेको छ भने सचिवमा कवि वल्लभ रोक्का, कोषाध्यक्षमा कवयित्री पूर्णिमा शाह, सदस्यहरुमा कवि डी बी पालुङवा, कवि श्री कुमार चाम्लिङ ‘पूर्वेली’ र कवयित्री सुनिता गिरी चयन हुनुभएको छ । उक्त भेलामा अन्य साहित्यकारहरु विमल >>>

नेपाली साहित्य दुत २०१४ ‘मकालु’ डा. मल्ललाई हस्तान्तरण

नेपाली साहित्य दुत २०१४ ‘मकालु’ डा. मल्ललाई हस्तान्तरण

बैशाख १९, सुर्खेत । शनिबार वीरेन्द्रनगरमा वृहत साहित्यिक कार्यक्रमको आयोजना गरि कवि तथा प्राध्यापक डाक्टर महेन्द्रकुमार मल्ललाई सम्मान हस्तान्तरण गरिएको छ । मल्ललाई विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रीय समितिले ‘नेपाली साहित्य दुत २०१४ ‘मकालु’ घोषणा गरेको थियो । महासङ्घले विश्वका उच्च १० शिखरहरु मध्ये नेपालमा रहेका ८ वटा शिखरहरुको नामबाट सम्मान घोषणा गरेको थियो । मध्यपश्चिमाञ्चल गजल मंच सुर्खेतको आयोजनामा भएको कार्यक्रममा मंचको अर्धवार्षिक प्रकाशन गजल बाटिकाको पनि लोकार्पण गरिएको छ । कार्यक्रममा सम्मानित स्रष्टा डाक्टर मल्लले सम्मानित हुँदा आफू खुशी भएको भन्दै आगामी दिनमा सँगसँगै हिड्ने वातावरण सिर्जना >>>

साहित्य महासंघ र दक्षिण भोजपुरे समाजद्धारा उद्धार गस्ति तथा रक्तदान कार्यक्रम

बिश्व नेपाली साहित्य महासंघ भोजपुर र दक्षिण भोजपुर सरोकार समाजले उद्दार कार्यको लागि युवा गस्ती र रक्तदान अभियान सम्पन्न गरेको छ । अभियानका संयोजक तथा साहित्य महासंघ सिंगापुर शाखाका अध्यक्ष रामप्रसाद राई ‘किराँती सानु’ को अगुवाइमा, संचालित सो कार्यक्रमलाई डा.प्रतिभा सुच्चा राई र इन्जिनियर विजय प्रसाद राईद्वारा परिवार देखि आफन्त, गाउ छिमेक टोलटोल घुम्दै सम्झाई बुझाई गर्दै रक्तदान सेवा केन्द्र सम्म पुराउने अभियान सम्पन्न भएको छ । हजारौको ज्यान लिने विनाशकारी महाभूकम्पले मातृभूमि नेपाल पुरै शोकमा डुबेको बेला । हजारौ बेघर र आनाथ बनेका बेला । घाइतेहरु पीडामा छटपटाई रहेका >>>

भूकम्प पीडितका उद्धारमा हौसला थप्न साहित्य महासङ्घद्धारा पुरस्कार तथा राहतको घोषणा, कविता प्रतियोगिताको नतिजा स्थगित

भूकम्प पीडितका उद्धारमा हौसला थप्न साहित्य महासङ्घद्धारा पुरस्कार तथा राहतको घोषणा, कविता प्रतियोगिताको नतिजा स्थगित

लण्डन, २९ अप्रिल २०१५ । महाभूकम्पमा पुरिएका, चेपिएकाहरुको तत्कालै प्रभावकारी उद्धारको कार्य गर्ने ब्यक्तिको लागि नगद सहितको पुरस्कार तथा सम्मान घोषणा गर्दै विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिको नियमित बैठक गत २८ अप्रिल २०१५ का दिन सम्पन्न भएको छ । विवेकपूर्ण र बहादुरी पूर्वक उद्धार कार्यमा सलग्न हुनुहुने महानुभावहरुलाई हौसला स्वरुप नगद प्रतिब्यक्ति रु ५० हजार घोषणा गरेको छ । उद्धार कार्यमा प्रभावकारी हुनसकोस भन्ने उद्देश्यले उक्त घोषणा गरिएको हो । पुरिएका, चेपिएकाहरु २१ दिन पछि सम्म पनि जिवितै भेटिएको घट्ना भएको कारण जिवितै भेट्ने आसका साथ जोडतोडले उद्धार >>>

Page 3 of 14«12345»...Last »