Category Archives: News

कवयित्री लीला सेलिङको एकल कविता वाचन सम्पन्न साहित्यकार शाह सम्मानित

कवयित्री लीला सेलिङको एकल कविता वाचन सम्पन्न साहित्यकार शाह सम्मानित

रोशन मेवाहाँङ, गत ११ अप्रिल २०१५ । विश्व नेपाली साहित्य महासङ्घ युके शाखाको आयोजनामा कवयित्री लीला सेलिङ् माबोको एकल कविता बाचन र साहित्यकार सुरेसजंग शाहलाई नेपाली साहित्य दुत २०१४ कन्चनजंगा ले सम्मान गरयो । कवयित्री सेलिङको एक कविताकृति ‘लाहुरेनी पीडा’ नामक प्रकाशित छ भने वहा लामो समयदेखि साहित्य र समाजसेवामा सक्रिय हुनुहुन्छ । शिक्षिकाबाट शुरुभएको वहाको जीबनयात्रा विद्यालयको प्रधानअध्यापिका, रेडियो प्रस्तोता, समाजको नेतृ हुदै साहित्यमा शसक्तरुपमा उभिनु भएको छ । वहाका कविताहरु ज्यादै शक्तिशालि र वैचारिक रहेको कुरा विशिष्ट अतिथि तथा साहित्यकार काजमिान यक्सोले ब्यक्त गर्नुभयो । साहित्यकार शाहलाई विश्व >>>

साहित्य महासङ्घका रसिया शाखाका अध्यक्ष तथा  केन्द्रीय सदस्य गौतमद्धारा विद्यालयलाई  लाखौ सहयोग

साहित्य महासङ्घका रसिया शाखाका अध्यक्ष तथा केन्द्रीय सदस्य गौतमद्धारा विद्यालयलाई लाखौ सहयोग

पर्वत । ३० मार्च २०१५,  विश्व नेपाली साहित्य महासङ्घका केन्द्रीय सदस्य तथा रसिया शाखाका अध्यक्ष गोविन्दप्रसाद गौतमले पर्वतका दुई विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ। रुसमा रहेर व्यवसाय गर्दै आउनु भएका गौतमले पर्वतको खानीगाउँस्थित भवानी विद्यापीठ उच्च मावि र देवीस्थान गाविसस्थित चन्दनी प्राथमिक विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको हो । देवीस्थान–१ चन्दनी प्राथमिक विद्यालयमा गौतमले २ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो । अक्षयकोषको रकम गौतमले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोयनाथ पौडेल र प्रधानाध्यापक इन्द्रप्रसाद पोखरेललाई हस्तान्तरण गर्नुभएको थियो । दलित, अल्पसंख्यक विद्यार्थीहरुले अध्ययन गर्दै आएको चन्दनी प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति र >>>

युकेका नेपालीहरुले अर्थआवर मनाए

युकेका नेपालीहरुले अर्थआवर मनाए

लण्डन, गत २८ मार्च २०१५ का दिन युकेबासी नेपालीहरुले एक साहित्यिक गोष्ठिगरि अर्थ आवर मनाएका छन् । कार्यक्रममा सहभागिहरुलाई स्वागत मन्तब्य सहित युकेका पहिलो वातावरणविद विजय हितानले अर्थ आवरको इतिहास तथा औचित्यको बारेमा जानकारी गराउनु भयो । नयाँ ठाँउ र नयाँ परिवेशमा युकेमा रहेका नेपालीहरुले अर्थ आवर मनाउनुको महत्व ठूलो रहेको कुरा पूर्व काउन्सिलर धन गुरुङले बताउनु भयो । त्यस्तै नयाँ परिवेशमा अर्थ आवरको बारे सर्वसाधारण सबैलाई जानकारी हुन जरुरी रहेको कुरा किरात याक्थुङ चुम्लुङ युकेका केन्द्रीय अध्यक्ष काजीमान यक्सोले बताउनु भयो । उक्त गोष्ठिमा करिष्मा घम, सिता पूर्जापुन, नरेश >>>

