Category Archives: Notice

इजरायल र साउदी शाखाद्धारा सयुक्त मुक्तक प्रतियोगिता २६ जुन अन्तिम दिन तपाईको मुक्तक आजै पठाउनुहोस

सूचना । मुक्तक विधाको विकास र विस्तार गर्ने उदेश्यले २०३औं भानु जयन्तीको अवसरमा विश्व नेपाली साहित्य महासंघ इजरायल शाखा र विश्व नेपाली साहित्य महासंघ साउदी अरेबिया शाखाको संयुक्त आयोजनामा हुन गइरहेको बिश्वव्यापी अनलाइन मुक्तक प्रतियोगिताका लागि जम्मा तिन ओटा मुक्तक आव्हान गरिएको छ । मुक्तक देश प्रेम, संस्कृति संस्कार, समाज राजनीति, विकृति बिसंगति, प्रकृति, प्रणय प्रेम जुनसुकै विषयमा भए पनि मौलिक हुनु पर्दछ । गाली गलोज र अरूलाई आक्षेप लाग्ने खालको हुनु हुँदैन | मुक्तक युनिकोड या प्रीतिमा टाइप गरी इमेल मार्फत पठाउनु पर्नेछ (यदि सम्भव भए फोटो सहित वर्ड फाइलमा पठाउनु भए झनै राम्रो)। मुक्तक युनिकोड या प्रीतिमा टाइप गरी इमेल मार्फत पठाउनु पर्नेछ । मुक्तक पठाउन म्याद जम्मा १० दिन राखिएको छ (जुन १६ देखि २६)। त्यसैले मुक्तक छिटो भन्दा छिटो पठाउनु हुन सम्पूर्ण मुक्तकिला मनहरुमा सादर अनुरोध गर्दछौ । मुक्तक पुर्णतः मौलिक तथा अप्रकाशित हुनुपर्नेछ । चोरी तथा कपी गरेका मुक्तक पाइएमा यस्ता मुक्तक समावेश गरिने छैन >>>

सूचना

सूचना

सूचना विश्वब्यापी खुल्ला कविता प्रतियोगिता २ को लागि आब्हान गरिएको कविता पठाउने समय आज (१५ मंसिर २०७१) औपचारिक रुपबाट बन्द गरिएको छ । इमेलमा प्राप्त भएकाहरु सबै छुटटाई नसकिएकोले कति भए एकिन भएको छैन तर अत्यधिक प्राप्त भएका छन् । सहभागि सबैलाई बधाई एवं शुभ कामना । प्रत्येक्ष अप्रत्येक्ष सहयोग गर्नुहुने सबैलाई धन्यवाद । अत्यन्तै उत्साहपूर्वक प्राप्त कविताहरुले हामीलाई थप उर्जा दिएको छ । प्राप्त ति कविताहरुको प्रशोधन प्रकृया अघि बढिसकेको छ । केहीले कविताको साथमा आफैले वाचन गरिएको अडियो फाइल पठाउनु भएको छैन, कसैले फोटो पठाउनु भएको छैन । >>>

घरबाटै विश्वब्यापी कविता प्रतियोगितामा भाग लिई पुरस्कार जित्नुहोस

घरबाटै विश्वब्यापी कविता प्रतियोगितामा भाग लिई पुरस्कार जित्नुहोस

विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता २ को लागि आफ्नो कविता आफ्नै स्वरमा रेकर्ड गरी अडियो फाइल इमेल मार्फत पठाउनुहोस साथै टाइप कविता र फोटो पनि पठाउनु पर्नेछ । कविता अप्रकाशित र बढिमा २०० शब्दको हुनुपर्नेछ । आफैले रेकर्ड गर्ने प्रविधि वा ज्ञान नभए हामीलाई जानकारी दिनुहोस हामी सम्पर्क गर्नेछौ । मातृभाषा अन्तर्गत एकै भाषाको ७ भन्दा बढि कविताहरु प्राप्त भएमा छुट्टै मूल्याङ्कन गरि पुरस्कृत गरिनेछ । कविता प्राप्त हुनुपर्ने अन्तिम दिन १५ मंसिर ०७१ (01 Dec 14) । प्राप्त कविताहरु महासङ्घको वेवसाइटमा उपलब्ध हुनेछन् । तपाईको कविता आजै इमेल गर्नुहोस >>>

