Category Archives: Literature

पूर्व रातो हुँदै गर्दा (मीरा मन थापा)

पूर्व रातो हुँदै गर्दा (मीरा मन थापा)

रहरहरूका सिगुंल माला उनेर बाध्यता र बिवसताको बर्को पहिरिंदै आँखाभरी जून फूलेको मिर्मिरेमा सपना र चाहनाको लामो फेहरिस्त छातीभरी खोपेर मैले घर छोडेकी थिएँ रातो हुँदै गरेको पुर्व र्सँग दुरी बढाउँदै, अनवरत लम्केका मेरा पाइलाहरू, आज यो मृत सागरको किनारामा थामिएका छन् , म हेर्दो छु पर-पर सम्म, हावाको एक झोँकाले मेरो शरीर बढार्दै, सडक पेटिमा लाम लागेर ठडिएका, जैतुनका रूखबाट, फूलहरू चुँडेर सडकभरी पोखिदिन्छ, मेरा आँखाबाट आँशु पोखिए जस्तै, समयको बहावसँग बग्नु जिन्दगी नहुँदो हो त, तिर्खाले खोला धाउँनु बाध्यता नहुदो हो त, मेरा उछितो काडिएका जवान रातहरू, आलिंगनको >>>

त्यो वस्ती भित्र छिरेको छ (बिनोद बान्तावा)

त्यो वस्ती भित्र छिरेको छ (बिनोद बान्तावा)

निधारमा अत्याचार खोपेर कहिले नमेटिने शिलालेख झैं न्याय र समानताको खोल ओढेर ब्याड बारीको बुख्याचा झैं छातीमा महास्वार्थको तक्मा भिरेर नक्कली बीर योद्धा झैं गतिछाडा झुटा आस्वासन बोलेर डाङ्ग्रे चराको हल्ला झैं तल औलदेखि माथि चोमोलुंगमा सम्म तल बेंशीदेखि माथि थुम अनि गढ़िहरु सम्म लमटन्न सुतेको पबित्र बाटोलाई अपवित्र पैतालाले कुल्चंदै त्यो यहि वस्ती भित्र छिरेको छ अरुलाई हान्दै मिचाहा साँढे जसरि कुखुरा चोरी खान पल्केको बनढाडे जसरि झुपडीको गर्भिणी सपना तुहाउदै अमृतको प्याला देखाएर त्यो बिष बाँडन त्यो जन्तु बस्ति भित्र छिरेको छ माझी दाई त्येसलाई बल्छी बनाउ ता >>>

श्रृङ्गार रस (हरि पौडेल)

श्रृङ्गार रस (हरि पौडेल)

घटा झैँ त्यो केश लटा झैँ त्यो चुल्ठो प्रितीको मन्दिरमा पुजारी भएछु। त्यो रसिलो अधरमा अनि नशालु नजरमा बन्दि भएको शिकारै भएछु। लचिला ती हात अँगालोको साथ सपनामा डुब्दै म उनकै भएछु। पर्वत झैँ छाती छुने आकाशमाथि धडकँदो मुटु को गहराईमा झरेछु। गहिरो त्यो नाभि कुनै कुँवाको भाँती प्यासो बटुवा झैँ चुर्लुम्म डुबेछु। धनुष झैँ त्यो कम्मर छोडी सबै आडम्बर सहर्ष लुटाई भिखारी भएछु। अति सुघ्घर ती पाउ कसो उनलाई रिझाउँ नजर नै नजरले मैले स्वयम्बर गरेछु। श्रृङ्गार रस कै कथा हो यो मन को व्यथा भो सपना खुलेछि म >>>

सरस्वती स्त्रोत्रम्

सरस्वती स्त्रोत्रम्

सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।। हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।१।। प्रथमं भारती नाम द्धितीयं च सरस्वती।। तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी।।२।। पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा।। सप्तमं चैव कौमारी चाष्टमं वरदायिनी।।३।। नवमं बुद्धिदात्री च दशमं ब्रम्हाचारिणी।। एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी।।४।। द्वादशै तानि नामानि त्रिसन्ध्यं यः पठेन्नरः।। जिहाग्रे वसते तम्य ब्रम्हारुपा सरस्वती।।५।।

घिन्ताङ (वैरागी जेठा)

घिन्ताङ (वैरागी जेठा)

घिन्ताङ मान्छेको भाग्य खोजिरहेछ वार्सिङथर्पु दोनका कथाहरू पढिरहेछ रातो घामसँगै म युँको डाँडा चढेर माइनहरू तिखारीरहेछु स्मृतिका फुलहरूमा … वारुदको घुम्टि भित्र मानिस जन्माउँदै लडाइँको क्षितिज हाँस्छ घिन्ताङ गाउँदागाउँदै नाच्दा नाच्दै शैलुङबाट विचारहरू बग्छ वार्सिङथर्पुमा छामी हेरैँ देश मुटु पग्लियो सुस्त सुस्त पर्खिएर सहन सक्तिन प्रत्येकपःल्ट माइनका शब्दहरू खर्कहरूमा गुञ्जिरहन्छ लालुपातेका आँखाहरूबाट म ठिटाहरूसँगै निरन्तर पड्काइरहन्छु वारुदका सुस्केराहरू हामी लडिरहेछौँ पंक्तिबद्धभै घिनताङमा बन्दुकबाट धुवाँ ओकलिरहेको छ हृदयमा झिरले च्वास्स घोच्छ घिन्ताङमा ढोकाको चिराबाट सूर्य किरण प्रवेशगर्न सक्दैन वटायिनहरूसँगै म नाक बजाउँदै टाकुराहरू उक्लिरहेँ याकका मसिना गोडाहरूझैँ युद्धयात्रामा अन्तुडाँडा र चित्रे >>>

