Category Archives: Nepal

नेपाली साहित्य दुत २०१४ ‘मकालु’ डा. मल्ललाई हस्तान्तरण

बैशाख १९, सुर्खेत । शनिबार वीरेन्द्रनगरमा वृहत साहित्यिक कार्यक्रमको आयोजना गरि कवि तथा प्राध्यापक डाक्टर महेन्द्रकुमार मल्ललाई सम्मान हस्तान्तरण गरिएको छ । मल्ललाई विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रीय समितिले ‘नेपाली साहित्य दुत २०१४ ‘मकालु’ घोषणा गरेको थियो । महासङ्घले विश्वका उच्च १० शिखरहरु मध्ये नेपालमा रहेका ८ वटा शिखरहरुको नामबाट सम्मान घोषणा गरेको थियो । मध्यपश्चिमाञ्चल गजल मंच सुर्खेतको आयोजनामा भएको कार्यक्रममा मंचको अर्धवार्षिक प्रकाशन गजल बाटिकाको पनि लोकार्पण गरिएको छ । कार्यक्रममा सम्मानित स्रष्टा डाक्टर मल्लले सम्मानित हुँदा आफू खुशी भएको भन्दै आगामी दिनमा सँगसँगै हिड्ने वातावरण सिर्जना गर्न आयोजकसँग आग्रह गरे । यस्तै कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सुर्खेत क्षेत्र नंं २ का सभासद हृदयराम थानीले कला र साहित्यले देशको आमूल परिवर्तनमा ठूलो योगदान दिनसक्ने बताए । उनले भाषा, कला साहित्यको माध्यमबाट नेपालीहरुलाई एउटै मनमा गाँस्न सकिने बताए । साहित्य महासंघका सचिव खगेन्द्र अधिकारी अमृतको कृति सन्तापका आँशु (गजल संग्रह) को पनि लोकार्पण गरिएको छ । स्रष्टा >>>

मकरबहादुर बान्तावा अब राष्ट्रिय व्यतित्वको रुपमा

मकरबहादुर बान्तावा अब राष्ट्रिय व्यतित्वको रुपमा

काठमाण्डौं । टंक प्रसाद उप्रेतीद्धारा लिखित, विश्व नेपाली साहित्य महासंघ केन्द्रद्धारा प्रकासित राष्ट्र र जनता प्रति सदा समर्पित व्यतित्व मकरबहादुर बान्तावा भन्ने पुस्तक सांस्कृतिविद सत्यमोहन जोशीज्यूको प्रमुख आतिथ्यमा यही जेष्ठ १७ गते काठमाण्डौ स्थित तिनकुनेमा अवस्थित होटल नेशनल भिजनको त्रिवेणी हलमा एक बृहत समारोहको साथ विमोचन भएको छ । उक्त कार्यक्रम प्रकाशक तथा विश्व नेपाली साहित्य महासंघका के्न्द्रीय उपाध्यक्ष सागर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । पुस्तकको समालोचन वरिष्ठ प्राज्ञ प्रा. मोहनराज शर्माले गर्नु भएको थियो भने लेखक टंक प्रसाद उप्रेतीले उक्त पुस्तक अहिले सम्म निस्केका आत्म व्रितान्त मध्ये श्रेष्ठ >>>

सम्हालिन नसकेका आँसु खगेन्द्रको मुक्तक संग्रह लोकार्पण

सम्हालिन नसकेका आँसु खगेन्द्रको मुक्तक संग्रह लोकार्पण

सुर्खेत बैशाख ७, शनिबार वीरेन्द्रनगरमा बृहत काव्य गोष्ठी गरिएको छ । काव्य गोष्ठीमा साहित्यकार खगेन्द्र अधिकारी अमृतको कृति सम्हालिन नसकेका आँशु (मुक्तक संग्रह) को लोकार्पण समेत गरियो । सोही अवसरमा यस अनलाईन पत्रिका क्वीकखबर डट कमको पनि औपचारिक उद्घाटन भएको छ । वाङ्मय चौतारी नेपाल सुर्खेतको आयोजनामा गरिएको उक्त कृति लोकार्पण एवम् अनलाइन पत्रिकाको उद्घाटन कार्यक्रममा विभिन्न जिल्लाका साहित्यकारहरुको उपस्थिति रहेको थियो । सम्हालिन नसकेका आँसु मुक्तक सङ्ग्रहको लोकार्पण कृतिकारकी आमा बत्तिसरा अधिकारीको हातबाट गरिएको थियो भने अनलाइन पत्रिकाको उद्घाटन सुर्खेत क्याम्पस शिक्षाका क्याम्पस प्रमुख डा. महेन्द्रकुमार मल्लले गर्नुभएको थियो >>>

विश्व नेपाली साहित्य महासंघको दमौलीमा उपशाखा गठन

विश्व नेपाली साहित्य महासंघको दमौलीमा उपशाखा गठन

दमौली /५ असोज विश्व नेपाली साहित्य महासंघको शनिबार दमौलीमा उपशाखा गठन गरेको छ । तनहुँमा क्रियाशिल युवा साहित्यकारहरुको भेलाले दिवाकर भट्टराईको अध्यक्षतामा ५ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा होम बहादुर थापा मगर (छिद्रमुटु) सचिवमा सन्तोष श्रेष्ठ, कोषाध्यक्षमा संञ्जिवनी गुरुङ्ग र सहसचिवमा दिपक राई लाई चयन गरेको बताइएको छ । नव निर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै सहभागिहरुले महाभारतका रचियता मर्हिषि वेद व्यास र आदिकवि भानुभक्त आचार्यको जन्मभुमिलाई विश्वमाझ परिचित गराउन विश्व साहित्य महासंघ दमौली उपशाखाको भुमिका रहनुपर्नेमा जोड दिएका थिए । सल्लाहकारमा साहित्यकार संगम सापकोटा लायतको उपस्थित रहेको >>>

