Category Archives: One creation per person

एउटा तिम्रो निम्ति (गीता पन्थ)

एउटा तिम्रो निम्ति (गीता पन्थ)

सबै सबै त थियो मसँग हेर न एउटा तिम्रो निम्ति कति धेरै आफन्तहरुका छाडेर आएँ गुराँस, हिमाल, पहाड, पाखा पखेरा कति गर्नु तिनीहरुका कुरा सबै सबै त थियो मसँग घाम आफ्नै घाम उदाउने खुला छानो माया अभिसिंचित उर्वर माटो संस्कारका नालीबेली नदीहरु भाइचाराले लहलह झुल्ने मनको फाँट अपनत्वको ढकमक्क सयपत्री के थिएन हँ मसँग ? सबैभन्दा ठूलो आमा थिइन दाजु-भाइ दिदी-बहिनी थिए सन्चो बिसन्चो सोधिरहने छिमेकी खाए नखाएको खबर लिने आफन्त सीमाहीन प्रेमिल सम्बन्धका पीपल जराहरु के थिएन हँ मसँग ? अभावमै परितृप्त नामको बोझिलो खास्टो आत्म स्वाभिमानले गौरवान्वित सुगन्धित >>>

दसैँ (बासु ढकाल)

दसैँ (बासु ढकाल)

दसैँ………………… प्रत्येक बर्षको दसैँ थुप्रै टाउकाहरु छिनेर बिते र पुनः रावणका झैँ पलाएनन् बोका खसीको झैँ भो मान्छेको नियति आफै संग पराजित छ कठै मान्छे र पनि के को बिजयोत्सर्ग मनाउँदैछ कुन्नि ? ऊ आफैलाई थाह छैन एउटा गतिलो दसैंको चाहना नमेटिदै थुप्रै मानवीय टाउकाहरु बलि चढे थुप्रै सिऊँदोहरु उजाडिए तर सिंगो देशमा कहिल्यै दसैँ आएन एक टुक्रा चिची र एक धर्को नानामै अझै गाउँ बेसी दसैँ खोज्दैछ र यतिखेर पश्चिमा जिन्दगी बाँचेर पूर्वीय संस्कृति जोगाउने धुनमा आडम्बरी दसैँ मनाउदैछौ हामी र सधै .. बराजुका थाप्लामा बाजेले गीर खेल्दै दसैँ >>>

प्रवासीलाई घरको सम्झना, गरिबलाई दशै होइन दशा (योगेन्द्रमिलन छन्त्याल)

प्रवासीलाई घरको सम्झना, गरिबलाई दशै होइन दशा (योगेन्द्रमिलन छन्त्याल)

एउटै गाउँमा ३-४ वटा लिङ्गे पिङ्गहरु मच्चिदै होलान् । ठाउँ ठाउँमा विशेष मेलाहरुको आयोजना गरिदै होलान् । आयोजकहरु मेलालाई राम्रो बनाउन योजना बनाउदै होलान् । युवायुवतीहरु मेला आउने दिन गन्दै होलान् । बेसीमा धान झुलेका होलान्, खेतमा मकै सुकेका होलान् । सबै किसानहरु खुशी भैरहको बेलामा ठ्याक्कै आईपुगेको छ यो वर्षको दशैं तिहार ! चिसो चिसो हावाले बारीको ढिकमा फक्रेका कोमल सयपत्री र मखमली फूललाई ढलमल ढलमल नचाइरहेका होलान् । गाउँघरका ढुङ्गे र खरले छाएका घरहरु सेतो कमेरो, रातो माटो र ब्यात्रीका कालो रङले सिङ्गारिएका होलान् । अलिक तल शहरी >>>

फर्क अब (मनोज काफ्ले ‘मनसुन’)

फर्क अब (मनोज काफ्ले ‘मनसुन’)

ए बैनी तिम्रो जोवन ढल्यो परदेशमा पसेर घरमा तिम्रा बाउआमा रुन्छन् डिलमा बसेर l फर्कन फर्क नबस मुग्लान सुन्दैछु नराम्रो परिवार साथमा बसेर बाचौं चाहना छ हाम्रो l(१)l न भनि गयौ परदेश जान्छु न खबर पठायौ भनेर भन्छन् बुढा बा आमा साह्रै नै सतायौ l खान र लाउन पुगेकै थियो मेला र पातले यो छाती बैनी फुटे झैँ दुख्छ सत्रुको बातले l(२)l छनअरे त्यहाँ फोनै फोन मायाँजाल हुर्काउने सुन्दरी काली भनेर तिम्रो बैंसलाई फुर्काउने l शेखको घर काँ हो काँ पर त्यो मरुभूमिमा गरेर काम छैन कि माम बस्यौ कि >>>

यमुनाकोजीवन संघर्ष र  डाक्टर यसोदा (इन्द्रेणी शर्मा ‘जलद’)

यमुनाकोजीवन संघर्ष र डाक्टर यसोदा (इन्द्रेणी शर्मा ‘जलद’)

