Category Archives: United Kingdom

साहित्य महासङ्घ यूकेले १०९ औं महाकवि देवकोटा जयन्ती मनायो

केन्ट, वेलायत । गत ४ अक्टोबर २०१७ का दिन विश्व नेपाली साहित्य महासङ्घ साउथ यूकेले १०९ औं महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्ति एक कार्यक्रम बीच सम्पन्न गरयो । महाकवि देवकोटाको फोटोमा संयुक्त रुपमा माल्यार्पण पश्चात गीतकार टि माया राईले महाकवि देवकोटाको जीवनी प्रस्तुत गरेका थिए । पहिलो चरणमा स्रष्टाद्धय दिपेन्द्र थुलुङ राई र लाहाङ चेम्जोङलाई सम्मान गरिएको थियो । त्यसका साथै महासङ्घ केन्द्रले रसियन भाषामा प्रकाशित गरेको कविताहरुको संग्रह “नेपाली कविता कुञ्ज” पनि सम्मानित द्धय, बिनेसाम साउथका अध्यक्ष बिजय हितान र साहित्यकार घन थापाले संयुक्त रुपमा विमोचन गरे । कवि घन थापा, टि माया राई, अमित थेबे, लोक बहादुर गुरुङ, लाहाङ चेम्जोङ, बिजय हितान, विश्वास दीप तिगेला, औतारी साईला र चन्द्रावती राईले सिर्जना वाचन गरेका थिए । जानुका पुन मगर “ए कान्छा ठट्टैमा यो बैश जान लाग्यो बोलको गीत गाउनु भयो र मोहन लिम्बुले आफ्नै कम्पोज र शब्द रहेको गीत गायकीमा प्रस्तुत गरेका थिए । त्यस्तैगरि सुरेन्द्र इङ्नामले बाँसुरीमा देबकोटाको >>>

युकेमा साहित्य महासङ्घको ७ औं तथा १०४ औ भानु जयन्ति सम्पन्न

युकेमा साहित्य महासङ्घको ७ औं तथा १०४ औ भानु जयन्ति सम्पन्न

गत १ जुलाई २०१७ का दिन विश्व नेपाली साहित्य महासङ्घ, साउथ युकेले एक भब्य कार्यक्रम गरि आफ्नो ७ औ स्थापना तथा १०४ औं भानु जयन्ति मनायो । युकेकै सुन्दर मध्येको एक होल पार्कमा भेलाभई कार्यक्रम स्थल निर्माण गरि विभिन्न साहित्यिक तथा सांगीतिक कार्यक्रम सम्पन्न भयो । महासङ्घ साउथ युकेका अध्यक्ष विजय हितानको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सचिव करिष्मा घमले संचालन गरेकी थिइन । साहित्यकार चिमखोले काईला (दुत पुन) को अर्लि भाई नामक कथा कृतिको औतारी साईलाले समिक्षा गर्नुभयो भने विश्वास दीप तिगेलाद्धारा लिखित निष्पक्ष संविधानः समृद्ध राष्ट्र नामक राजनैतिक दस्तावेज पुस्तकको >>>

वातावरण साहित्य भब्यतापूर्वक सम्पन्न, उत्कृष्ट कविलाई सभापति गुराँस फूल प्रदान (भिडियो सहित)

वातावरण साहित्य भब्यतापूर्वक सम्पन्न, उत्कृष्ट कविलाई सभापति गुराँस फूल प्रदान (भिडियो सहित)

