Category Archives: Branch

विश्व नेपाली साहित्य महासघं रोमानिया शाखाको बुखारेस्टमा गठन

विश्व नेपाली साहित्य महासघं रोमानिया शाखाको बुखारेस्टमा गठन

बुखारेस्ट, रोमानिया, पुस १९ गते : विश्व नेपाली साहित्य महासघं रोमानिया शाखाको आज बुखारेस्टमा गठन भएको छ । “संमग्र नेपाली साहित्यको श्रीबृद्धि तथा नेपालीहरुको प्रतिष्ठाको लागि विश्वभर छरिएर रहेका स्रष्टा, साहित्यिक संघसस्थाहरु बीच सहकार्य गरेर विभिन्न साहित्यिक तथा कल्याणकारी कार्य गर्दै निरन्तर अघि बढ्ने ।” भन्ने मूल नारालाई अंगाल्दै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाका अध्यक्ष तथा पत्रकार नवराज पोखरेलको अध्यक्षतामा ५ सदस्य समिति गठन भएको समाचार नरापो न्यूज रोमानियाले आज जनाएको छ। समितिको सचिवमा श्रीकृष्ण पुरी र सदस्यहरुमा डा. अमित रिजाल, खुमलाल भुसाल, प्रिन्शु खड्का र आलोक >>>

विनेसाम इजरायल शाखा कविता प्रतियोगिताको लागि हार्दिक आव्हान गर्दछ !

इजरायल, कविता वाचन प्रतियोगिता भाग लिनुहुन् सम्पुर्ण नेपाली साहित्य अनुरागी तथा साहित्य प्रेमीहरुलाई विश्व नेपाली साहित्य महासंघ इजरायल शाखा हार्दिक आब्हान गर्दछ ! नेपाली भाषा, साहित्य, कला र संस्कृतिको उत्थान, संरक्षण तथा सम्बर्धन गर्ने प्रमूख उद्देश्यबाट स्थापित विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाले यही इजरायलमा कार्यरत नेपाली साहित्य क्षेत्रमा कलम चलाउदै रहनु भएको साहित्य अनुरागी तथा साहित्य प्रेमीहरुका लागी “कविता” वाचन प्रतियोगिताको आयोजना गरेको छ ! यो कविता प्रतियोगितामा भाग लिई आफ्नो सुनौलो अबशर उठाउनु हुन् सम्पूर्ण साहित्यकार नेपाली दिदी बैनी तथा दाजु भाइहरुलाई आव्हान गरिएको छ । “कविताको शिर्षक >>>

विश्व नेपाली साहित्य महासङ्घ, इजरायल शाखा

विश्व नेपाली साहित्य महासङ्घ, इजरायल शाखा

सन् २०१३ – २०१५ अध्यक्षः जानु घिमिरे ‘काजल’ उपाध्यक्षः कृष्ण कुमार रायमाझी उपाध्यक्ष दिपेन्द्र थापा महासचिवः सुनिता राई ‘यासिन’ महासचिवः निशा खनाल सहसचिवः सानु गुरुङ कोषाध्यक्षः धर्मराज भण्डारी सहकोषाध्यक्षः यमुना ढकाल ‘मुना’ सदस्यः नीतु खतिवडा ‘विमला’ रजनी शर्मा सावित्रा लुइटेल धर्मराज वन्त कल्पना पौडेल ‘जिज्ञासु’ देवी सुवेदी साबित्रा पाठक ‘साबी’ संगीता सुवेदी रश्मी सुवेदी कोपिमाया राई लीला प्रसाई पन्च शेर्मा करुणा थापा जमुना घिमिरे वेद प्रसाद घिमिरे चन्द्रा के.सी.

विश्व नेपाली साहित्य महासङ्घ भारतमा अधिकारी

विश्व नेपाली साहित्य महासङ्घ भारतमा अधिकारी

काठमाडौँ, १८ असोज । लेखक, साहित्यकार तथा साहित्यप्रेमीको बिहीबारको एक भेलाले विश्व नेपाली साहित्य महासङ्घ, भारत शाखा निर्माण गरेको छ । युवा साहित्यकार अशोक अधिकारी अध्यक्ष रहेको शाखा समिति महासचिवमा रुबेन गुरुङ तथा सदस्यमा इशु चाम्लिङ, विशाल लामा, प्याट्रिसिया निकोलस, मोहन रिजाल, मनोज उपाध्याय, लक्ष्मण सुवेदी, प्रवेश आचार्य, सन्देश पौडेल र विशाल प्रसाईं रहनुभएको छ । नेपाली साहित्यको विश्वव्यापी संरक्षण, सम्बद्र्धन, विकास र विस्तार गर्ने उद्देश्यले विसं २०६७ भानुजयन्तीमा स्थापित महासङ्घको १४ मुलुकमा १६ शाखा छन् । महासङ्घले गैरआवासीय नेपाली सम्मेलनका अवसरमा आगामी कात्तिक ८ गते नेपालमा विश्व नेपाली साहित्य >>>

