Category Archives: One creation per person

गोविन्द वर्तमान र म (जेठा बैरागी)

गोविन्द वर्तमान र म (जेठा बैरागी)

बेबर बाट विचारका छहरा झरिरहेकाछन् मैले नवबुद्धबाट हेरिरहेथेँ म एउटा लडाकु हर्ष बोकेर अस्त्रसँग रमाइरहथेँ एक्कासी मेरोकानमा मयूरहरूले गाना सुनाए तिम्रो वर्तमान छैनन् म झस्किएँ शोक बज्रियो शोक माथि शोकले ग्रस्त म लप्सीको बूढो रूखमा टाउको बजारेर ढलेँ छहरा झरिरहे आँखाबाट घट्टे कुलोझैँ डाँडा कठेरीका भट्टराई बाजेका आँगनमा थुचुक्क बसेँ चातक, सुगा कोइलीहरू मसँग रोइरहे लहरा , वृक्ष, तृणहरू शिर झुकाइरहे कालको साम्राज्यसँग अघिल्लो शोक भन्दा पछिल्लो शोक मेरो छातीमा बज्रियो मेरो वर्तमानका कविताहरू यात्रा गदाृगर्दै उनी इतिहास बनेछन् सुन्दर धानका बाला ढलेको देखेर मन पाकिरहयो एक्ले खेतमा मकैटारमा समाचार >>>

अनेपाली परदेशी  (चन्द्र मादेन ‘आन्छन्’)

अनेपाली परदेशी (चन्द्र मादेन ‘आन्छन्’)

परदेशीएपछिनै मातृ देशको तृष्णाले सताउने रहेछ महलको सपना बोकी न्यानो गुड छोडी रहरले बिदेशीएको कुनचाही नेपाली भेटिएलार ! बाहिर जस्तो देखिए पनि भित्रि दु:ख, पीडा र ब्याथाहरु सवैको आआफ्नै हुन्छ तर के गर्नु आज परिस्थितिले विदेशीदा आफ्नै देशले अनेपाली वनाइरहेछ | हामी मातृभूमि, इतिहास र देश बेगरको मान्छे अवश्य होइनौ होला माटोको आधारमा जन्मसिद्द पाएको नागरिक पनि खोसिएर अनागरिक वनाइरहेछ तर.. तर मेरो पहिचान केमा खोज्छ यो निति नियम बनाउने स्वाठहरुले ? मैले नेपाली भाषा वोलेको मैले नेपाली भाषा लेखेको मैले नेपाली गीत गाएको मैले नेपाली पोसाक पहिरेको मैले नेपाली >>>

आँखा भरी लालिगुराँश फुलाएर आएँ (कोमल भट्ट)

आँखा भरी लालिगुराँश फुलाएर आएँ (कोमल भट्ट)

आँखा भरी लालिगुराँश फुलाएर आएँ, हजुर l अन्तर्मनमा हरियाली झुलाएर आएँ, हजुर l छोड्नै गाह्रो आफन्त र साथिसंगी सबलाई l मायालुलाई सम्झनामा भुलाएरआएँ, हजुर l शरीर पुग्यो दूर देशमा काट्यो सयौं डाँडा l मष्तिष्कलाई त्यतैतिर डुलाएरआएँ, हजुर l कोही रुन्छन सम्झिएर कोही बिर्सिदिन्छन l मैलेचाँहि दिलको ढोका खुलाएर आएँ, हजुर l मर्नु बाँच्नु कसले जान्ने ? नियति को खेल l अर्को पल्ट भेट्ने आशा चुलायेर आएँ ,हजुर l – काठमाडौँ हाल: न्युयोर्क

कति  हाँस्नु  भित्र   रुँदै   दुनियाको  नजरमा (नरेश नाति)

कति हाँस्नु भित्र रुँदै दुनियाको नजरमा (नरेश नाति)

कति हाँस्नु भित्र रुँदै दुनियाको नजरमा असह्य भो जीउन मलाई दुःख को यो संसारमा किन होला हाँस्नु पर्ने सुख पाँए जस्तो सबै कुरा पूरा भई, खुशी छाए जस्तो कति बोल्नु झूठो कुरा दुनियाँको नजरमा असह्य भो जीउन मलाई, दुखिया यो संसारमा वेइजती पो हुने हो कि नलुकाए दुःख लुकाएर आफ्नो दुःख कहाँ हुन्छ सुख कति छेक्नु मनको पीर दुनियाँको नजरमा असह्य भो जीउन मलाई, दुख को यो संसारमा -सेरिया, ब्रृनाई

म मरुं तर मेरो देशले मर्नु नपरोस (बुद्ध गौतम ‘आंसु’)

म मरुं तर मेरो देशले मर्नु नपरोस (बुद्ध गौतम ‘आंसु’)

म मरुं तर मेरो देशले मर्नु नपरोस पराइको पाउपरि आँसु झर्नु नपरोस् आफ्नै स्वतन्त्रतामा बाचिरहोस् मेरो देश कही कसैको गुलाम् गर्नु नपरोस् गोर्खाली हौं बहादुरी छौ, गरी खाने पाखुरी छन् कुनै बिदेसिको भर पर्नु नपरोस् अनगिन्ती स्रोतहरु काफी छ्न् हाम्रो …मागेको भिखले छाक् टर्नु नपरोस गिद्दे नजरहरु यत्रतत्र घुमिराछन् यहा मेरो देशले अस्मिता हर्नु नपरोस् पिठ्यौमा कुम्लो बोकी, अर्को हातले लौरी टेकी बुढी आमा रुंदै बसाई सर्नु नपरोस् आफ्नै आफ्ना द्स्मन बनी निसनामा दाउ पार्दा रगतको खोली फेरी तर्नु नपरोस । budda.ramechhap@facebook.com