किशमा किशोरको नेतृत्वमा सिन्धुपाल्चोक उपशाखा गठन

किशमा किशोरको नेतृत्वमा सिन्धुपाल्चोक उपशाखा गठन

९ अक्टोबर २०१३, विश्व नेपाली साहित्य महासङ्घको सिन्धुपाल्चोक उपशाखा गठन भएको छ । शनिवार सदरमुकाम चौतारामा भएको साहित्यकारको भेलाले किशमा किशोरको संयोजकत्वमा उपशाखा गठन गरेको छ । महासङ्घ नेपाल शाखाका उपाध्यक्ष कला अनुरागीको उपस्थितीमा भएको भेलाले टीका सुवेदी, टंक खड्का, सुन्दर शिषिर, रुपक पुरी, सुरेश बुढाथोकी, सुमित काफ्ले, लक्ष्मी पौडेल ‘उषा’ र नानीराम नेपाललाई कार्यसमिति सदस्यमा चयन गरेको छ । भेलामा जिल्लाका महाकाब्यकार चन्द्रप्रसाद न्यौपाने, साहित्यकार तथा कलाकार अमित घिमिरे, सिन्धुपाल्चोक दैनिकका सम्पादक÷प्रकाशक रवीन्द्र श्रेष्ठ, वरिष्ठ पत्रकार सुरेश कसजू लगायतको उपस्थिति थियो ।

विश्व नेपाली साहित्य महासङ्घ नेपालमा कँडेल

विश्व नेपाली साहित्य महासङ्घ नेपालमा कँडेल

काठमाडौँ, २० साउन । विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखा रमेश कँडेलको अध्यक्षतामा गठन भएको छ । केन्द्रीय उपाध्यक्ष सागर श्रेष्ठको उपस्थितिमा भएको भेलाले वरिष्ठ उपाध्यक्षमा कला अनुरागी,उपाध्यक्षमा तिब्बत दर्लामी, महासचिवमा बिना थिङ तामाङ, सचिवमा ऋतु अधिकारी, अर्थ सचिवमा विद्या सापकोटा तथा सदस्यमा अकिञ्चन नानी, नैना निर्झरा, जेन तमु, चन्द्रा चामलिङ र गणेशकुमार राई तथा मिडिया कार्यदलमा उद्धव तामाङ रहनुभएको छ । शाखाका सल्लाहकारमा हरि अधिकारी, उषा शेरचन र प्रतीक ढकाल र फुलमान बल रहनुभएको छ । भेलाकै अवसरमा पूर्णकान्छा गुरुङ र सरस्वती महतका गजलसङ्ग्रह पनि विमोचन गरिएको थियो । >>>

सुर्खेतमा  पनि भानु जयन्ती मनाइयो

सुर्खेतमा पनि भानु जयन्ती मनाइयो

३० असार सुर्खेत, साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सयौँ जन्म जयन्तीका अवसरमा शनिबार वीरेन्द्रनगरमा खुला कविता प्रतियोगिता एवं कृती विमोचन कार्यक्रम गरिएको छ । वाङमय चौतारी सुर्खेतको आयोजना र विश्व नेपाली साहित्य महासंघ केन्द्रीय समितिको सह—आयोजनामा भएको कविता प्रतियोगितामा आठ जना कविहरुले भाग लिएका थिए । प्रतियोगितामा बालु पीडित प्रथम, खगेन्द्र अटल द्वितीय, प्रविण कुमार आचार्य तृतीय, यग्यप्रसाद पाण्डे र समिक्षा नेपाल सान्त्वना भएका छन् । स्थान प्राप्त प्रतियोगीहरुलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो । यसै गरी कार्यक्रममा वाङमय चौतारीका कोषाध्यक्ष गीता रेग्मीद्धारा लिखित “स्मृतीका ती क्षण” यात्रा >>>

Nepal

साहित्य महासंघ नेपाल शाखा गठन गत १४ सेप्टेम्बर २०१० का दिन विश्व नेपाली साहित्य महासंघ नेपाल शाखा गठन भएको छ । विश्व विस्तारित नेपाली साहित्य सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना संगै साहित्य महासंघ नेपाल शाखा निर्माण भएको छ । नेपाल शाखाका पदाधिकारीहरुमा अध्यक्ष उषा शेरचन, बरिष्ठ उपाध्यक्ष नरेन्द्र पौडेल, उपाध्यक्ष प्राज्ञ अमर तुम्याहाँङ, महासचिव मोमिला जोशि, सचिव अब्दुल सलाम खान, आर्थिक सचिव राजेश्वर कार्की, सह आर्थिक सचिव यसोदा अधिकारी र सदस्यहरु क्रमश रन्जन खत्रि, कृष्ण सर्वहारी चौधरी, लेखनाथ काफ्ले डा. लक्ष्मण गौतम, विमला राई केयरलेस, दिवा चेम्जोङ रहनु भएको छ । >>>