गत ४ जुन २०१७ का दिन लण्डनको चाल्टन एफसी हलमा वातावरण साहित्य गोष्ठि भब्यतापूर्वक सम्पन्न भएको छ । विश्व नेपाली साहित्य महासङ्घ, साउथ युके, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज युके शाखाको मुख्य सक्रियता एवं आयोजना साथै युकेमा रहेका विभिन्न १२ वटा साहित्यिक संगठनहरुको संयुक्त आयोजनामा सम्पन्न गोष्ठिमा गमलाको राष्ट्रिय फूल लालीगुराँसलाई सभापति बनाईएको थियो भने प्रमुख अतिथिमा साहित्यकार डा. डुबसु क्षेत्री हुनुहुन्थ्यो । प्रमुख अतिथि क्षेत्रीले गमलाको गुराँस फूलमा जल सिंचन गरेर उदघाटन गर्नु हुदै नयाँ ढङ्गको कार्यक्रम एवं उच्च स्तरको रचनाहरुबाट प्रभावित बनेको र वाचित वातावरण सिर्जनाहरुलाई प्रकाशनको आवश्यकता औल्याउनु >>>

साहित्यकार घन थापाको दुई गिती एल्वम बयान र बस्ति विमोचित (भिडियो सहित)

साहित्यकार घन थापाको दुई गिती एल्वम बयान र बस्ति विमोचित (भिडियो सहित)

गत ७ मे २०१७ का दिन युके केन्टको फक्स्टोन टाउनमा विश्व नेपाली साहित्य महासङ्घ, साउथ युके र नेपाली साहित्य विकास परिषद युकेको सयुक्त आयोजनामा नजिकको हकिन्स हलमा साहित्यकार घनबहादुर थापामगरको एकैपटक २ गिती एल्वमको भब्यतापूर्वक सार्वजनिक भएको छ । युकेका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदी लगायतका अतिथिहरुले वयान र वस्ति नामक दुई कृतिलाई सामुहिक रुपमा विमोचन गरेका हुन । युकेमा कविहरु धेरै रहेका तर गीतकारहरु कमि रहेको कुरा औल्याउदै अगुवा साहित्यकार थापा मगरहरुको सक्रियता र मार्गदर्शनले महत्वपूर्ण भूमिका खेल्ने प्रमुख अतिथि राजदुत सुवेदीले बताउनु भयो । वयान एल्वमको >>>

साहित्य महासङ्घ साउथ युकेले साहित्यिक र साँस्कृतिक कार्यक्रम गरि नयाँ बर्षलाई स्वागत गरयो (भिडियो र अडियो सहित)

साहित्य महासङ्घ साउथ युकेले साहित्यिक र साँस्कृतिक कार्यक्रम गरि नयाँ बर्षलाई स्वागत गरयो (भिडियो र अडियो सहित)

गत १६ अप्रिल २०१६ का दिन विक्रम संवत नयाँ बर्ष २०७४ लाई साहित्यिक र सांगेतिक कार्यक्रम गरि भब्यता पूर्वक सम्पन्न गरेको छ । युके केन्टको आसफोर्ड टाउनको सेन्टरपीस हलमा आयोजित कार्यक्रममा नेपालबाट सांगेतिक यात्रामा युके आईपुग्नु भएका सिर्जना क्षेत्रकै गायक शिव परियारलाई प्रमुख अतिथि एवं वहाकै मुख्य सांगेतिक प्रस्तुती रहेको थियो । पहिलो चरणमा प्रमुख अतिथि परियार, विश्व नेपाली साहित्य महासङ्घ केन्द्रका अध्यक्ष विश्वास दीप तिगेला र शाखाका कार्यबाहक अध्यक्ष औतारी साईलाले पानसमा बत्ति बालेर कार्यक्रमको उदघाटन गर्नुभएको थियो भने सुरेन्द्र थेवेले हेल्थएण्ड सेप्टिबारे बताउनु भयो र सुस्मा रुपावुङ राईले >>>

