Category Archives: United Kingdom

युकेमा साहित्य महासङ्घद्धारा अर्थ आवरको अवसरमा साहित्यिक गोष्ठि २८ मार्चमा हुदै

युकेमा साहित्य महासङ्घद्धारा अर्थ आवरको अवसरमा साहित्यिक गोष्ठि २८ मार्चमा हुदै

फक्स्टोन, २२ मार्च २०१५ । विश्वब्यापी मनाईने अर्थ आवर (Earth Hour) को अवसरमा युकेका नेपालीहरुले वातावरण सम्बन्धि साहित्यि गोष्ठिको आयोजना गरेका छन् । यहि आउदो २८ मार्च शनिवारको दिन दिउसो १ बजे फकस्टोन चेरिटनको लेमनलिफ रेष्टुरेष्टको सभाकक्षमा हुने भएको छ । प्रत्येक बर्ष मार्च महिनाको अन्तिम शनिवारको दिनलाई विश्व बन्य जन्तु संरक्षण कोष (wwf) ले विश्वब्यापी अर्थआवर सन् २००७ देखि मनाउदै आएको छ । युकेमा रहेका नेपालीहरु पनि वातावरण बचाउने कार्यमा सुसुचित र सक्रिय हुनुपर्ने आवश्यकता औल्याउदै समाजका सचेत बर्ग स्रष्टासर्जकहरुले वातावरणिय साहित्यिक गोष्ठी गरिएको जनाएका छन् । गोष्ठिमा युकेका >>>

युकेमा कवि विजय हितानको एकल कविता वाचन सम्पन्न (भिडियो सहित)

युकेमा कवि विजय हितानको एकल कविता वाचन सम्पन्न (भिडियो सहित)

विनोद मेवाहाँङ, आसफोर्ड, गत १५ जनवरी २०१५ का दिन युकेको आसफोर्ड टाउनमा कवि विजय हितानको एकल कविता वाचन सुसम्पन्न भयो । एकल वाचन समारोहमा कवि हितानले वातावरणिय र युद्ध साहित्यका शक्तिशाली डेढ दर्जन कविताहरु रोचक ढंगबाट वाचन गर्नुभएको थियो । प्रमुख अतिथि, अध्यक्ष र स्रष्टाको संयुक्त बाहुलीबाट दिप प्रज्वलन गरि औपचारिक उद्घाटन भएको वाचन समारोह साहित्य महासङ्घका संरक्षक सदस्य सुरेन्द्र इङनामको बासुरी धुनबाट अघि बढेको थियो । कवि हितानद्धारा कविताहरुको वाचन लगतै साहित्यकार जानुका राईले समिक्षा मन्तब्य दिनु भयो भने सफलतापूर्वक वाचन सम्पन्न गर्नुभए वापत कवि हितानलाई प्रमुख अतिथिबाट प्रमाणपत्र >>>

युकेमा कवि बिक्रम सुब्बाको एकल कविता वाचन सम्पन्न (वाचन भिडियो सहित)

युकेमा कवि बिक्रम सुब्बाको एकल कविता वाचन सम्पन्न (वाचन भिडियो सहित)

पिटरबरो, गत २९ नोभेम्बर २०१४ का दिन युकेको पिटरबरोमा नेपालका चर्चित कवि विक्रम सुब्बाको एकल कविता बाचन सम्पन्न भएको छ । विश्व नेपाली साहित्य महासङ्घ युकेको आयोजनामा सम्पन्न एकल कविता वाचन समारोहमा कवि सुब्बाले झण्डै २ दर्जन कविताहरु वाचन गरि दर्शकहरुलाई मन्त्रमुग्ध बनाउनु भयो । वहाको कवित्वले आफूलाई प्रभाव परेको कुरा साहित्यकार वि.के. पाण्डेले बताउनु भयो । कवि सुब्बाको कविता बाचन पछि युकेमा रहेका स्रष्टाहरुले पनि आआफ्नो सिर्जना बाचन गर्नुभएको थियो । साहित्य महासङ्घ विश्व केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेलाको समेत उपस्थिती रहेको उक्त कार्यक्रममा युके शाखाका अध्यक्ष समिप हाङबाङ >>>

