Category Archives: News

साहित्य महासङ्घ कुवेत शाखाद्धारा भानु जयन्ति तथा कविता प्रतियोगिता सम्पन्न

साहित्य महासङ्घ कुवेत शाखाद्धारा भानु जयन्ति तथा कविता प्रतियोगिता सम्पन्न

गत ११ जुलाई २०१४ का दिन कुवेतको जेलिबमा विश्व नेपाली साहित्य महासङ्घ कुवेत शाखाले २०१ औ भानु जयन्ति तथा कविता प्रतियोगिता सम्पन्न गरेको छ । १६ प्रतिस्पर्धी मध्ये प्रथम, दोस्रो र तेस्रो क्रमशः दिपक आचार्य जलन, प्रसाद तिम्सिना र नैनकला राई बन्न सफल हुनुभयो । प्रमुख अतिथि कार्यबाहक राजदुत विशाल भट्टराईले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो भने गैर आवासिय नेपाली संघ कुवेतका अध्यक्ष धर्मराज गिरि लगायत बुद्धिजीबि तथा स्रष्टासर्जकहरुको उपस्थिती रहेको थियो । कार्यक्रम सफलताको लागि प्राप्त साहित्य महासङ्घ विश्व केन्द्रयि समितिका अध्यक्ष विश्वास दीप तिगेलाको शुभ कामना पढेर सुनाईएको थियो >>>

विभिन्न महत्वपूर्ण निर्णय गर्दै महासङ्घको बैठक सम्पन्न

विभिन्न महत्वपूर्ण निर्णय गर्दै महासङ्घको बैठक सम्पन्न

लण्डन, २८ जुन २०१४ । विश्व नेपाल साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको इबैठक विभिन्न निर्णय गर्दै सम्पन्न भयो । साहित्य महासङ्घले आयोजना गर्न लागेको दोस्रो विश्वब्यापी खुल्ला कविता प्रतियोगिताको लागि आयोजक उपसमिति संयोजक आले माइला (सिंगापुर) लाई तोक्यो भने सदस्य अमित राई (कुवेत), धन लेप्चा (अमेरिका) रेवती तिमिल्सिना (आसम भारत) र सुनिल खड्का (थाइल्याण्ड)लाई चयन गरयो । कार्यक्रमको सहआयोजक संस्थाहरु मातृभूमिको लागि युवा अभियान, नेपाली साहित्य प्रतिष्ठान हङकङ, अनेसास ताइवान, नेपाली साहित्य विकास परिषद, युके, विनेसाम शाखाहरु रहनेछन् । आगामी जुलाई १३ तदनुसार असार २९ गते साहित्य महासङ्घ ५ औ >>>

मकरबहादुर बान्तावा अब राष्ट्रिय व्यतित्वको रुपमा

मकरबहादुर बान्तावा अब राष्ट्रिय व्यतित्वको रुपमा

काठमाण्डौं । टंक प्रसाद उप्रेतीद्धारा लिखित, विश्व नेपाली साहित्य महासंघ केन्द्रद्धारा प्रकासित राष्ट्र र जनता प्रति सदा समर्पित व्यतित्व मकरबहादुर बान्तावा भन्ने पुस्तक सांस्कृतिविद सत्यमोहन जोशीज्यूको प्रमुख आतिथ्यमा यही जेष्ठ १७ गते काठमाण्डौ स्थित तिनकुनेमा अवस्थित होटल नेशनल भिजनको त्रिवेणी हलमा एक बृहत समारोहको साथ विमोचन भएको छ । उक्त कार्यक्रम प्रकाशक तथा विश्व नेपाली साहित्य महासंघका के्न्द्रीय उपाध्यक्ष सागर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । पुस्तकको समालोचन वरिष्ठ प्राज्ञ प्रा. मोहनराज शर्माले गर्नु भएको थियो भने लेखक टंक प्रसाद उप्रेतीले उक्त पुस्तक अहिले सम्म निस्केका आत्म व्रितान्त मध्ये श्रेष्ठ >>>

