Category Archives: Literature

प्रश्न (राजेन्द्र पहाडी)

प्रश्न (राजेन्द्र पहाडी)

उसले मलाई सोध्यो मान्छे के हो जीवन के हो धर्म के हो कर्म के हो राख्यो उसको धारणा पोख्यो उसको वेदना र सोध्यो महाशय म मान्छे बन्न सकें कि सकिन मान्छेको धर्म मान्छेको कर्म व्यापार र मिसावट राजनीति र गिरावट धोका खाएर बसें कुण्ठा साँचेर बसें धेरै पटक जितें धेरै पटक हारें जित र हारको दोसाधमा म मान्छे बन्न सकें कि सकिन सभ्य जीवनको आशामा कहिले लहरै लहरा झाङ्गिए कहिले छहरै छहरा नाङ्गिए नखाएको विष लाग्यो कि कुन्नी निर्धा उक्साएको बात लाग्यो धमिलो पानी पिएको मात लाग्यो माछा माछा भ्यागुतोको >>>

माया  भएर त फर्की  आएँ (राकेश कार्की)

माया भएर त फर्की आएँ (राकेश कार्की)

(गजल) माया भएर त म फर्की आएँ बृष्टी भन्दा छिटो दर्की आएँ जागिर थियो गाडी थियो त्यैपनि खुशी नभई सुखसितै तर्की आएँ ठूलो शहर कान फूट्ने आवाज रीतिरिवाज देखि झर्की आएँ रहरले हैन बाध्यताले पसिना विदेशी भूमीमा छर्की आएँ आमाको स्नेहले यस्तरी तान्यो सद्दे लिएर गा’को मुटु चर्की आएँ – लस् एन्जेलस्

नयाँवर्ष (खगेन्द्र अधिकारी)

नयाँवर्ष (खगेन्द्र अधिकारी)

बसन्तको विहानीमा पवनले छुन सकोस् नयाँवर्ष नेपालीको सुखमय हुन सकोस् अमृतको बर्षा होओस् नेपालीका शिरशिर्मा रिसराग कटुतालाई ममताले धुन सकोस् – साउदी

नयाँ युगको अनगमन (जीतमान राई ‘सबिन’)

नयाँ युगको अनगमन (जीतमान राई ‘सबिन’)

साईली तिमीले पठाएको शुभ-कामना म स्विकारु कि नकारु ? ती अक्षरहरु मेटौ कि सजाउ ? भन म खुशी हु कि रिसाउ ? तिमी भन्छौ नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना तर खै त नया वर्षहरु ? म त देख्छु उस्तै दैनिकी थोत्रो सडकको वेरोजगारी यात्रा । पुरानै रितीथिती न त नयाँ बिचारहरु न त नयाँ उदेश्यहरु यस्तो क्षणमा कसरी स्विकारु यो नयाँ वर्षका शुभकामना ? वास्तबमा नयाँ वर्षको आगमन भनेको एउटा युगको आगमन हो तर खै त ? न युग परिवर्तन भो न बिचार परिवर्तन भो मात्र भित्ताको क्यालेण्डर परिवर्तनलाई म >>>

गल्ती हजार गरे नि मुसुक्क हाँसी दिन्छिन् (बिपुल बिक्रम सिजापति)

गल्ती हजार गरे नि मुसुक्क हाँसी दिन्छिन् (बिपुल बिक्रम सिजापति)

गल्ती हजार गरे नि मुसुक्क हाँसी दिन्छिन् आँखा तरेझै गर्छिन छातीमा टाँसी दिन्छिन् । कहीँ दौडदै लोदुँ म नयन भिज्छ उनको हर चोटको दुखाई मुटुमा गाँसी दिन्छिन् । दुवै लोचन मुदित आतुर खुसी संगाल्न मेरा माधुरी बचन्मा जिन्दगी भासी दिन्छिन् । ढाकी सप्कोले हर्दम मेहरो सरी धूपमा आफ्नै रगत जलाई औडाहा मासी दिन्छिन् । आमा बिहत छातीमा मल्हम बनी सधैँ नै भरी लेपन स्नेहको संकष्ट नासी दिन्छिन् ॥

हिउँ जोगाऊ (श्याम रिमाल)

हिउँ जोगाऊ (श्याम रिमाल)

ए, हिउँ पग्लिँदैछ हिमाललाई समाऊ शिवत्व जोगाऊ हिउँ पग्लेर हिमताल हिमताल फैलेर विस्फोट हिमनदी सुकेर खडेरी हिमाल खस्किएर कालो चट्टान ए हिमालको चुली बचाऊ हिउँको घर जोगाऊ हिउँको थुप्रोले त खिचेको छ मन शान्त स्थिर र अविचल कालो पहाडमा कहाँ हुन्छ मन जित्ने जादु किन फुट्दैनन् जमेका चिसा मनहरु किन पग्लनन् रुखा हिउँ छातीहरु निर्दोष हिमालमाथि किन यो कार्बनको मुस्लो यो साङ्गि्रला यो भूस्वर्ग मासिनुहुन्न भासिनुहुन्न हिमाल भासिएपछि हिममानव हराउला स्वर्गको बगैँचा बिलाउला हिमचितुवा भोकै पर्ला रहस्यहरु हराएपछि हाम्रो भकारी रित्तेला हिउँका सन्तानहरु मुग्लान भासिएलान् ए हिउँ जोगाऊ हिमाललाई समाऊ >>>