विश्व नेपाली साहित्य महासंघको दमौलीमा उपशाखा गठन

विश्व नेपाली साहित्य महासंघको दमौलीमा उपशाखा गठन

दमौली /५ असोज विश्व नेपाली साहित्य महासंघको शनिबार दमौलीमा उपशाखा गठन गरेको छ । तनहुँमा क्रियाशिल युवा साहित्यकारहरुको भेलाले दिवाकर भट्टराईको अध्यक्षतामा ५ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा होम बहादुर थापा मगर (छिद्रमुटु) सचिवमा सन्तोष श्रेष्ठ, कोषाध्यक्षमा संञ्जिवनी गुरुङ्ग र सहसचिवमा दिपक राई लाई चयन गरेको बताइएको छ । नव निर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै सहभागिहरुले महाभारतका रचियता मर्हिषि वेद व्यास र आदिकवि भानुभक्त आचार्यको जन्मभुमिलाई विश्वमाझ परिचित गराउन विश्व साहित्य महासंघ दमौली उपशाखाको भुमिका रहनुपर्नेमा जोड दिएका थिए । सल्लाहकारमा साहित्यकार संगम सापकोटा लायतको उपस्थित रहेको >>>

विश्व नेपाली साहित्य महासङ्घ युएई शाखाको नेतृत्वमा मुच्छे राई

विश्व नेपाली साहित्य महासङ्घ युएई शाखाको नेतृत्वमा मुच्छे राई

युएई, विश्व नेपाली साहित्य महासङ्घ युएई शाखाको अध्यक्षमा कवि मुम्छे राई चयन भएका छन् । असोजको पहिलो हप्ता दुबई स्थित सिन्ध–पंजाब रेष्टुरेष्टमा भएको नेपाली सर्जकहरुको साधारण भेलाले राईको नेतृत्वमा महासङ्घ युएई शाखा गठन गरेको हो । १२ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा किरण कौशल मेयोङवा, महासचिवमा देबिनबाबु राई, सचिवमा जीवन शर्मा अर्याल, कोषाध्यक्षमा कैलाश राई, सहकोषाध्यक्षमा ओम कुमारी खाँड र सदस्यमा निमेष गिरी, तेज राई, मोहराज मोहन, सुरेस थकित, पवन घर्तिमगर, प्रवेशकुमार राई बिएस पृथक रहेका छन् । भेलाले शाखाको सल्लाहकारमा समदर्शी काँइला र पिएस लिम्बु निश्चललाई चयन गरेको छ । युएईमा >>>

किशमा किशोरको नेतृत्वमा सिन्धुपाल्चोक उपशाखा गठन

किशमा किशोरको नेतृत्वमा सिन्धुपाल्चोक उपशाखा गठन

९ अक्टोबर २०१३, विश्व नेपाली साहित्य महासङ्घको सिन्धुपाल्चोक उपशाखा गठन भएको छ । शनिवार सदरमुकाम चौतारामा भएको साहित्यकारको भेलाले किशमा किशोरको संयोजकत्वमा उपशाखा गठन गरेको छ । महासङ्घ नेपाल शाखाका उपाध्यक्ष कला अनुरागीको उपस्थितीमा भएको भेलाले टीका सुवेदी, टंक खड्का, सुन्दर शिषिर, रुपक पुरी, सुरेश बुढाथोकी, सुमित काफ्ले, लक्ष्मी पौडेल ‘उषा’ र नानीराम नेपाललाई कार्यसमिति सदस्यमा चयन गरेको छ । भेलामा जिल्लाका महाकाब्यकार चन्द्रप्रसाद न्यौपाने, साहित्यकार तथा कलाकार अमित घिमिरे, सिन्धुपाल्चोक दैनिकका सम्पादक÷प्रकाशक रवीन्द्र श्रेष्ठ, वरिष्ठ पत्रकार सुरेश कसजू लगायतको उपस्थिति थियो ।