अर्थ आवर वातावरण साहित्य प्रतियोगिताको नतिजा घोषणा:  बन्दना उत्कृष्ट

अर्थ आवर वातावरण साहित्य प्रतियोगिताको नतिजा घोषणा: बन्दना उत्कृष्ट

काठमाडौं । नेपालभित्रका स्रष्टालाई लक्षित अर्थ आवर वातावरण साहित्य प्रतियोगिताको नतिजा घोषणा गरिएको छ । स्रष्टाहरु बन्दना राई, प्रज्वल अधिकारी र पवित्रा राईले लेखेको कविता उत्कृष्ट ठहरिएका छन् । आयोजक विश्व नेपाली साहित्य महासंघ साउथ युकेका अनुसार बन्दना राईको ‘यो साझा घरको मान्छे’ प्रथम, प्रज्वल अधिकारीको ‘सहरले गुमाएको प्राकृतिक पेन्टिङ‘ द्वितीय र पवित्रा राईको ‘खर्पनमा धर्ती बोकेर’ले तृतीय स्थान प्राप्त गरेको छ । उनीहरुलाई आगामी बैशाख ४ गते (१७ अप्रिल)का दिन बीएफबीएस गोर्खा रेडियो काठमान्डूमा कार्यक्रम गरी पुरस्कृत गरिने छ । पुरस्कारको राशि पहिलोलाई १२ हजार, दोस्रोलाई १० र तेस्रोलाई >>>

गायक थिर बहादुर थापाको एकल प्रस्तुती भब्यतापूर्वक सम्पन्न

गायक थिर बहादुर थापाको एकल प्रस्तुती भब्यतापूर्वक सम्पन्न

गत ८ जनवरी २०१७ का दिन युकेको आसफोर्ड टाउनमा गायक थिर बहादुर थापाको एकल सांगीतिक प्रस्तुती भब्यतापूर्वक सम्पन्न भयो । गायक थापाले पहिलो चरणमा आफ्नै स्वरबद्ध सुमधुर गीत, दोस्रो चरणमा अग्रज गायकहरुको सम्मानमा पुराना एवं चर्चित गीतहरु र तेस्रो चरणमा झुममmुम नचाउने गीतहरु गाउनु भयो । खोटाङमा जन्मनु भएका थापाले वि.स. २०४७ मा रेडियो नेपालबाट स्वर परिक्षा पास गर्नुभएको हो । लामो समय देखि शिक्षण पेशामा आबद्ध थापा पछिल्लो समय युकेमा रहदै आउनु भएको छ । गीत गायन, लेखन र वाद्यवादनमा पोख्त थापाको एक एल्बम विहानी वि.स. २०५८ मा सार्वजानिक >>>

अर्थ आवर अवसरमा वातावरण साहित्य सिर्जना पठाउनुहोस र नगद सहितको पुरस्कार प्राप्त गर्नुहोस

अर्थ आवर अवसरमा वातावरण साहित्य सिर्जना पठाउनुहोस र नगद सहितको पुरस्कार प्राप्त गर्नुहोस

वातावरणीय संरक्षण अभियानका रुपमा विश्वव्यापी मनाइने अर्थ आवरका दिन नेपालमा वातावरण साहित्य प्रतियोगिता विश्व नेपाली साहित्य महासंघ साउथ यूकेले अर्थ आवरको अवसर पारेर आगामी चैत १२ अर्थात् मार्च २५ तारिख २०१७ मा वातावरण साहित्य प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा नेपालमा रहेका स्रष्टाहरूले मात्र भाग लिन पाउने विश्व नेपाली साहित्य महासंघ साउथ यूकेका अध्यक्ष विजय हितानले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा उत्कृष्ट ठहरिएका तीनवटा सिर्जनालाई रू ३० हजार बराबरको नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिने छ । विजेतालाई आगामी अप्रिलमा काठमाडौंमा एक समारोहबीच पुरस्कृ्त गरिनेछ । प्रतियोगितामा कविता, >>>

नेपाली संगीतका आदिम संगीतकार माष्टर मित्रसेन थापाको १२१ औ जन्मजयन्ति सम्पन्न साथै युके गतिविधि (भिडियो सहित)

नेपाली संगीतका आदिम संगीतकार माष्टर मित्रसेन थापाको १२१ औ जन्मजयन्ति सम्पन्न साथै युके गतिविधि (भिडियो सहित)

