साहित्य महासंघ रसिया शाखाको बृहत-साहित्यिक भेला र लघु बनभोज सम्पन्न
विश्व नेपाली साहित्य महासंघ (विनेसाम) रुस शाखाले यही जुलाई १४ तारिखका दिन रसियाको राजधानी मस्को नजिकैको पिरोगोभा जलसरोबरको तटमा बृहत-साहित्यिक भेला र लघु बनभोजको आयोजना गरी १९८ औ भानु जयन्ती भब्य रुपमा मनायो । गैर आबासिय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषदका संस्थापक अध्यक्ष तथा हालका प्रमुख संरक्षक डा उपेन्द्र महत्तोको प्रमुख अतिथ्य रहेको उक्त समारोहको सभापतिमा विश्व नेपाली साहित्य महासंघका बर्तमान अध्यक्ष तथा गैर आबसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रुसका महासचिब डा मधु कृष्ण श्रेष्ठ “माधुर्य” हुनुहुन्थ्यो भने कार्यक्रम संचालनको भूमिका साहित्य महासंघ रसियाका अध्यक्ष तथा गैर आबसिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद रसियाका उपाध्यक्ष गोविन्द प्रसाद गौतमले गर्नुभएको थियो । उक्त समारोहमा गैर आबासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष श्री जिवा लामिछाने, नेपाल राजदुताबासका सचिब गेहेन्द्र राजभण्डारी, नारी निकुन्जक अध्यक्ष डा. समता प्रसाद, गैर आवासीय नेपाली संघ रुस रास्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. मणिराज पोखरेल, खेलकुद समाजका अध्यक्ष खेम लामिछाने, नेपाली छात्र संघ जनमैत्री विश्व विद्यालयक अध्यक्ष >>>