साक्षी (सन्तोष लामिछाने)

साक्षी (सन्तोष लामिछाने)

भावनाको घोप्टेभीर मनको जोगिमारामा घुम्ती बदल्छ अनि आकांक्षाका खोरियामा कुकुर जोघाइ सुरु हुन्छ रित्तोपन लुकाउदै शासकहरु हात बाधेर मुकुण्डो कसाउछन् अनि एउटा नौटंकी जिन्दगी सुरु गर्छ पहिराहरु आतुर छन् धरातल उत्याउृन भूकम्पहरु खुट्टा उचाल्छन् धर्ती हल्लाउन बाढीहरु सल्बल हुन् सिर्जना बगाउन ध्वजा पताका फिजारिन्छ रंगमञ्ज सजिन्छ गीत रचिन्छ संगीत पस्किइन्छ विस्तारै चिहान उड्न थाल्छ सपना विपना जस्तै लाग्न थाल्छ दर्शक भ्लिन्छन् सिठ्ठी बजाइन्छ ताली पड्काइन्छ विश्वविद्यालयहरु निरर्थक हुन्छन् प्राध्यापकहरू घुडा टेकेर ज्ञानको भीख माग्न थाल्छन् ढुंगाका मुर्तीहरु मैतालाका डोबहरुले भरिन्छन् बुद्धिजीवीहरु भडखारामा पुरिन्छन् तक्मा भिर्ने मै हु भन्नेहरु बन्दीगृहका कैदमिा >>>

सम्झेर दुख्यो मुटु (नवराज बुढा ‘नवीन उदासी’)

सम्झेर दुख्यो मुटु (नवराज बुढा ‘नवीन उदासी’)

गजल सम्झेर दुख्यो मुटु अतीतका खाटाहरूमा तड्पिएर बस्यौ होला पर्खाइका बाटाहरूमा । भक्कानिएर दुख्दा यो मन सम्झी­सम्झी बिलौना काटी आज रुँदैछौ कि माटाहरूमा । जती दुःख परे’नि मनलाई सम्हाली बस्नु दुःख सुख यस्तै हो जीवनका पाटाहरूमा । प्रतीक्षाको घडी हेरेर टोलाउँदा एकान्तमा कतै तिम्रो मन आज फाट्यो कि फाटाहरूमा । बिन्ती हजुर छ उनलाई दुःख नदेऊ भन्दै सधैँ शिर झुकाउँछु चन्द्र सूर्य राताहरूमा । – मलेशिया

कविता शर्मा

कविता शर्मा

यो मुटुमा पिर व्यथा सल्किने पो होकि आखावाट आसु बनि छल्किने पो होकि कथा सुन्दा यौटै लाग्थ्यो हामीहरु सबको घाटी भन्दा हाड ठुलो अड्किने पो होकि गार्हो पर्छ की त माया साची राख्नलाइ निर्गतिलो संबन्ध नै खड्किने पो होकि सम्झननि डर लाग्छ समाज को रिति सपनिमा बिउझे झैँ झस्किने पो होकी – इजरायल

प्रेमको मृत्यु  (सागर अजनबी)

प्रेमको मृत्यु (सागर अजनबी)

कस्तो तिम्रो मन ? समुन्द्रको छाल हावाको लहर अथवा जुनेलीको जुन ? तिमी प्रेम लाइ परिभाशित गर्छौ तर मैले तिम्रो प्रेम लाई बुझ्न सकिन वास्तबिकतामा कस्तो तिम्रो प्रेम ? टर्‍ओ , अमिलो , पिरो या गुलियो जरुवाको पानी जस्तै भुतल मा बहीरहेछौ म खहरेको डिल मा बसेर तिमी लाई पर्खि रहेछु यथार्थमा तिम्रो सम्पुर्ण शरिर श्वाश्वत आत्मिय प्रेम को बदला मैले तिमीलाई दिन चाहेको थिए मेरो मुटु र सजिब अस्तितो छितिजपारी गए झै मेरो सपना गयौ तिमी चन्द्र, बृहस्पति वा मंगल ग्रह तिम्रो मौनतामा मेरो चाहनाहरु बिलिन भए कताकता ठोक्किएर >>>

आमाको आग्रह (आनन्द श्रेष्ठ)

आमाको आग्रह (आनन्द श्रेष्ठ)

(कविता) पख न छोरा मलाई यति खेर दुष्टहरूले बलात्कार गरिरहेका छन् र म चाहन्न म बलात्कृत हुँदा कोही गर्भमा रहुन् म चाहन्न कोही दुष्ट मेरो छोरा भएर जन्मियुन् म गर्भपात गराउन चाहन्न, र म अहिले बलात्कृत हुनबाट बच्न सकेको छैन, यतिखेर तिमीलाई एउटा नेता चाहिएको छ नभन बुद्ध जन्माऊ आमा म सक्दिन बुद्ध जन्माउन, नभन बि पि जन्माऊ आमा म सक्दिन बि पि जन्माउन, नभन मदन भण्डारी जन्माऊ आमा म सक्दिन, नभन मनमोहन जन्माऊ आमा म सक्दिन, र म सक्दिन फेरि-फेरि एकै जनालाई बारम्बार जन्माउन, यहाँ नेताको खाँचो छ कोही >>>

Page 3 of 9«12345»...Last »