तालुमा आलु फल्यो (श्रीजन श्री)

तालुमा आलु फल्यो (श्रीजन श्री)

तालुमा आलु फल्यो नभन्नू । पानीमा आगो बल्यो नभन्नू । रोए नि पथ्थर फूलले हान्दा यो मुटु मेरो गल्यो नभन्नू । मरेर बाच्दै, बाचेर मर्दै जिन्दगी कस्तो चल्यो नभन्नू । फलेर भीरमा, उधो न उभो भाग्यले मलाई छल्यो नभन्नू । रावणकी लंका, नढल्दा सम्म सुमेरु पर्वत ढल्यो नभन्नू । – कृष्णपुर २, काचनपुर महाकाली अनाममण्डली, मलेसिया

किरात वाम्बुले राई-नेपाली भाषाको कविता – वाम्बिर सुनाखरी (गणेश राई)

किरात वाम्बुले राई-नेपाली भाषाको कविता – वाम्बिर सुनाखरी (गणेश राई)

आः बैसोल्वाङ ठेभाता ब्वाइनुम वाम्बिर आः पापा-मामाङ बैसो कुर्चो वाम्बिर आः उपो-उमोङ बैसो इबिल्वास बाःम गुप्सो उपो-उमोतिड गुजि उपो-उमोतिड वाम्बिरन्वा आन बैसो याबिमेइ वाम्बिरङा फुरीस्याङ ब्वाइम्मेइ वाःवाःम् निक्खो निक्खो ब्वाइम्मेइ बैसो भोरी भोरी चाप्सि ब्वाइम्मेइ वाम्बिर आन् बैसो- फुरी फुरी दुम्मेइ द्यालपाङसे आन बैसोख्वा कुल्सुमेइ वाम्बिरस्याङ फुरीङ ङाबास्याङ हिनिनिउ हिनिनिउ भाताला सर्गा भाइला च्याङ्माखा खाचिल आङतिड वाम्बिर ब्वाइतिस बाःम त्याँसो उङ्गु इल्वाङ उङतिड वाम्बिरस्याङ ज्वाक्चो उपो-उमोन् बैसो ब्अिम्साङ बाकिम इः बैसो – आः बैसो इक बैसो – इन बैसो आम बैसो – ल्वासितुमिमेइ बैसोतिड त्यावाइँ वाम्बिरस्याङ जोसास बाम्मे इक त्वाम >>>

फिजायौ जाल (बिमल गिरी)

फिजायौ जाल (बिमल गिरी)

(गीत) फिजायौ जाल चारैतिर उत्रदै र बग्दै झर्दा बाटो छुट्यो नाता टुट्यो त्यही बोलिले गर्दा चालिरहे पाइला एक्लै पिडाबोकी मौन रुदै जीबनभरी तनाब दियौ गाठोपर्छ मन सधैं सहे कैयौ बाणहरु झुक्किएर विश्वास गर्दा बाटो छुट्यो नाता टुट्यो त्यही बोलिले गर्दा दोसी सम्झी आशु दियौ पोलिरने बिष होकी बाचिरहेछु अपमानको कालो बादल भित्र रोकी टुसाएन खुशीहरु आफन्तको भरमा पर्दा बाटो छुट्यो नाता टुट्यो त्यही बोलिले गर्दा – चारपाने झापा हाल: बेल्जियम

योग्य प्रचण्डलाई अयोग्यको चिठी (राजेश राई)

योग्य प्रचण्डलाई अयोग्यको चिठी (राजेश राई)

(कविता) कमरेड प्रचण्ड ! १२ बर्ष पछि म आफ्नो गाउँ खाटाम्मा आइपुगे भागेर आएको होइन म फर्काइएको हुँ अयोग्य जाँचेर फालिएको हुँ म गोविन्द राई अर्थात् गोविन्देु कमरेड ‘शिखर’ भएर आजभन्दा ९ बर्ष ३ महिना १० दिन अघि मुक्तिका लागि होमिएको थिएँ युद्धमा मैले न माक्स्र सुनेको थिएँ न माओ चिनेको थिएँ न चिनियाँ क्रान्तिको कथा नै जान्दथेँ न जान्दथेँ पेरिस कम्युनको गाथा नै केवल आफ्ना जिन्दगीका दुःखसँग परिचित थिएँ म आमाका पट्पटी फुटेका पाइतालाका साक्षी थिएँ र औषधी नपाएर दमले थलिएका बाका पीडा राम्ररी जान्दथेँ थिएन कुनै आक्रोश यो >>>

Page 5 of 10« First...«34567»...Last »