विश्व नेपाली साहित्य महासङ्घ, युकेको नयाँ नेतृत्वको लागि सुचना

विश्व नेपाली साहित्य महासङ्घ, युकेको नयाँ नेतृत्वको लागि सुचना

२८ अक्टोबर २०१४, विश्व नेपाली साहित्य महासङ्घ, युके समितिको नयाँ नेतृत्वको निम्ति खुल्ला उम्मेदवारीको लागि सुचना आब्हान गरिएको छ । केशव खतिवडा संयोजक र कृष्ण तामाङ सदस्य रहनु भएको निर्वाचन समितिले अक्टोबर महिनाको ३० तारिख भित्र आवेदन दर्ता गर्न सार्वजनिक सुचना जारि गर्नुभएको छ । स्मरण रहोस, सन् २०१० को अक्टोबर १८ का दिन साहित्यकार तथा नाट्य कलाकार समिर हाङवाङ जर्जरको नेतृत्वमा पहिलो तदर्थ समिति निर्माण भएको थियो । विस्तृत जानकारीको लागि तलको सुचना हेर्नुहोला

महासंघको दमौली उपशाखा, युएई शाखा गठन, ‘विश्व नेपाली साहित्य सम्मेलन’  काठमाडौंमा ८ कार्तिक २०७० मा सम्पन्न हुदै

महासंघको दमौली उपशाखा, युएई शाखा गठन, ‘विश्व नेपाली साहित्य सम्मेलन’ काठमाडौंमा ८ कार्तिक २०७० मा सम्पन्न हुदै

हार्दिक अनुरोध नेपाली साहित्यको विकास, विस्तार र सम्बद्र्धनको लागि ‘विश्व नेपाली साहित्य सम्मेलन’ Conference of Global Nepali Literature आगामी ८ कार्तिक २०७० तदनुसार २५ अक्टोबर २०१३ का दिन प्रज्ञा भवन, कमलादी काठमाडौंमा देश विदेशका विशिष्ट साहित्यकारहरुको उपस्थितीमा सुसम्पन्न गरिने भएकोले उक्त सम्मेलन सफल बनाउनको लागि तपाई साहित्यकार, शुभ चिन्तक लगायत सम्पूर्ण साहित्यिक सङ्घसंस्थालाई यथासक्दो विविध सहयोग गर्नुहुन विश्व नेपाली साहित्य महासङ्घ हार्दिक अनुरोध गर्दछ । सम्मेलन आयोजक समिति थप जानकारीको लागि gfnl@ymail.com फोन: 0044 7460821303 (UK) ——————————————— विश्व नेपाली साहित्य महासंघको दमौलीमा उपशाखा गठन दमौली /५ असोज विश्व नेपाली साहित्य >>>

इपत्रिका साहित्यिक मुलबाटो को सार्वजनिक हुदै

इपत्रिका साहित्यिक मुलबाटो को सार्वजनिक हुदै

विश्व नेपाली साहित्य महासङ्घको चौथौ स्थापना दिवस तथा २०० औं भानु जयन्ति समारोह यहि जुलाई १३ का दिन मलेशियाको राजधानी क्वाललम्पुरमा सुसम्पन्न हुन गईरहेको छ । साहित्य महासङ्घ विश्व केन्द्रीय समितिको आयोजना रहेको उक्त समारोहबाट महासङ्घको नियमित गतिविधि तथा सिर्जनाहरु समेट्ने उद्देश्यले शुरु गरिएको इपत्रिका साहित्यिक मुलबाटो को प्रथम अंकको सार्वजनिक हुने भएको छ । साहित्य महासङ्घको अनलाइन संयोजक डा. लेखनाथ काफ्ले ताइवान) को सम्पादन रहेको उक्त इपत्रिका इमेल मार्फत विश्वभरका हजारौ स्रष्टा सर्जक तथा पाठकहरुलाई सम्प्रेषण गरिनेछ । >.> ——————————————————— निमन्त्रणा विश्व नेपाली साहित्य महासङ्घको चौथौ स्थापना दिवस तथा >>>

साहित्य महासङ्घको चौथौ स्थापना दिवस तथा २०० औं भानु जयन्ति समारोह सम्बन्धी सूचना

साहित्य महासङ्घको चौथौ स्थापना दिवस तथा २०० औं भानु जयन्ति समारोह सम्बन्धी सूचना

निमन्त्रणा विश्व नेपाली साहित्य महासङ्घको चौथौ स्थापना दिवस तथा २०० औं भानु जयन्ति समारोह साथै मलेशियाबाट केन्द्रीय नेतृत्वमा निर्वाचित हुनुभएका पदाधिकारीहरुलाई सफथ ग्रहणको कार्यक्रम यहि १३ जुलाई २०१३ को दिन मलेशियाको राजधानी क्वाललम्पुरमा सुसम्पन्न हुने भएकोले सम्पूर्ण स्रष्टा सर्जकहरुलाई उपस्थितीको लागि हार्दिक अनुरोध गरिन्छ । आयोजक विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समिति ———————————————————— निमन्त्रणा आदीकवी भानुको २०० औं जन्मजयन्ति तथा साहित्य महासङ्घको चौथौ स्थापना दिवसको अवसरमा मलेशियामा रहनुभएका सर्जकहरुद्धारा संचालित सा.सा.स. अन्तर्गत साहित्यिक सम्मान तथा केस्रा विधाको अन्तरक्रिया कार्यक्रम यहि १४ जुलाई २०१४ का दिन क्वाललम्पुरमा सुसम्पन्न हुनेभएकोले सम्पूर्ण >>>