तिमी नै आमा (गोविन्दसिंह रावत)

तिमी नै आमा (गोविन्दसिंह रावत)

मलाई धरतीमा तिमीले नै ल्यायौं मलाई आकास तिमीले नै चिन्हायौं मलाई म हुनुको अर्थबोध गराई ईश्वरको अस्तित्व तिमीले नै देखायौं मायाको परिभाषा तिमीले सिकायौं हिड्न–बोल्न–पढ्न खान–बस्न–सुत्न सिकाउने मलाई कखरा चिन्हाउने पहिलो गुरु, तिमीनै पहिलो बिद्यालय मलाई ईश्वर चिन्हाउने तिमीनै पहिलो देवालय मेरो ईश्वर तिमी मेरो माया तिमी तिमीनै गुरु तिमीनै मालिक तिमीनै विधाता श्रृष्टीको महान उपहार हामीलाई तिमी नै हो माता अरु के नै छन् र यस धरतीमा निस्वार्थ सेवा गर्ने तिमी नै आमा – तिमी नै हो माता आमा तिमी नै – टोरोन्टो

एउटा सत्य लुकाउनलाई (सन्देश नेम्बाङ)

एउटा सत्य लुकाउनलाई (सन्देश नेम्बाङ)

एउटा सत्य लुकाउनलाई, सयौ झुटा बोल्नु परयो चोखो माया बिर्षनलाई, सयौ चोटि मर्नुपरयो के थाह निष्ठूरी तिमीलाई, एक्लै बाँच्न कति गाह्रो भयो २ सपना सारा टुटिगए, तिमीले छोडि दिदा संसार सुन्य लागि रह्यो तिमी पराई हुदा भन्नु अब के नै छर, बैगुनी माया लाउनेलाई सुम्पिएको छु मेरो जीबन मात्र तिमीलाई सयौ चोट पाए मैले, तिम्रो पछि लाग्दा मन रोयो आँसु झर्यो ठेस तिमले दिदा बाँकी छ यहि प्राण अब लैजाउ तिमी संगै बाँच्नु छैन तिमी विना, पलपलमा मर्दै एउटा सत्य लुकाउनलाई …. – ब्रुनाई

विश्वास त कसम, खाएर पाउनु भो (रुद्र बहादुर श्रीस)

विश्वास त कसम, खाएर पाउनु भो (रुद्र बहादुर श्रीस)

इज्जत त गीत गाएर पाउनु भो विश्वास त कसम, खाएर पाउनु भो भन्नुहुन्छ गर्छु गर्छु, तर, गर्नु नै हुन्न माया त केवल माया, लाएर पाउनु भो दुनियाँमै नभएको नौलो, कुरा भन्नुहुन्छ मनको सन्तोष मेरै सामु, आएर पाउनु भो सुरू–सुरू नौलो जस्तो, चीज सम्झेँ मैले मात्र दुःख भेट्न भनी, धाएर पाउनु भो सुख सयल ऐस आराम, नखोजेर गर्दा सच्चा चोखो दिललाई, चाहेर पाउनु भो

चोट मात्रै दिँदा पनि (कुमार श्रेष्ठ ‘यात्री’)

चोट मात्रै दिँदा पनि (कुमार श्रेष्ठ ‘यात्री’)

चोट मात्रै दिँदा पनि तिमी मन पर्छ किन ? आँसु झार्न हुन्न भन्थेँ आज आफै झर्छ किन ? भुल्न खोज्छु तिमीलाइ छाँया बनी पछ्याउछौ टाढा जान्छु भन्छौ फेरी किन मेरो यादमा आउछौ ? पराइ सोच्दा पनि मुटु तिमी माथी मर्छ किन ? चोट मात्रै दिन्छौ तिमी तर मन पर्छ किन ? तिम्रो तन मन अब पराइको नासो भयो आँसु दिने मेरो माया दुनियालाइ हाँसो भयो तिम्रो सानो दुखले नै मेरो खुसी हर्छ किन ? चोट मात्रै दिन्छौ तिमी तर मन पर्छ किन ? चोट मात्रै दिँदा पनि तिमी मन पर्छ >>>

बाटो जस्ता हुँदैनन मान्छेहरु (मुकेश राई)

बाटो जस्ता हुँदैनन मान्छेहरु (मुकेश राई)

एउटा सीमाहिन आकाश शायद शून्य सिवाय केही छैन, यही सीमाहिन शून्यतामा नै आ-आफ्नै शक्तिशाली अस्तिव बोकेर तैरिरहेछन घाम, जुन, ताराहरु अनि पृथ्वी झैं अनगिन्ती ग्रहहरु ! यहिँ शून्यमा तैरिरहने भूगोलमा आ-आफ्नै स-सानो अस्तित्व बोकेर कोलाहलमय महासागरमा सल्बलाउँदै प्यासी खहरे झै जिजीविषा र महत्वाकांक्षा बोकेर मान्छेहरु बगिरहेछन कुनै अदृष्य किनारा पच्छ्याउँदै ! समयसगँ हिडिरहने यात्रा हो जीवन ! तर यी बाटोहरु नि ? म लम्पसार तेर्सिएका बाटोलाई हेरेर सोच्दैछु, जो हरेक दिन, रात यात्रीहरुलाई लक्ष्यमा पुर्याईरहन्छ ! यी निर्जीव् बाटाहरु निरन्तर आफ्नो खुल्ला छातीमा लाखौं यात्रीहरु समेटेर बिना गुनासो, नहेरी कुनै >>>

Page 2 of 10«12345»...Last »