Category Archives: Branch

युकेमा साहित्य महासङ्घको ७ औं तथा १०४ औ भानु जयन्ति सम्पन्न

गत १ जुलाई २०१७ का दिन विश्व नेपाली साहित्य महासङ्घ, साउथ युकेले एक भब्य कार्यक्रम गरि आफ्नो ७ औ स्थापना तथा १०४ औं भानु जयन्ति मनायो । युकेकै सुन्दर मध्येको एक होल पार्कमा भेलाभई कार्यक्रम स्थल निर्माण गरि विभिन्न साहित्यिक तथा सांगीतिक कार्यक्रम सम्पन्न भयो । महासङ्घ साउथ युकेका अध्यक्ष विजय हितानको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सचिव करिष्मा घमले संचालन गरेकी थिइन । साहित्यकार चिमखोले काईला (दुत पुन) को अर्लि भाई नामक कथा कृतिको औतारी साईलाले समिक्षा गर्नुभयो भने विश्वास दीप तिगेलाद्धारा लिखित निष्पक्ष संविधानः समृद्ध राष्ट्र नामक राजनैतिक दस्तावेज पुस्तकको समिक्षा सुरेन्द्र थेवेले गरेका थिए । त्यस्तैगरि कविता वाचन र गीत संगीत प्रस्तुत गरिएको थियो । कार्यक्रम शुरुवातपूर्व होल पार्क यात्राको कार्यक्रम थियो भने खानपीनको भब्य ब्यवस्था थियो । कार्यक्रमले कल्पना राईलाई सह–सचिवमा र सुरेन्द्र थेवेलाई कोषाध्यक्षमा मनोनित गरयो साथै महासङ्घका सदस्यद्धय संजीव पार्दशी र सुष्मा रुपाबुङ राईलाई सफल कार्यकालको कामना गर्दै विदाई गरेको थियो । सदस्यद्धय आगामी ३ बर्ष >>>

साहित्य महासङ्घ म्यानमारका महासचिव खनाल पुरस्कृत

साहित्य महासङ्घ म्यानमारका महासचिव खनाल पुरस्कृत

गत १३ जुलाई २०१७ का दिन नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको १०४ औ जयन्तिको अवसरमा विश्व नेपाली साहित्य महासङ्घ म्यानमार शाखाको महासचिव मोहनराज खनाल पुरस्कृत हुनुभएको छ । अध्यक्ष खनाल डुबसु प्रतिष्ठान पुरस्कार २०१७ बाट सम्मानित हुनु भएको हो । प्रतिष्ठानले प्रत्येक बर्ष नेपाली साहित्य तर्फ एकजनालाई र संस्कृति तर्फ एकजनालाई प्रदान गर्ने गर्दछ । अखिल म्यानमार देशीय गोर्खा हिन्दु धार्मिक संघ याङ्गुन शाखाले श्री राम जानकी मन्दिर भवनमा आयोजित कार्यक्रममा उक्त पुरस्कार महामहिम राजदुत भिम उदासको बहुलीबाट हस्तान्तर गरिएको थियो । उक्त भानु जयन्तिको अवसरमा भानुभक्तको सालिक बनाउने पनि >>>