विश्व नेपाली साहित्य महासङ्घ युके शाखाको नयाँ नेतृत्व निर्वाचित

विश्व नेपाली साहित्य महासङ्घ युके शाखाको नयाँ नेतृत्व निर्वाचित

पिटरवरो, ९ नोभेम्बर २०१४ । विश्व नेपाली साहित्य महासङ्घ युके शाखाको नयाँ कार्यसमितिमा साहित्यकार तथा नाट्य कलाकार समिप हाँङवाङ जर्जर पुनः अध्यक्षमा चयन हुनुभएको छ । केशव खतिवडा निर्वाचन संयोजक र कृष्णबहादुर तामाङ निर्वाचन सचिव रहेको निर्वाचन मण्डलले घोषणा गरेको प्रेस विज्ञप्तिमा उपाध्यक्ष भरत पाण्डे, महासचिव पवन शर्मा, सचिव प्रगति पाण्डे, कोषाध्यक्ष शिवराज पाण्डे, सहकोषाध्यक्ष तेनाहाँङ राई, बरिष्ठ सदस्य द्धय केशव भण्डारी, महेश अधिकारी र सदस्यहरुमा होम सुनुवार, दधिबन्धु घर्तिमगर, दलबहादुर बुढाथोकि मगर, अम्बिरा राई, ममता राई, तारा योङहाँङ र शेरबहादुर इङनाम चयन हुनभएको जनाइएको छ । निर्वाचन मण्डलले ३० >>>

विश्व नेपाली साहित्य महासङ्घ, युकेको नयाँ नेतृत्वको लागि सुचना

विश्व नेपाली साहित्य महासङ्घ, युकेको नयाँ नेतृत्वको लागि सुचना

२८ अक्टोबर २०१४, विश्व नेपाली साहित्य महासङ्घ, युके समितिको नयाँ नेतृत्वको निम्ति खुल्ला उम्मेदवारीको लागि सुचना आब्हान गरिएको छ । केशव खतिवडा संयोजक र कृष्ण तामाङ सदस्य रहनु भएको निर्वाचन समितिले अक्टोबर महिनाको ३० तारिख भित्र आवेदन दर्ता गर्न सार्वजनिक सुचना जारि गर्नुभएको छ । स्मरण रहोस, सन् २०१० को अक्टोबर १८ का दिन साहित्यकार तथा नाट्य कलाकार समिर हाङवाङ जर्जरको नेतृत्वमा पहिलो तदर्थ समिति निर्माण भएको थियो । विस्तृत जानकारीको लागि तलको सुचना हेर्नुहोला

प्रो. तुलसी दिवसलाई युकेमा साहित्य महासंघद्धारा सम्मान

प्रो. तुलसी दिवसलाई युकेमा साहित्य महासंघद्धारा सम्मान

रोशन मेवाहाङ, फोक्सटन, बेलायत, गत २७ जुलाई २०१४ को दिन बेलायतको गोर्खा ईस्पाईस रेष्टुरा, आशफोर्डमा प्रोफेसर तुलसी दिवस (तुलसी प्रसाद जोशी) लाई विश्व नेपाली साहित्य महासङ्घ बेलायतले भव्यरुपमा सम्मान गरेको थियो । उक्त कार्यक्रममा मशासङ्घका अध्यक्ष विश्वासदिप तिगेला सभापतित्वमा रहनु भएको थियो भने प्रमुख अतिथी तुलसी दिवस र अतिथिहरुमा नेपालबाट आउनु भएका फिल्म निर्मात्री तथा कलाकार भिस्मा चेम्जोङ, आदिबासी जनजाति महासंघका अध्यक्ष श्रीप्रसाद लिम्बु, सेवारो कला सङ्घका अध्यक्ष काजिमान लिम्बु, कथाकार विजय हितान, केन्टबरी सेवा समाजका अध्यक्ष घन थापा, साथै सगरमाथा नेपलिज कम्युनिटी आसफोर्डका अध्यक्ष सिरीप्रसाद लिम्बु लगायत विभिन्न सघंसंस्थाका >>>