साहित्य महासङ्घको केन्द्रीय महासचिवमा डा. काफ्ले चयन

साहित्य महासङ्घको केन्द्रीय महासचिवमा डा. काफ्ले चयन

आसफोर्ड, युके, २७ मार्च २०१५ । विश्व नेपाली साहित्य महासङ्घको विशेष ईबैठकले डा. लेखनाथ काफ्लेलाई नयाँ महासचिवमा चयन गरेको छ । निवर्तमान महासचिव समदर्शि काँइलाले दिनुभएको राजीनामालाई स्वीकृत गर्दै डा. काफ्लेलाई चयन गरेको हो । डा. काफ्लेलाई अध्यक्ष विश्वास दीप तिगेलाले सफथ ग्रहण गराउनु भएको थियो । डा. काफ्लेले साहित्य महासङ्घलाई विश्वभर छरिएर रहेका नेपाली पहिचान बोकेकाहरुको साझा संस्था बनाउन आफूले सक्दो भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनु भयो । नेपाल बुटवलका डा. काफ्ले विगत ११ बर्षदेखि ताइवानमा रहदै आउनु भएको छ भने वहाले नेशनल ताइवान युनिभर्सिटीबाट किट विज्ञान विषयमा विद्याबारिधि >>>

युकेमा साहित्य महासङ्घद्धारा अर्थ आवरको अवसरमा साहित्यिक गोष्ठि २८ मार्चमा हुदै

युकेमा साहित्य महासङ्घद्धारा अर्थ आवरको अवसरमा साहित्यिक गोष्ठि २८ मार्चमा हुदै

फक्स्टोन, २२ मार्च २०१५ । विश्वब्यापी मनाईने अर्थ आवर (Earth Hour) को अवसरमा युकेका नेपालीहरुले वातावरण सम्बन्धि साहित्यि गोष्ठिको आयोजना गरेका छन् । यहि आउदो २८ मार्च शनिवारको दिन दिउसो १ बजे फकस्टोन चेरिटनको लेमनलिफ रेष्टुरेष्टको सभाकक्षमा हुने भएको छ । प्रत्येक बर्ष मार्च महिनाको अन्तिम शनिवारको दिनलाई विश्व बन्य जन्तु संरक्षण कोष (wwf) ले विश्वब्यापी अर्थआवर सन् २००७ देखि मनाउदै आएको छ । युकेमा रहेका नेपालीहरु पनि वातावरण बचाउने कार्यमा सुसुचित र सक्रिय हुनुपर्ने आवश्यकता औल्याउदै समाजका सचेत बर्ग स्रष्टासर्जकहरुले वातावरणिय साहित्यिक गोष्ठी गरिएको जनाएका छन् । गोष्ठिमा युकेका >>>

युकेमा कवि विजय हितानको एकल कविता वाचन सम्पन्न (भिडियो सहित)

युकेमा कवि विजय हितानको एकल कविता वाचन सम्पन्न (भिडियो सहित)

विनोद मेवाहाँङ, आसफोर्ड, गत १५ जनवरी २०१५ का दिन युकेको आसफोर्ड टाउनमा कवि विजय हितानको एकल कविता वाचन सुसम्पन्न भयो । एकल वाचन समारोहमा कवि हितानले वातावरणिय र युद्ध साहित्यका शक्तिशाली डेढ दर्जन कविताहरु रोचक ढंगबाट वाचन गर्नुभएको थियो । प्रमुख अतिथि, अध्यक्ष र स्रष्टाको संयुक्त बाहुलीबाट दिप प्रज्वलन गरि औपचारिक उद्घाटन भएको वाचन समारोह साहित्य महासङ्घका संरक्षक सदस्य सुरेन्द्र इङनामको बासुरी धुनबाट अघि बढेको थियो । कवि हितानद्धारा कविताहरुको वाचन लगतै साहित्यकार जानुका राईले समिक्षा मन्तब्य दिनु भयो भने सफलतापूर्वक वाचन सम्पन्न गर्नुभए वापत कवि हितानलाई प्रमुख अतिथिबाट प्रमाणपत्र >>>