रूसमा आदिकवि भानुभक्त आचार्यको २०४-रौ जन्मजयन्ती सम्पन्न

रूसमा आदिकवि भानुभक्त आचार्यको २०४-रौ जन्मजयन्ती सम्पन्न

डा. मनमूर्ति भुर्तेल, नेपालका आदिकवि एवं महान साहित्यिक विभूति भानुभक्त आचार्यको २०४- औंजन्मजयन्तीको उपलक्षमा विश्व नेपाली साहित्य महासंघ रुस को तत्वावधानमा १६ जुलाई २०१७ (आइतबार) का दिन मस्कोबाट ९० किलोमिटर टाढा अस्तित्वमा आएको एत्नोमिर (नृवंशलोक) परिसरमा निर्मित ‘नेपाली घर’ मा साहित्य समारोह सुसम्पन्न भयो । रूसमा बसोवास गरिरहेका नेपालीहरूका विभिन्न सामाजिक संस्था (गैर आवासीय नेपाली संघ रूस, विश्व नेपाली साहित्यमहासंघ, रुस शाखा, नेपाली नारी निकुञ्ज मस्को, नेपाल खेलकुद तथा संस्कृति समाज रसिया, रुस-नेपाल सहयोग तथा मैत्री समाज, रुस सीआईएस नेपाल उद्योगबाणिज्य संघ र नेपाली छात्र संघ) का पदाधिकारी तथा सदस्यहरूको >>>

इजरायलमा ‘२०४ औँ भानु जयन्ती’ बिभिन्न कार्यक्रम गर्दै मनाइयो

इजरायलमा ‘२०४ औँ भानु जयन्ती’ बिभिन्न कार्यक्रम गर्दै मनाइयो

गत १४ जुलाई २०१७ शुक्रबार साँझ विश्व नेपाली साहित्य महासंघ शाखा इजरायलको आयोजनामा राष्ट्रिय विभूति नेपाली भाषाका आदिकवि भानूभक्त आचार्यको २०४ औं जन्म जयन्ती तथा तेस्रो रचना वाचन कार्यक्रम भब्य र सभ्यता पूर्णका साथ सम्पन्न भएको छ । अध्यक्ष श्री सानु गुरुड.ज्युको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि इज़रायलको लागी नेपाली राजदूत महामहिम श्री निरन्जन थापा ज्यूको आथित्यमा पानसमा दिप प्रज्जलन गरी राष्ट्रिय विभूति नेपाली भाषाका आदिकवि भानुभक्तको तस्वीरमा माल्या अर्पण गरेर कार्यक्रमको समुद्घाटन गरिएको थियो । राजदूतबास बाटै पाल्नु भएका प्रथम सचिव श्री हरिहर कान्त पौडेल ज्यु र >>>

वातावरण साहित्य भब्यतापूर्वक सम्पन्न, उत्कृष्ट कविलाई सभापति गुराँस फूल प्रदान (भिडियो सहित)

वातावरण साहित्य भब्यतापूर्वक सम्पन्न, उत्कृष्ट कविलाई सभापति गुराँस फूल प्रदान (भिडियो सहित)

गत ४ जुन २०१७ का दिन लण्डनको चाल्टन एफसी हलमा वातावरण साहित्य गोष्ठि भब्यतापूर्वक सम्पन्न भएको छ । विश्व नेपाली साहित्य महासङ्घ, साउथ युके, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज युके शाखाको मुख्य सक्रियता एवं आयोजना साथै युकेमा रहेका विभिन्न १२ वटा साहित्यिक संगठनहरुको संयुक्त आयोजनामा सम्पन्न गोष्ठिमा गमलाको राष्ट्रिय फूल लालीगुराँसलाई सभापति बनाईएको थियो भने प्रमुख अतिथिमा साहित्यकार डा. डुबसु क्षेत्री हुनुहुन्थ्यो । प्रमुख अतिथि क्षेत्रीले गमलाको गुराँस फूलमा जल सिंचन गरेर उदघाटन गर्नु हुदै नयाँ ढङ्गको कार्यक्रम एवं उच्च स्तरको रचनाहरुबाट प्रभावित बनेको र वाचित वातावरण सिर्जनाहरुलाई प्रकाशनको आवश्यकता औल्याउनु >>>

साहित्य महासङ्घ इजरायल शाखाद्धारा मुटुमा प्वाल भएको बच्चालाई आर्थिक सहयोग (भिडियो सहित)

साहित्य महासङ्घ इजरायल शाखाद्धारा मुटुमा प्वाल भएको बच्चालाई आर्थिक सहयोग (भिडियो सहित)

