Category Archives: Saudi Arabia 1

साहित्य महासङ्घ साउदी अरेबिया साहित्यिक भेटघाट

गत १२ मे २०१७ का दिन विश्व नेपाली साहित्य महासङ्घ साउदी अरेबिया शाखाले साहित्यिक सांगीतिक तथा अतिरिक्त साहित्यिक भेटघाट सम्पन्न गरेको छ । कार्यक्रममा बिमल बजगाई, विवश थापा, लालबहादुर थापा, कुमार पोख्रेल, माईकल, बालकृष्ण पौडेल र सूर्यबिक्रम याख्खा लगायतले विभिन्न स्रष्टाहरुले आआफ्नो सिर्जनाहरु पस्केका थिए । त्यस्तैगरि शाखाद्धारा प्रकाशित यात्रा मरुभूमिको कृतिको बारेमा समिक्षा एवं छलफल गरिएको थियो । यात्रा मरुभूमिको नयाँ अंक प्रकाशन तथा सस्थालाई कसरी अझ प्रभावकारी ढंगबाट अगाडि लैजाने भन्ने सवालमा छलफल भएको थियो । भेलालाई अध्यक्ष सभापति बालकृष्ण पौडेलले सहभागि सबैलाई धन्यवाद दिदै समापन गर्नुभयो ।

साहित्य महासंघ साउदी अरेबियाको रियाद शाखामा नयाँ नेतृत्व चयन

साहित्य महासंघ साउदी अरेबियाको रियाद शाखामा नयाँ नेतृत्व चयन

गत १५ जनवरी २०१५ का दिन साउदी अरेवियाको रियादमा सम्पन्न विश्व नेपाली साहित्य महासंङ्घको भेलाले नयाँ नेतृत्व चयन गरेको छ । नयाँ समितिको अध्यक्ष कृष्ण कहादुर सर्तुगे, उपाध्यक्ष बाबुलाल बुढामगर, महासचिव श्याम गिरी, सचिव रामहरी तिम्सिना, सहसचिव मिलन ओली, कोषाध्यक्ष बलराम लम्साल, सहकोषाध्यक्ष सुरज सिलवाल र सदस्यहरुमा सुदिप लामिछाने, निर्मान धर्तिमगर, रामजी रानाभाट, सरद भण्डारी, विष्णु पङ्गेनी, सुमन पुन र नन्दराम खड्का चयन हुनुभएको छ भने सल्लाहकारहरुमा सूर्यबिक्रम याख्खा, कमल शाही, डोरबहादुर कार्की, जैवी राई र चेत गुरुङ रहनु भएको छ । सन् २०११ मा उत्कृष्ट शाखा घोषित यस शाखाको >>>

क्वीज स्मारिका लोकार्पण तथा सम्मान समारोह भब्य रुपमा सम्पन्न

क्वीज स्मारिका लोकार्पण तथा सम्मान समारोह भब्य रुपमा सम्पन्न

सम्पूर्ण साहित्यप्रेमी दाजुभाइ दिदीबहिनीहरुमा साहित्यिक अभिवादन प्रेस विज्ञप्ति नेपाली भाषा र साहित्यको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यका साथ स्थापना भएको विश्व नेपाली साहित्य महासंघको अर्को मुख्य लक्ष्य भनेको विश्वको कुनै पनि कुनामा छरिएर रहेका नेपाली साहित्यकार र अन्य भाषा भाषिकाका साहित्यकारहरुलाई एकै छानोमा एकछत्र बनाउनु पनि हो । यस संस्थाको दोस्रो शाखाको रुपमा स्थापना भएको शाखा साउदी अरेवियाले विभिन्न साहित्यिक कार्यक्रमहरु गर्दै आइरहेको छ र भविष्यमा पनि यसलाई निरन्तरता दिदै जानेछ । विभिन्न क्षेत्रमा काम गर्ने महानुभावहरु लगायत विशेष गरी विद्यार्थी वर्गमा केही हदसम्म भएपनि ज्ञान दिने उद्देश्यले विश्व नेपाली >>>

