Category Archives: Malaysia

विश्व नेपाली साहित्य महासङ्घ मलेशिया शाखामा नयाँ नेतृत्व चयन

आज २७ फेब्रुवरी २०१७ का दिन मलेसियाको राजधानी क्वाललम्पुरमा बसेको भेलाले काप्पोबा चुमको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । समितिका उपाध्यक्षमा शिव छाङ्छा, सचिवमा कृष्ण भीर, कोषाध्यक्षमा मनिस धिमाल र सदस्यहरुमा भिम स्नेही, रबिन मगर र प्रतिनिधि तथा सदस्यहरुमा सेमी मछिन्द्र लिम्बु (क्वाललम्पुर), सुजन सोल्टि राई (जोहोरबारु), गणेश सुनार शिशिर (क्वाललम्पुर), शिव पराजुली (जोहोरबारु), सुमन वान्तावा (ईपो), रामप्रसाद भट्टराई (ईपो), लोकेन्द्र देवान अशीम (जोहरबारु), रवी किरण (जोहरबारु), कपिलमणि (पेनाङ), चतुमान राई ( क्वाललम्पुर) र नवराज बुढा नवीन उदासी (निलाई) चयन हुनु भएको छ । यसअघिको कार्यसमितिको अध्यक्ष जीवन देवान गाँउले हुनुहुन्थ्यो भने नयाँ नेतृत्वको निम्ति गत १८ फेब्रुवरीका दिन केन्द्रीय सदस्य दिलिप राई सगरको संयोजकत्वमा निर्वाचन समिति निर्माण गरिएको थियो । त्यस्तैगरी सल्लाहकारहरुमा एक दसकदेखी मलेसिया रहन्दै आएका जीबन गाँउले देवान, दिलिप राई सगर, दीप दर्शन, युवराज साम्पाङ, दिलदुखी जन्तरे, र विपिन राई रहनु भएको छ । यस शाखाको स्थापना सन् २०१० भएको थियो र यसले विभिन्न उल्लेख्य साहित्यिक >>>

नव निर्वाचित अध्यक्ष तिगेलालाई  मलेशिया  र सिंगापुरमा स्वागत तथा बधाई

नव निर्वाचित अध्यक्ष तिगेलालाई मलेशिया र सिंगापुरमा स्वागत तथा बधाई

जोहरबारु, १६ अक्टोबर २०१३, साहित्यकार विश्वास दीप तिगेलालाई मलेशियाको जोहारमा बधाई तथा स्वागत गरियो । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको अध्यक्षमा तिगेला भर्खरै निर्वाचित भएका हुन् । जोहरबारु क्षेत्रमा रहेका स्रष्टासर्जक तथा राजनैतिक प्रतिनिधीहरुको उपस्थितीमा पूर्ण तुम्बापोले खदा र टोपी लगाई दिएर अध्यक्ष तिगेलालाई स्वागत गरेका थिए । अतिथि तिगेलाले बर्तमान नेपालको साहित्य सम्बन्धमा बोल्दै राजनैतिक चेतना भएमा सन्देशमुलक सिर्जना गर्न सकिने बताउनु भयो । साहित्यकार राज सहयात्रीको संचालन रहेको उक्त कार्यक्रमको सभापतित्व जय केरुङले गर्नुभएको थियो । साहित्यकार तिगेलालाई सिंगापुरमा स्वागत सिंगापुर, १६ जुलाई २०१३, साहित्यकार विश्वास >>>

साहित्य महासङ्घ मलेशियाको नयाँ नेतृत्व

साहित्य महासङ्घ मलेशियाको नयाँ नेतृत्व

२२ अप्रिल, नेपाली साहित्यको विकास, विस्तार तथा संरक्षणको लागि स्थापित विश्व नेपाली साहित्य महासङ्घको मलेशिया शाखा साहित्यकार जीवन देवानको अध्यक्षतामा निर्माण भएको छ । साहित्य महासङ्घ केन्द्रिय महासचिव विश्वासदीप तिगेलाको समेत उपस्थिती रहेको स्रष्टा भेलाले निम्नअनुसार नयाँ नेतृत्व निर्माण गरेको छ । उपाध्यक्ष दिलीप राई ‘सगर’, सचिव श्रीजन श्री, सहसचिव मनि राई ‘गोठाले’, कोषाध्यक्ष गनिन्द्र विवस र सदस्यहरु निरज सापकोटा, राजकुमार तेयुङ ‘तरेबा’, भिम स्नेही, जितेन राई रहनु भएको छ भने नयाँ नेतृत्वको घोषणा संगै अघिल्लो कार्यसमितिलाई धन्यवाद ज्ञापन गरेको थियो । महासंघ स्थापना पछि तेस्रो शाखा बनेको मलेशिया शाखा >>>

पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

पेनाङ, विश्व नेपाली साहित्य महासंघ सम्बद्ध उदाउदो तारा साहित्य समाज, पेनाङ, मलेसियाद्वारा प्रकाशित संयुक्त गजल संग्रह ‘सृजनाका स्वरहरु’ को विमोचन कार्यक्रम यहि फेब्रुवरी ०४ तारीकको दिन पेनाङको कोमतार स्थित एक सभाहलमा सम्मन्न भयो । समाजका अध्यक्ष दिप दर्शनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा नयन साहित्य समाज जोहोरका अध्यक्ष तथा विश्व नेपाली साहित्य महासंघ, मलेसिया शाखाका उपाध्यक्ष दीलिप राई सगर रहनु भएको थियो भने अन्य उपस्थित अतिथिहरुमा गजलकार तथा अनाम मण्डली मलेसियाका अध्यक्ष श्रीजन श्री र साहित्यकार मौलश्री लिम्बु रहनु भएको थियो । समाजका कोषाध्यक्ष कृष्ण आलोकको बासुरीको मिठो धुनबाट >>>

विश्व नेपाली साहित्य महासंघ मलेसिया शाखाको गठन

मलेसियाको राजधानी क्वालालम्पूरमा आईतबार सम्पन्न एक विशेष साहित्यिक भेलाले विश्व नेपाली साहित्य महासंघ मलेसिया शाखा स्थापना गरेको छ । विश्व नेपाली साहित्य महासंघका केन्द्रिय महासचिब विश्वासदिप तिगेलाको प्रमुख उपस्थितीमा सम्पन्न सो कार्यक्रममा साहित्यकार रुसाहाङ चेमजोङको अध्यक्षतामा कार्य समिति गठन गरिएको छ । नवगठित समितिका उपाध्यक्ष दिलिप राई ‘सगर’, सचिब कोपिला गौतम, सहसचिब युवराज साम्पाङ ‘जेठा’ र कोषाध्यक्षमा पूर्ण लिम्बू फागोलाई सर्वसम्मत रुपमा चयन गरिएको छ भने सदस्यहरुमा सोमनाथ सुवेदी, रेशम खत्री र जीतेन्द्र राईलाई चयन गरिएको छ । विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिका सदस्य एवं कार्यक्रम संयोजक जीवन देवान >>>