गत ७ जुन २०१७ का दिन विश्व नेपाली साहित्य महासङ्घ, इजरायल शाखाद्धारा सुन्तले–५ खोटाङका आठ महिने मुटुरोगी (मुटुमा प्वाल भएका) बालक सज्ञान तामाङको उपचारको लागि नेरु ६३ हजार हस्तान्तरण गरेको छ । साहित्य महासङ्घको ईजरायल शाखाकी अध्यक्ष सानु गुरुङ लगायतको सक्रियतामा उक्त रकम संकलन गरिएको थियो । उक्त रकमलाई साहित्य महासङ्घ केन्द्रका उपाध्यक्ष सागर श्रेष्ठले बच्चाको बुबा टंक तामाङ र बच्चाको आमालाई कान्ति बाल अस्पताल नै पुगेर सहयोग हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा इजरायल शाखाको प्रतिनिधि पदम शर्मा ढुंगनाको पनि उपस्थिती रहेको कुरा सचिव बिमला शर्मा ढुंगानाले जनाउनु भएको >>>

साहित्यकार घन थापाको दुई गिती एल्वम बयान र बस्ति विमोचित (भिडियो सहित)

साहित्यकार घन थापाको दुई गिती एल्वम बयान र बस्ति विमोचित (भिडियो सहित)

गत ७ मे २०१७ का दिन युके केन्टको फक्स्टोन टाउनमा विश्व नेपाली साहित्य महासङ्घ, साउथ युके र नेपाली साहित्य विकास परिषद युकेको सयुक्त आयोजनामा नजिकको हकिन्स हलमा साहित्यकार घनबहादुर थापामगरको एकैपटक २ गिती एल्वमको भब्यतापूर्वक सार्वजनिक भएको छ । युकेका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदी लगायतका अतिथिहरुले वयान र वस्ति नामक दुई कृतिलाई सामुहिक रुपमा विमोचन गरेका हुन । युकेमा कविहरु धेरै रहेका तर गीतकारहरु कमि रहेको कुरा औल्याउदै अगुवा साहित्यकार थापा मगरहरुको सक्रियता र मार्गदर्शनले महत्वपूर्ण भूमिका खेल्ने प्रमुख अतिथि राजदुत सुवेदीले बताउनु भयो । वयान एल्वमको >>>

साहित्य महासङ्घ साउदी अरेबिया साहित्यिक भेटघाट

साहित्य महासङ्घ साउदी अरेबिया साहित्यिक भेटघाट

गत १२ मे २०१७ का दिन विश्व नेपाली साहित्य महासङ्घ साउदी अरेबिया शाखाले साहित्यिक सांगीतिक तथा अतिरिक्त साहित्यिक भेटघाट सम्पन्न गरेको छ । कार्यक्रममा बिमल बजगाई, विवश थापा, लालबहादुर थापा, कुमार पोख्रेल, माईकल, बालकृष्ण पौडेल र सूर्यबिक्रम याख्खा लगायतले विभिन्न स्रष्टाहरुले आआफ्नो सिर्जनाहरु पस्केका थिए । त्यस्तैगरि शाखाद्धारा प्रकाशित यात्रा मरुभूमिको कृतिको बारेमा समिक्षा एवं छलफल गरिएको थियो । यात्रा मरुभूमिको नयाँ अंक प्रकाशन तथा सस्थालाई कसरी अझ प्रभावकारी ढंगबाट अगाडि लैजाने भन्ने सवालमा छलफल भएको थियो । भेलालाई अध्यक्ष सभापति बालकृष्ण पौडेलले सहभागि सबैलाई धन्यवाद दिदै समापन गर्नुभयो ।

साहित्य महासङ्घ साउथ युकेले साहित्यिक र साँस्कृतिक कार्यक्रम गरि नयाँ बर्षलाई स्वागत गरयो (भिडियो र अडियो सहित)

साहित्य महासङ्घ साउथ युकेले साहित्यिक र साँस्कृतिक कार्यक्रम गरि नयाँ बर्षलाई स्वागत गरयो (भिडियो र अडियो सहित)