विश्व नेपाली साहित्य महासंघ साउदी अरेवियाले मनायो दशैं : पहिलो पटक उमि्रए साउदीमा जमरा

विश्व नेपाली साहित्य महासंघ साउदी अरेवियाले मनायो दशैं : पहिलो पटक उमि्रए साउदीमा जमरा

सागर श्रेष्ठ/खगेन्द्र अधिकारी, जहां नेपाली त्यही नेपाली संस्कृति र चार्डपर्वहरु त्यही नेपाली रितिरिवाज र परम्पराहरु । यो विशेषतालाई चरितार्थ गर्दै विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेवियाले २०६८ सालको दशैं भव्यताका साथ मनाएको छ । साउदी अरेविया जस्तो कठोर धार्मिक कानुन भएको देशमा पनि पहिलो पटक जमरा उमार्न सफल भएको छ । अलसुवाइदी नेपाली परिवारले उपलब्ध गराएको हल दशैंको रातो टिका र पहेला जमराले सजिएको थियो । बिजया दशमीको मंगलधुन घन्किरहेको थियो । दशैंको दिन घर परिवारसंग टाढा हुन पुगेका नेपालीहरुले दुःख बिसे्रका थिए । टिका र जमरा लगाउन पाउने >>>

विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखा दोस्रो बर्षमा प्रवेश

विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखा दोस्रो बर्षमा प्रवेश

आदरणीय साहित्यप्रेमी दाजुभाइ दिदीबहिनीहरु साहित्यिक अभिवादन । नेपाल बहुजातिय बहुभाषिक बहुसंस्कृतिक देशको रुपमा विश्वमान चित्रमा जसरी चिनिएको छ त्यसै गरी नेपाली साहित्य पनि विश्वको कुना कुनासम्म फैलिएको सर्वविद्धितै छ । देशको राजनीतिक अवस्थाका कारण लाखौ नेपालीहरु दिन दुगुना र रात चौगुना बैदेशिक रोजगारको सिलसिलामा बाहिरिनु परेको तितो यथार्थ एकातिर छदैछ भने अर्कोतिर तिनै बैदेशिक रोजगारमा आफ्नो रगतलाई पसिनाको माध्यमबाट बगाइरहेका यूवावर्गको रेमिट्यान्सबाट देशको अर्थतन्त्रमा पनि ठूलो सघाउ पुगेको छ । नेपाली साहित्य क्षेत्रका विभिन्न कालखण्डहरुलाई अवलोकन गर्ने हो भने विभिन्न विधाका कलम चलाउने साहित्यकारहरु जन्मिएका छन् । नेपाली साहित्यका आदिकवि >>>

कोशेलीको विमोचन कार्यक्रम सम्पन्न पिएनएनद्धारा प्रत्यक्ष प्रशारण

कोशेलीको विमोचन कार्यक्रम सम्पन्न पिएनएनद्धारा प्रत्यक्ष प्रशारण

विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेवियाको प्रकाशन त्रैमासिक पत्रिका कोशेलीको विमोचन कार्यक्रम साउदी अरेवियाको रहिमामा विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेवियाका प्रमुख सल्लाहकार तथा अन्र्तराष्ट्रिय प्रतिनिधि साहित्यकार सागर श्रेष्ठले विमोचन गर्नुभएको छ । दिप प्रज्वलन गरी प्र्मुख अतिथि तथा कार्यक्रमका सभापतिबाट कार्यक्रमको उद्घाटन गरिएको थियो भने स्व. साहित्यकारहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । यस कार्यक्रममा अतिथिहरुलाई यस संस्थाका अर्थ सचिव दुर्गा बहादुर भण्डारीले स्वागत गर्नुभएको थियो भने कार्यक्रमका अन्य अतिथिहरुमा लाङ्गधाली मगर संघ साउदी अरेवियाका का. बा. अध्यक्ष जीवन थापा विश्व नेपाली साहित्य महासंघ शाखा साउदी >>>