सम्हालिन नसकेका आँसु खगेन्द्रको मुक्तक संग्रह लोकार्पण

सम्हालिन नसकेका आँसु खगेन्द्रको मुक्तक संग्रह लोकार्पण

सुर्खेत बैशाख ७, शनिबार वीरेन्द्रनगरमा बृहत काव्य गोष्ठी गरिएको छ । काव्य गोष्ठीमा साहित्यकार खगेन्द्र अधिकारी अमृतको कृति सम्हालिन नसकेका आँशु (मुक्तक संग्रह) को लोकार्पण समेत गरियो । सोही अवसरमा यस अनलाईन पत्रिका क्वीकखबर डट कमको पनि औपचारिक उद्घाटन भएको छ । वाङ्मय चौतारी नेपाल सुर्खेतको आयोजनामा गरिएको उक्त कृति लोकार्पण एवम् अनलाइन पत्रिकाको उद्घाटन कार्यक्रममा विभिन्न जिल्लाका साहित्यकारहरुको उपस्थिति रहेको थियो । सम्हालिन नसकेका आँसु मुक्तक सङ्ग्रहको लोकार्पण कृतिकारकी आमा बत्तिसरा अधिकारीको हातबाट गरिएको थियो भने अनलाइन पत्रिकाको उद्घाटन सुर्खेत क्याम्पस शिक्षाका क्याम्पस प्रमुख डा. महेन्द्रकुमार मल्लले गर्नुभएको थियो >>>

अपाङ्ग छोरा पाल्न आफै काम गर्न जाने ७२ बर्षिया आमैलाई साहित्य महासंघ कुवेतबाट सहयोग हुने

अपाङ्ग छोरा पाल्न आफै काम गर्न जाने ७२ बर्षिया आमैलाई साहित्य महासंघ कुवेतबाट सहयोग हुने

तोयानाथ उपेक्षित, कुवेत, विश्व साहित्य महासङ्घ कुवेत शाखाको बैठकले कामको खोजीमा सल्यानबाट राजधानी गएकी ७२ बर्षिया बृद्धा बेल कुमारी पुनलाई नेपाली ४० हजार सहयोग राशी पठाउने निर्णय गरेको छ । यसरी नै दुवइमा मृत्यु दण्ड सुनाईएका संखुवासभा मच्छपोखरी घर भएका अनिस खालिङको जीवन रक्षार्थ कुवेतमा गठित अनिस बचाउ अभियान समितीमा सँघको तर्फबाट ५१ केडी अर्थात नेपाली १८ हजार दिने निर्णय गरेको छ । तीन महिना पहिले अमित राईको अध्यक्षतामा गठित महासङ्घले आजैबाट बचत कोष समेत संञ्चालन गर्ने निर्णय गरेको छ । उक्त संस्थामा ४१ जना सदस्य छन । कामलाई चुस्त >>>

विश्व नेपाली साहित्य महासङ्घको नियमित बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न

विश्व नेपाली साहित्य महासङ्घको नियमित बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न

साहित्य महासङ्घले चाइनीज र हिन्दीमा अनुवाद तथा विश्वब्यापी कविता प्रतियोगिता गर्ने लण्डन, गत २८ मार्च २०१४ का दिन विश्व नेपाली साहित्य महासङ्घको नियमित स्काइप बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । अघिल्ला बैठकहरुको निर्णय र उपलब्धिहरुको समिक्षा गर्दै शुरु भएको महासङ्घको बैठकले ताईवान निवासी डा. लेखनाथ काफ्ले संयोजक रहेको एक कार्यदल गठन गरयो । सदस्यहरुमा समदर्शि काँइला (युएई), हरी शिवाकोटी –क्यानडा), रमेश कडेल (नेपाल) र सल्लाहकारमा रसियाका स्थायी निवासी कृष्णप्रकाश श्रेष्ठ रहनु भएको छ । उक्त कार्यदलले प्रथम चरण अन्तर्गत नेपाली उत्कृष्ट कविताहरुलाई चाईनीज र हिन्दी भाषामा अनुवाद >>>

इज़रायलमा विश्व नेपाली साहित्य महासंघ शाखाको कविता प्रतियोगिता सम्पन्न: अधिकारी प्रथम

इज़रायलमा विश्व नेपाली साहित्य महासंघ शाखाको कविता प्रतियोगिता सम्पन्न: अधिकारी प्रथम