साहित्य महासंघ साउदी अरेबियाको रियाद शाखामा नयाँ नेतृत्व चयन

साहित्य महासंघ साउदी अरेबियाको रियाद शाखामा नयाँ नेतृत्व चयन

गत १५ जनवरी २०१५ का दिन साउदी अरेवियाको रियादमा सम्पन्न विश्व नेपाली साहित्य महासंङ्घको भेलाले नयाँ नेतृत्व चयन गरेको छ । नयाँ समितिको अध्यक्ष कृष्ण कहादुर सर्तुगे, उपाध्यक्ष बाबुलाल बुढामगर, महासचिव श्याम गिरी, सचिव रामहरी तिम्सिना, सहसचिव मिलन ओली, कोषाध्यक्ष बलराम लम्साल, सहकोषाध्यक्ष सुरज सिलवाल र सदस्यहरुमा सुदिप लामिछाने, निर्मान धर्तिमगर, रामजी रानाभाट, सरद भण्डारी, विष्णु पङ्गेनी, सुमन पुन र नन्दराम खड्का चयन हुनुभएको छ भने सल्लाहकारहरुमा सूर्यबिक्रम याख्खा, कमल शाही, डोरबहादुर कार्की, जैवी राई र चेत गुरुङ रहनु भएको छ । सन् २०११ मा उत्कृष्ट शाखा घोषित यस शाखाको >>>

विश्व नेपाली साहित्य महासङ्घको म्यानमार (वर्मा) शाखा स्थापना

विश्व नेपाली साहित्य महासङ्घको म्यानमार (वर्मा) शाखा स्थापना

गत २० डिसेम्बरका दिन म्यानमारको याँगौ स्थित युवा कल्याण भवनमा सम्पन्न एक साहित्यिक भेलाले, नेपाली साहित्यको श्रीबृद्धिको लागि कार्यरत विश्व नेपाली साहित्य महासङ्घको म्यानमार (वर्मा) शाखा राष्ट्रिय स्तरमा गठन भएको छ । समितिको अध्यक्ष लक्ष्मण नेउपाने, उपाध्यक्ष कृष्ण ढकाल (टाउजी), उपाध्यक्ष सुश्री निला सुवेदी (मिचिना), महासचिव मोहनराज खनाल (याँगौ), सचिव सेरु थापा (मोगोक), सहसचिव रदीप खराल (मोगोक), कोषाध्यक्ष देवेन्द्र रिजाल (माण्डले), निरिक्षक मोती गुरगाँई (याँगौ), र होमनाथ ढकाल (मिचिना) रहनु भएको छ भने सल्लाहकारहरुः बालकृष्ण रीजाल (मिचिना), खिम बहादुर बुडाथोकी (याँगौ), बिष्णु पंथी (याँगौ), दशरथ घिमिरे (टमू), हुताशन पोख्रेल (मोगोक) >>>

विश्व नेपाली साहित्य महासङ्घ अष्ट्रेलिया शाखा गठन

विश्व नेपाली साहित्य महासङ्घ अष्ट्रेलिया शाखा गठन

गत २७ नोभेम्बर २०१४, का दिन साहित्यप्रेमीहरुको एक भेलाले विश्व नेपाली साहित्य महासङ्घ अष्ट्रेलिया शाखा निर्माण गरेको छ । अष्ट्रेलिया शाखा समितिको संयोजकमा बिष्णु चापागाई चुनिनु भएको छ भने सदस्यहरु क्रमशः निरन्जन शर्मा, युवराज गिरी, डिल्ली गैरे र अनु चापागाई रहनु भएको छ ।

साहित्य महासङ्घद्धारा साहित्य दुत एवं बर्षका उत्कृष्ट शाखा एवं सदस्य घोषणा साथै केन्द्रीय समितिमा मनोनयन

साहित्य महासङ्घद्धारा साहित्य दुत एवं बर्षका उत्कृष्ट शाखा एवं सदस्य घोषणा साथै केन्द्रीय समितिमा मनोनयन

गत २८ नोभेम्बर २०१४ का दिन विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको सम्पन्न नियमित मासिक बैठकले यस बर्षको साहित्यिक दुत सम्मान र उत्कृष्ट शाखा, उत्कृष्ट सदस्य घोषणा साथै शाखाहरुबाट केन्द्रमा मनोनित गरयो । विश्व सामु नेपालका उच्च ८ हिमालले जसरी नेपाललाई चिनाएको छ त्यसरी नै नेपाली साहित्यलाई देशविदेशमा चिनाउनु हुने उत्कृष्ट ८ साहित्यकारहरुलाई साहित्य दुत सम्मान घोषणा गरेको छ । नेपाली साहित्य दुत सगरमाथा सन् २०१४ कृष्ण प्रकाश श्रेष्ठ (मस्को रसिया), नेपाली साहित्य दुत कन्चनजंघा सन् २०१४ सुरेसजंग शाह (लण्डन युके), नेपाली साहित्य दुत लोत्से २०१४ कपिल अधिकारी (ताइवान), >>>

Page 4 of 14« First...«23456»...Last »