कथा ´´सेबिका ,कस्तो छ बिरामीको प्रेसर अनि औषधी समयमा दिनु नि रगतको व्यबस्था भै सकेको छ , म भरे बेलुकी आउदा बिरामीको होश आउनु पर्छ नि ?´´ ´´हुन्छ डाक्टर यसोदाजी , म पनि आज छिट्टै निस्कने काम थियो बरु सुपे .शिला हुनुहुन्छ आज रातको ड्यूटीमा हजुरले एक पटक उहालाई खवर गर्नु हुन्छ कि? उहा आउनु भएन भने म बसुला नि ,´´ ´´ ओके ,म कल गर्छु के भन्नुहुन्छ ?´´ ल उहा आउनु हुने भयो तपाई जान सक्नुहुन्छ , थैंक्स डाक्टर यसोदाजी ,किन यति गंभीर देखिनु भएको हजूर ?यो मानिसको अनुहार >>>

कल्पनाको बास (खेम साम्पाङ्ग एकतप्पे)

कल्पनाको बास (खेम साम्पाङ्ग एकतप्पे)

कविता एकबारको कल्पना गरेर नियालिरहेछु संसारलाई अनि म कल्पनाको बास खोज्दै भौतारिरहेछु आफै तर कहिल्यै बास पाएन निद्राले काल्पनिक बास निद्रामै बसिरहेछु त्यसैबेला घेर्छ मलाई विप्लवको धुवाँले चारैतिरबाट । ती सुगन्धित धुवाँ आज २१ औं शताब्दीले गर्दा दुर्गन्धित भएछ कताकता असजिलो भयो मलाई संसार मसँग नमिलेको हो कि ! म संसारसँग … खै ! पत्तै भएन मलाई । उघि्रएको सुनसान रातसँगै काल्पनिक निद्रा सुतिरहेछु सुतौं भन्दै पटकपटक चुम्बन गर्छु बासलाई तर उसले पटक्कै मानेन मलाई काँचो निद्रासँगै त्यो रुमलिएको धुवाँले हो कि ! ग्वाङडोङको सास्रले घाँटी चिमोटिइरहेछ आज अनि त्यो >>>

मान बहादुर के सि (मुस्कान)

मान बहादुर के सि (मुस्कान)

सँगै जिउछौ सँगै मर्छु भन्नेहरु पराई हुँदा समालिनै गार्हो भयो पहाड पनि तराई हुँदा दुई मुटुको एउटै धड्कन चल्न पनि असजिलो आफ्नै मनको डेरा पनि अन्तै बसाई सराई हुँदा – सँगमटोल टि. न. पा. ७ कैलाली हाल: सिल्बासा, भारत

घाम नडुब्दै भेट्नु सखी! (दिप्स शाह)

घाम नडुब्दै भेट्नु सखी! (दिप्स शाह)

घाम नडुब्दै भेट्नु सखी! अन्धकारको के भरोसा जहाँ छाँया समेत मेटिन्छ त्यहाँ मायाको कती ग्यारेन्टी होला?? घामको बैजनी किरण तिम्रो मुहारमा पोतिँदाको आभा दुइआँखा भरि भरि नियालेर म त्यही आक्रिती मनको क्यानभासमा कोर्न सकुँ ताकी जिन्दगीका भयानक अन्धकारमा पनि देखिरहुँ तिमीलाई झल्मल सम्झनाको नियास्रो नेपथ्यमा, याचनै सम्झ बरु तर बिन्ती! घाम नडुब्दै भेट्नु सखी! अन्धकारको के भरोसा?? आजका लालिगुराँसे पलहरुले भोली विगत बनेर अवस्य चिमोट्नेछ चाउरिएका खुजुमुज्जे हृदयका भित्ताहरुमा, उसबेला सम्झनाका भर्र्याङ्गमा खुट्किला टेक्तै टेक्तै यिनै सिम्रिके घटनालाई वैशाखी बनाउँला उसोर वैशाखीले अंधेरोमा पनि हिँड्न सघाउला तर वैशाखी बनाउने त >>>

प्रश्न (राजेन्द्र पहाडी)

प्रश्न (राजेन्द्र पहाडी)

उसले मलाई सोध्यो मान्छे के हो जीवन के हो धर्म के हो कर्म के हो राख्यो उसको धारणा पोख्यो उसको वेदना र सोध्यो महाशय म मान्छे बन्न सकें कि सकिन मान्छेको धर्म मान्छेको कर्म व्यापार र मिसावट राजनीति र गिरावट धोका खाएर बसें कुण्ठा साँचेर बसें धेरै पटक जितें धेरै पटक हारें जित र हारको दोसाधमा म मान्छे बन्न सकें कि सकिन सभ्य जीवनको आशामा कहिले लहरै लहरा झाङ्गिए कहिले छहरै छहरा नाङ्गिए नखाएको विष लाग्यो कि कुन्नी निर्धा उक्साएको बात लाग्यो धमिलो पानी पिएको मात लाग्यो माछा माछा भ्यागुतोको >>>

माया  भएर त फर्की  आएँ (राकेश कार्की)

माया भएर त फर्की आएँ (राकेश कार्की)

(गजल) माया भएर त म फर्की आएँ बृष्टी भन्दा छिटो दर्की आएँ जागिर थियो गाडी थियो त्यैपनि खुशी नभई सुखसितै तर्की आएँ ठूलो शहर कान फूट्ने आवाज रीतिरिवाज देखि झर्की आएँ रहरले हैन बाध्यताले पसिना विदेशी भूमीमा छर्की आएँ आमाको स्नेहले यस्तरी तान्यो सद्दे लिएर गा’को मुटु चर्की आएँ – लस् एन्जेलस्

Page 4 of 9« First...«23456»...Last »