कोशेलीको बिमोचन हुने ४ फेब्रुअरीमा

नेपाली साहित्य जगतका चम्किला तारा कवि मोतिराम भट्टको १०१ औं जन्म जयन्तिको पावन अवसर पारेर स्थापना भएको विश्व नेपाली साहित्य महासंघको शाखा साउदी अरेवियाले नेपाली साहित्य जगतलाई श्रीबृद्धि गर्ने उद्देश्यले प्रकाशन गर्न लागेको त्रैमासिक साहित्यिक पत्रिका कोशेलीको यही फेब्रुअरी ४ तारिख शुक्रबारका दिन नेपाली समय अनुसार दिउँसो ठीक १ बजे साउदी अरेवियाको समय विहान ठीक १० बजे, साहित्य महासंघ शाखा साउदी अरेवियाका प्रमुख सल्लाहकार तथा अन्तराष्ट्रिय प्रतिनिधि सागर श्रेष्ठ ज्यू को उपस्थितिमा बिमोचन गर्ने कार्यक्रम रहेको छ । साउदी अरेवियामा विभिन्न गतिविधिहरु संचालन गर्दै आएको यस शाखाले प्रकाशन गर्न थालिएको >>>

विश्व नेपाली साहित्य महासंघ साउदी अरेबिया समिति

विश्व नेपाली साहित्य महासंघ साउदी अरेबिया समिति

१४५ औ मोती जयन्तिको अवसरलाई शुभसाइत मानेर एक कार्यक्रमको आयोजना गरी महासंघ निर्माण भएको घोषणा गरिएको थियो । शाखाका पदाधिकारीहरु यसप्रकार रहेका छन् । अध्यक्ष : खगेन्द्र अधिकारी “अमृत” उपाध्यक्ष : सूर्य विक्रम याक्खा महा सचिव : पुष्पक वली सचिव : कमल शाही निर्मल सहसचिवः रुपक दाहाल अर्थसचिव : दुर्गा बहादुर भण्डारी अर्थ सहसचिव : राजु पौडेल सदस्यहरु : कुमार श्रेष्ठ पुर्ण गुरुङ्ग शिब बहादुर थापा राजेन्द्र महतो विष्णु प्रसाद चापागाई कृष्ण बहादुर सतुगे दिलकुमार श्रेष्ठ “एकले” नारायण श्रेष्ठ केन्द्रिय प्रतिनिधि सागर श्रेष्ठ महासंघको सल्लाहकारहरु छाँयाचन्द्र भण्डारी सुविन श्रेष्ठ सुरज >>>

Saudi Arabia 1

अनलाईन हाजीर जवाफ प्रतियोगीता हुने विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखा र अन्तराष्ट्रिय नेपाली साहित्य समाज साउदी अरेविया च्याप्टरको संयुक्त आयोजनामा नेपाली साहित्य जगतका एक हस्ती महाकवी लक्ष्मी प्रसाद देबकोटाको १०१ औं जन्म जयन्तीको पावन अबसर पारेर पहिलो पटक विश्वभरी छरीएर रहेका नेपालीहरुले भाग लिन पाउने गरि अनलाईन हाजीर जवाफ प्रतियोगीता गर्दैछ । यस प्रतियोगिताको सम्पुर्ण नियमहरु www.prabasinepali.com र http://quizmaster.blogsome.com मार्फत सार्वजनिक गरिनेछ । यस प्रतियोगिताको बारेमा जानकारी तथा अनलाईन हाजीरी जवाफ प्रतियोगीताको प्रश्नहरु प्रकासीत गरेर यस कार्यक्रमको मिडिया पाट्नर हुन चाहाने अनलाईन मिडिया तथा छापा मिडियाहरुलाई पनि अनुरोध >>>