विश्व नेपाली साहित्य महासङ्घ शाखा कुबेत समिति गठन

विश्व नेपाली साहित्य महासङ्घ शाखा कुबेत समिति गठन

कुबेत,प्रबासमा छरिएर रहनु भएका समस्त नेपाली साहित्यका स्रष्टा सर्जकहरुलाई आपसमा चिनजान सरसहयोगको वातावरण निर्माण तथा सद्भाव अभिबृद्धि गर्नको निम्ति नेपाली साहित्यको विकास विस्तार सुधार र संवद्र्धन गर्नको लागि साहित्यिक सङ्घसस्थाहरु बीच समन्वयकारी सन्जालको भूमिका निर्वाह गर्न यो विशुद्ध साहित्यिक संस्थाको आवश्यकता महसुस भई स्थापना भएको छ । यस संस्थालाई लोकतान्त्रिक प्रकृयाबाट साझा र पारदर्शि तवरले संचालन गर्नको लागि यो विश्व नेपाली साहित्य महासङ्घ शाखा कुबेत समिति अमित राइ सम्योजकत्वमा तथा रानाध्वज लामा ले हल ब्यबस्थापन गर्नु भइ अक्टोबर २३ का दिन मालियाको एशिया हलमा महेश श्रेष्ठको सभापति र योगेन्द्र पौडेलको >>>

विश्व नेपाली साहित्य महासङ्घ नेपालमा कँडेल

विश्व नेपाली साहित्य महासङ्घ नेपालमा कँडेल

काठमाडौँ, २० साउन । विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखा रमेश कँडेलको अध्यक्षतामा गठन भएको छ । केन्द्रीय उपाध्यक्ष सागर श्रेष्ठको उपस्थितिमा भएको भेलाले वरिष्ठ उपाध्यक्षमा कला अनुरागी,उपाध्यक्षमा तिब्बत दर्लामी, महासचिवमा बिना थिङ तामाङ, सचिवमा ऋतु अधिकारी, अर्थ सचिवमा विद्या सापकोटा तथा सदस्यमा अकिञ्चन नानी, नैना निर्झरा, जेन तमु, चन्द्रा चामलिङ र गणेशकुमार राई तथा मिडिया कार्यदलमा उद्धव तामाङ रहनुभएको छ । शाखाका सल्लाहकारमा हरि अधिकारी, उषा शेरचन र प्रतीक ढकाल र फुलमान बल रहनुभएको छ । भेलाकै अवसरमा पूर्णकान्छा गुरुङ र सरस्वती महतका गजलसङ्ग्रह पनि विमोचन गरिएको थियो । >>>

नेपाली भाषा साहित्यकी अध्येता नाताल्या कार्पोभिचलाई साहित्य महासंघद्धारा स्वागत

नेपाली भाषा साहित्यकी अध्येता नाताल्या कार्पोभिचलाई साहित्य महासंघद्धारा स्वागत

हाम्रा सर्वस्व आदिकवि भानुभक्त आचार्यको द्विशतकीय जन्मशताब्दीको उपलक्षमा गत: १३ जुलाईका दिन विश्व नेपाली साहित्य महासंघ रूस शाखाको तत्वावधानमा मास्कोस्थित नेपाली राजदूतावासको प्राङ्गणमा आयोजित साहित्य समारोहमा नेपाली भाषासाहित्यकी अध्येता नाताल्या कार्पोभिचलाई पनि निम्त्याइएको थियो । उनले नेपाली भाषासाहित्यको अध्यनार्थ नेपालमा बिताइएका दिनहरूको सुमधुर सम्झना गर्दै भानुभक्त आचार्यको योगदान र महत्वबारे प्रकाश पारेकी थिइन् र नेपाली राजदूतावासमा २८ अप्रिल २००६ मा स्थापित नेपालविद्या पुस्तकालयका लागि नेपालविषयक अंग्रेजी, रूसी तथा नेपाली पुस्तकहरूका साथै आफ्नो कृति “मुस्ताङको बाटो” पनि नेइपाली राजदूत महामहिम डा. रविमोहन सापकोटाज्यूलाई हस्तान्तरण गरेकी थिइन् । लण्डनमा अध्यापन गरिरहेकी उनकी >>>

Page 5 of 8« First...«34567»...Last »