वेलायतमा साहित्य महासङ्घको एकल सिर्जना वाचन शृङ्खला १ सम्पन्न

वेलायतमा साहित्य महासङ्घको एकल सिर्जना वाचन शृङ्खला १ सम्पन्न

लण्डन, मे २०१४ । वेलायतका चर्चित नेपाली कवी केदार सुनुवार संकेतको एकल सिर्जना वाचन शृङ्खला १ कार्यक्रम सम्पन्न भएको छ । विश्व नेपाली साहित्य महासङ्घ वेलायत शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा कवि संकेतले उनका प्रारम्भिक, माध्यमिक र वर्तमान चरणका ३ दर्जन रोचक कविताहरु बाचन गर्नुभएको थियो । साउथ लण्डनको मन्टिज रेष्टुरेष्टमा आयोजित कार्यक्रममा वेलायतका विभिन्न स्थानबाट स्रष्टाहरु जम्मा भएका थिए । कार्यक्रमको प्रारम्भमा कवि संकेतलाई कार्यक्रमका सभापति तथा साहित्य महासङ्घ युकेका अध्यक्ष समिप जर्जर हाँङवाङले टोपी र खदा लगाई दिएका थिए भने सुरेन्द्र इङनामले मिठो बाँसुरीको धुनले सबैलाई स्वागत गरि >>>

महासंघ बेलायत शाखाद्धारा  भीमनिधि तिवारी सतबार्षिकी जन्मजयन्ती सम्पन्न

महासंघ बेलायत शाखाद्धारा भीमनिधि तिवारी सतबार्षिकी जन्मजयन्ती सम्पन्न

२५ फेब्रवरी, विश्व नेपाली साहित्य महासंघ, बेलायत शाखाको आयोजनामा साहित्यकार भीमनिधि तिवारी सतबार्षिकी जन्मजयन्ती कबि गोष्ठी र प्रवचनको आयोजना गरी भब्य रुपमा मनाइयो ! पिटरबोरो स्थित स्टार्टफोर्ड सभा गृहमा आयोजना गरिएको उक्त समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नु हुँदै महामहिम राजदुत डा. सुरेसचन्द्र चालिसेले साहित्यका निधि भीमनिधि तिवारी सतबार्षिकी जन्मजयन्तीका अबसरमा यसरी कबिता र कलाको संयोजन गरेर बिदेशी भूमिमा मनाउनु भनेको नेपाल र नेपाली भाषाको पहिचान बढाउनु र गर्विलो बनाउनु हो भन्नु भयो ! यस्ता कार्यले अन्तत्वगत्वा देशलाई नै फाईदा पुर्याउँछ भन्नु हुँदै महामहिम राजदुत डा. चालिसेले साहित्यकार भीमनिधि तिवारीको >>>

सुचना

सुचना

लण्डन, विश्व नेपाली साहित्य महासंघ, वेलायत शाखाको आयोजनामा भोलि वेलायतब्यापी नेपाली साहित्य भेला सम्पन्न हुने कुरा महासंघ शाखा वेलायतको सुचनामा जानकारी गराईएको छ । साहित्य महासंघका पदाधिकारी तथा सम्पूर्ण साहित्यिक संघसंस्थाका प्रतिनिधिहरु साथै सम्पूर्ण साहित्यकारहरुलाई उपस्थितीको लागि आग्रह गरिएको छ । शाखा अध्यक्ष समिर जर्जर तथा सचिव पवन शर्माको अनुसार केन्द्रिय समितिको पदाधिकारीहरुको समेत उक्त कार्यक्रममा उपस्थिती रहने कुरा बताउनु भएको छ । कार्यक्रम वेलायतको पिटरब्रो स्थित दिउसो १ बजे शुरुहुने कुरा जानकारी प्राप्त भएको छ ।

वेलायत शाखा

(18 Oct 2010) President Samip Hangbag “Jarger” Vice President Bharat Pandey Secretary Pawan Sharma Treasurer Min Rai Executive Members Keshab Bhandari Pragati Pandey Narendra Pndey Contact Email : butwal10@hotmail.com Tel no: 07912207031

Page 2 of 2«12