गत १८ डिसेम्बर २०१६ का दिन लण्डनमा विश्व नेपाली साहित्य महासङ्घ, युके साउथ शाखा र अनेसास युके च्याप्टरको सयुक्त आयोजनामा लण्डन पल्मस्टिड स्थित नेपाली संगीतका आदिम संगीतकार माष्टर मित्रसेन थापाको १२१ औ जन्मजयन्ति सम्पन्न भयो । थापाको जन्म १९ डिसेम्बर १८९५ भएको थियो भने मृत्यू ९ अप्रिल १९४६ मा भएको थियो । थापाको बारेमा साहित्यकार विजय हितान मगरले प्रकाश पार्नुभएको थियो । त्यस्तैगरि भूपि शेरचन, लैनसिंह बाग्देल र स्वर सम्राट नारायण गोपालको जन्म पनि डिसेम्बरमै पर्ने भएकोले चारै स्रष्टाहरुको तस्वीरमा माल्यार्पण गरिएको थियो । भूपि शेरचनको बारेमा डा. रुपक श्रेष्ठ, >>>

विनेसाम युके साउथले मनायो भानु जयन्ति तथा छैठौ बार्षिकउत्सव

विनेसाम युके साउथले मनायो भानु जयन्ति तथा छैठौ बार्षिकउत्सव

गत ३ जुलाई २०१६ का दिन विश्व नेपाली साहित्य महासङ्घ युके साउथ शाखाले १०३ औ आदिकवि भानु जयन्ति तथा साहित्य महासङ्घको छैठौ स्थापना दिवस मनायो । युके केन्टको सुन्दर तथा लोकप्रिय होल पार्क स्टेटको सभा हलमा आदिकवि भानुको फोटोमा माल्यार्पण गरि शुरु भएको कार्यक्रममा शिव कुमार राईले स्वागत मन्तब्य राख्नु भयो भने आदिकवि भानुको योगदान र साहित्य महासङ्घको बारे केन्द्रीय नेतृत्व विश्वास दीप तिगेलाले बोल्नु भयो । भिमो मेमोरियल ट्रष्टको प्रायोजनमा आयोजित कार्यक्रममा ट्रष्टका अध्यक्ष जानुका राईले ट्रष्टको बारेमा विस्तृत जानकारी गराउनु भयो । ट्रष्टले निर्माण गरेको बृत्तचित्र समेत प्रर्दशन >>>

लण्डनमा साहित्य महासङ्घ र दुतावासद्धारा स्व. अम्बर गुरुग श्रद्धाञ्जलीसभा

लण्डनमा साहित्य महासङ्घ र दुतावासद्धारा स्व. अम्बर गुरुग श्रद्धाञ्जलीसभा

गत १६ जुन २०१६ का दिन विश्व नेपाली साहित्य महासङ्घ र नेपाली राजदुतावासको संयुक्त आयोजनामा राजदुतावासको सभाकक्षमा राष्ट्रिय गायक स्व. अम्बर गुरुङको श्रद्धाञ्जलीसभा सम्पन्न भयो । स्व. गुरुङको फोटोमा माल्याअर्पण गरि शुरु भएको समारोहमा सङ्घसंस्थाका प्रतिनिधि तथा सहभागि सबैले पुष्प गुच्छा र खदा चढाए लगतै एक मिनेट मौन धारणा गरिएको थियो । वहाकै सम्मान र सम्झनामा स्व. गुरुङद्धारा संगीतबद्ध राष्ट्र गान र वहाकै स्वर र संगीत रहेको देशभक्ति गानहरु बजाइएको थियो । स्व. गुरुङको जीबनी बारे टेक बहादुर थापा राजेशले बोल्नु भयो । त्यस्तैगरि एक दर्जन कविहरुले गुरुङमा समर्पण गरि >>>

Page 1 of 3123»