गत १६ अप्रिल २०१६ का दिन विक्रम संवत नयाँ बर्ष २०७४ लाई साहित्यिक र सांगेतिक कार्यक्रम गरि भब्यता पूर्वक सम्पन्न गरेको छ । युके केन्टको आसफोर्ड टाउनको सेन्टरपीस हलमा आयोजित कार्यक्रममा नेपालबाट सांगेतिक यात्रामा युके आईपुग्नु भएका सिर्जना क्षेत्रकै गायक शिव परियारलाई प्रमुख अतिथि एवं वहाकै मुख्य सांगेतिक प्रस्तुती रहेको थियो । पहिलो चरणमा प्रमुख अतिथि परियार, विश्व नेपाली साहित्य महासङ्घ केन्द्रका अध्यक्ष विश्वास दीप तिगेला र शाखाका कार्यबाहक अध्यक्ष औतारी साईलाले पानसमा बत्ति बालेर कार्यक्रमको उदघाटन गर्नुभएको थियो भने सुरेन्द्र थेवेले हेल्थएण्ड सेप्टिबारे बताउनु भयो र सुस्मा रुपावुङ राईले >>>

अर्थ आवर वातावरण साहित्य प्रतियोगिताको नतिजा घोषणा:  बन्दना उत्कृष्ट

अर्थ आवर वातावरण साहित्य प्रतियोगिताको नतिजा घोषणा: बन्दना उत्कृष्ट

काठमाडौं । नेपालभित्रका स्रष्टालाई लक्षित अर्थ आवर वातावरण साहित्य प्रतियोगिताको नतिजा घोषणा गरिएको छ । स्रष्टाहरु बन्दना राई, प्रज्वल अधिकारी र पवित्रा राईले लेखेको कविता उत्कृष्ट ठहरिएका छन् । आयोजक विश्व नेपाली साहित्य महासंघ साउथ युकेका अनुसार बन्दना राईको ‘यो साझा घरको मान्छे’ प्रथम, प्रज्वल अधिकारीको ‘सहरले गुमाएको प्राकृतिक पेन्टिङ‘ द्वितीय र पवित्रा राईको ‘खर्पनमा धर्ती बोकेर’ले तृतीय स्थान प्राप्त गरेको छ । उनीहरुलाई आगामी बैशाख ४ गते (१७ अप्रिल)का दिन बीएफबीएस गोर्खा रेडियो काठमान्डूमा कार्यक्रम गरी पुरस्कृत गरिने छ । पुरस्कारको राशि पहिलोलाई १२ हजार, दोस्रोलाई १० र तेस्रोलाई >>>

बिनेसास इजरायल शाखाको अधिवेशन तथा ‘स्मारिका’ लोकार्पण भव्यताका साथ् सम्पन्न

बिनेसास इजरायल शाखाको अधिवेशन तथा ‘स्मारिका’ लोकार्पण भव्यताका साथ् सम्पन्न

तेल अभिव (इज़रायल) ६ चैत २०१७, विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाको आयोजनामा गत मार्च १७, २०१७ सुक्रवार साँझ इज़रायालाको तेलअभिव शहर स्थित सस्थाको अधिवेशन र स्मारिका पुस्तक लोकार्पण भव्य तथा सव्य पुर्वक सम्पन्न भयो । अध्यक्ष सावित्रा लुइँटेल घिमिरे ज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि इजरायलका लागि नेपाली राजदुताबासबाट प्रथम सचिव श्री हरिहरकान्त पौडेल ज्यू उपस्थित हुनुहुन्थ्यो । प्रमुख अतिथि ज्युबाट पानसमा दिप प्रज्जलित गर्दै कार्यक्रम उद्घाटन गरिएको भएको थियो । साहित्यमय साँझको पहिलो चरण कार्यक्रम महासचिव सानु गुरुङले संचालन गर्नु भएको थियो भने दोस्रो चरणको कार्यक्रम संस्थाकी >>>

Page 1 of 912345»...Last »