तेल अभिव (इज़रायल) चैत्र २, विश्व नेपाली सहित्यमहा संघ इज़रायल शाखाले आयोजना गरेको खुल्ला कविता प्रतियोगिता हिजो १५ मार्च शनिबार का दिन तेल अभिव शहरको यसोभामाला-२० मा भव्यताका साथ सम्पना भएको छ । प्रवासमा रहेर पनि नेपाली भाषा र साहित्यलाई माया गरि निरन्तर कलम चलाउनु हुने साहित्य अनुरागी तथा साहित्य प्रेमीहरुलाई आझ प्रोत्साहन गर्दै साहित्यिको एकै आँगनमा समेट्दै बिनेसासले कविता प्रतियोगिताको आयोजना गरेको हो। इज़रायलमा रहेका साहित्यिक मनहरुलाई मात्र समेटी गरिएको यो आयोजना निकै नै सोहार्द्रता पूर्ण वातावरणमा सम्पन्न भए थियो । कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाकी अक्ष्यक्ष >>>

मुलबाटो इपत्रिकाको ५ औं अंक प्रकाशित

मुलबाटो इपत्रिकाको ५ औं अंक प्रकाशित

विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिको गतिविधि तथा विश्वभरका स्रष्टा सर्जकहरुको सिर्जनाहरुलाई समेटेर प्रकाशन हुने मुलबाटो इपत्रिका भर्खरै इमेल मार्फत हजारौ सर्जकहरुलाई वितरण गरिएको छ । विश्व नेपाली साहित्य सम्मेलन भब्यताको साथ सुसम्पन्न भएको सर्वविदितै छ । उक्त सम्मेलनमा प्रस्तुत गरिएका अत्यन्तै महत्वपूर्ण कार्यपत्र तथा दस्तावेजहरु यो अंकमा समेटिएका छन् साथै उत्कृष्ट सिर्जनाहरु रहेका छन् । मुलवाटोलाई हेर्नुहोस >>>

विश्व नेपाली साहित्य महासघं रोमानिया शाखाको बुखारेस्टमा गठन

विश्व नेपाली साहित्य महासघं रोमानिया शाखाको बुखारेस्टमा गठन

बुखारेस्ट, रोमानिया, पुस १९ गते : विश्व नेपाली साहित्य महासघं रोमानिया शाखाको आज बुखारेस्टमा गठन भएको छ । “संमग्र नेपाली साहित्यको श्रीबृद्धि तथा नेपालीहरुको प्रतिष्ठाको लागि विश्वभर छरिएर रहेका स्रष्टा, साहित्यिक संघसस्थाहरु बीच सहकार्य गरेर विभिन्न साहित्यिक तथा कल्याणकारी कार्य गर्दै निरन्तर अघि बढ्ने ।” भन्ने मूल नारालाई अंगाल्दै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाका अध्यक्ष तथा पत्रकार नवराज पोखरेलको अध्यक्षतामा ५ सदस्य समिति गठन भएको समाचार नरापो न्यूज रोमानियाले आज जनाएको छ। समितिको सचिवमा श्रीकृष्ण पुरी र सदस्यहरुमा डा. अमित रिजाल, खुमलाल भुसाल, प्रिन्शु खड्का र आलोक >>>

पहिचान खोज्दै आप्रवासीहरू नेपालमा

पहिचान खोज्दै आप्रवासीहरू नेपालमा

काठमाडौँ, १५ कात्तिक । विश्व नेपाली साहित्य महासङ्घले नेपाली भाषासाहित्यको विकास र सम्बद्र्धनका लागि विश्वभरका आप्रवासी नेपाली र नेपालीभाषी समुदाय एक भएर लाग्ने विश्वास व्यक्त गरेको छ । यही कात्तिक ८ गते यहाँ भएको ‘विश्व नेपाली साहित्य सम्मेलन’बाट आफूहरूले नेपाली भाषासाहित्यप्रति विश्वभरका नेपालीको प्रेम अभिव्यक्त भएको तथा छिमेकी साहित्यकार तथा विद्वान्ले यसको अस्तित्वका लागि बढी चासो व्यक्त गर्दा आफूहरूलाई अझ हौसला मिलेको महासङ्घका अध्यक्ष विश्वासदीप तिगेलाले बताउनुभयो । सम्मेलन नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय भाषामा अनुवाद गर्ने कार्यलाई जोडतोडले आगाडि बढाउनुपर्ने लगायत बाह्रबुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको थियो । ‘नेपाली >>>

Page 5 of 13« First...«34567»...Last »