नयाँ नेतृत्व निर्वाचित भएको सम्बन्धमा निर्वाचन आयुक्तको सूचना

नयाँ नेतृत्व निर्वाचित भएको सम्बन्धमा निर्वाचन आयुक्तको सूचना

सूचना विश्वनेपालीसाहित्यमहासङ्घ, विश्व केन्द्रीय समितिको १३ जुलाई २०१३ देखि १३ जुलाई २०१६ सम्मको कार्यकालको लागि निर्वाचन गर्ने निर्णय अनुसार तोकिएको मिति (७ जुन २०१३) भित्र उम्मेदवारी मागिएकोथियो । सो अवधि भित्र निम्नानुसार पदको लागि देहाए बमोजिमका साहित्यकारहरुबाट उम्मेदवारी दर्ता भएको थियो । अध्यक्षः विश्वास दीप तिगेला (ब्रुनाई) उपाध्यक्षः सागर श्रेष्ठ (साउदी अरेबिया/नेपाल) उपाध्यक्षः वेद दाहाल (अमेरिका) उपाध्यक्षः मनि राई ‘गोठाले’ (मलेशिया) उपाध्यक्षः सुरेन्द्र लिम्बु ‘परदेशी’ (भारत) महासचिवः समदर्शि काँइला (युएई) सचिवः खगेन्द्र अधिकारी (साउदी अरेबिया/नेपाल) संगठनसचिवः हरि शिवाकोटि (क्यानडा) उपसचिवः देवेन्द्र खापुङ (नेपाल) आर्थिक सचिवः केदार संकेत (अफगानिस्तान) आर्थिक सहसचिवः >>>

उम्मेदवारी दर्ता भएको बारे सूचना

उम्मेदवारी दर्ता भएको बारे सूचना

सूचना विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको नयाँ नेतृत्व (१३ जुलाई २०१३ देखि १३ जुलाई २०१६) को लागि तोकिएको मिति (७ जुन २०१३) भित्र निम्नानुसार पदको लागि देहाए बमोजिमका साहित्यकारहरुबाट उम्मेदवारी दर्ता भएको जानकारी गराएकोछु । अध्यक्षः विश्वास दीप तिगेला (ब्रुनाई) उपाध्यक्षः सागर श्रेष्ठ (साउदी अरेबिया) उपाध्यक्षः वेद दाहाल (अमेरिका) उपाध्यक्षः मनि राई ‘गोठाले’ (मलेशिया) उपाध्यक्षः सुरेन्द्र लिम्बु ‘परदेशी’ (भारत) महासचिवः समदर्शि काँइला (युएई) सचिवः खगेन्द्र अधिकारी (साउदी अरेबिया) संगठन सचिवः हरि शिवाकोटि (क्यानडा) उपसचिवः देवेन्द्र खापुङ (नेपाल) आर्थिक सचिवः केदार संकेत (अफगानिस्तान) आर्थिक सहसचिवः जीबन देवान (मलेशिया) सदस्यः >>>

निर्वाचन सम्बन्धि सूचना

निर्वाचन सम्बन्धि सूचना

सूचना श्री पदाधिकारी तथा सदस्यज्यूहरु विश्व नेपाली साहित्य महासङ्घ विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको नयाँ नेतृत्व चयनको प्रकृया केही महिना अघिदेखि नै चरणबद्ध अघि बढि सकेको कुरा यहाहरुलाई अवगतै छ । महासङ्घको विधान बमोजिम योग्य तथा इच्छुक ब्यक्तिहरुबाट उम्मेदवारीको आब्हान गरिन्छ । अध्यक्ष बरिष्ठ उपाध्यक्ष उपाध्यक्ष (महिला सहित ५ जना) महासचिव सचिव उपसचिव संगठन सचिव संचार सचिव आर्थिक सचिव आर्थिक सहसचिव सदस्यहरु (१५जना) उम्मेदवारी यहि १ देखि ७ जुन २०१३ भित्र निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गरि सक्नुपर्नेछ । सम्पर्क इमेलः gfnl@outlook.com वेवसाइटः www.gfnl.org उम्मेदवार हुनको लागि योग्यताः – >>>

Page 1 of 41234»