Category Archives: One creation per person

जिन्दगी (सावित्रा काफ्ले)

जिन्दगी (सावित्रा काफ्ले)

अनिदो रात भोका सपनाहरु एक हुल झ्याउकिरीहरु सँगै अभाबको भजन गाउछन् बिबश भएर हराउन खोज्छन मनहरु कबिताको मैदानमा।। नपोखिएको घामका झुल्काहरु समेट्न खोजेर अन्जुलिमा सप्तरङ्गी सपना खेल्छन बिहानी शितबिन्दुमा र यिनै स्वप्निल आकाशमा उमङगित बनेर हराउन खोज्छन मनहरु कबिताको मैदानमा।। अपुरा यात्राहरु बुनेर ईच्छाका धोक्रोहरु सुस्केरा हाल्छन हरेक साँझ थकित यात्राहरु बिना उद्देश्य अर्को पाईला चाल्छन एउटा इतिहास बोकेर जिन्दगी परिभाषा बाच्छ र अनि निरर्थक बनेर बिश्राम लिन्छन मनहरु कबिताको मैदानमा।। – अष्ट्रेलिया

स्वतन्त्रताको लागि आवाजहरु (टंक सम्वाहाम्फे)

स्वतन्त्रताको लागि आवाजहरु (टंक सम्वाहाम्फे)

उठिरहेछन् हातहरु कस्सीएर मुठ्ठीमा आक्रोस वालक देखि वृध्दासम्म र उर्लिरहेछन् अनियन्त्रित खहरे खोला झै स्वतन्त्रताको लागि आवाजहरु वस्ति वस्ति ,गाउँ गाउँ गाउवस्तिवाट शहरतिर वढ्दैछन् ,सर्दैछन् क्रमश आवाजका भेलवाडीहरु जहा असंख्यौ निरीहहरुको आवाज कुल्चेर गुड्नेहरु गुडिरहेछन् आयातित गाडीहरु माथि घुम्नेहरु घुमिरहेछन् आरामदायी कुर्सीहरु माथि उड्नेहरु उडिरहेछन् रमिता हेर्दै हाम्रै शीर माथि तर आवाजहरुको स्वतन्त्र वेग लिएर शहर पस्ने प्रतिनिधी आवाज सपनाको मोहमा फसेर भूलिदिन्छ गाउवस्तिका सुकोमल आवाजहरु अनि ज्यु र हजुरीयामा शीर निहुर्याउछ भुस्याहा कुकुरले पूच्छर तल पारे झैं नयाँ ठाउको मादकताले गन्तव्य विर्सेर भौतारीन्छ वटुवाले वाटो भुले झैं र रमिते >>>

आत्महत्याको पत्र (समदर्शी काइँला)

आत्महत्याको पत्र (समदर्शी काइँला)

आफ्नो भएभरको जायजेथा आँशु पसिना र अन्तर्वेदनाको खिचि्रमिच्री बोकेर बेचबिखन गर्न र जिजीविषाको चारो जोहो गर्न बहुरङ्ग सपनाको हाटमा जादा पिन सुक्रीबिक्री फरिफार्छे नभएर यो नियाँस्रो आइतबार समसाँझ म मरुभूमिको लामो पच्याङबाटो हिडेर एक फोक्टा अन्तरीपको डीलमा उभिएको छु। र चिद्वैषम्यताले एकोहोरो सोचिरहेछु जीवन फगत काकाकूलको तिर्खैतिर्खा जीवन फगत मृगमरीचिकाको गिर्खैगिर्खा। मेरो म को अस्तित्व ओएसिस फुट्यो र बुच्चियो यौटा बालुवाकणले। भूइकुहिरोको बाक्लो बर्को ओढेर दिनमान रोइरहने उज्यालोको चर्को घाम भन्दा अध्याँरोको झाङमा फुल्ने जूनफूल मलाई सर्वप्रिय लाग्दैछ। हृदयको कानले प्रस्ट सुन्दैछु- चकमन्न रातको कत्ति मीठो संगीत हाराकिरी हाराकिरी हाराकिरी >>>

विवाहित कविता (विक्रम सुब्बा)

विवाहित कविता (विक्रम सुब्बा)

कविको आँशु  र रगतबाट नयाँ कविता जन्मिई जमानाको खहरेमा उ हुर्की, बढी र जवान भई जवान कवितालाई आफ्नै छातीमा छाप्न अतृप्त सम्पादकहरू आतुर भए जवान कवितालाई आघउँन्जेल दिमागले चाट्न लाठे पाठकहरू पत्रिका पसलहरूमा तैनाथ भए छिप्पट समालोचकहरू तत्पर भए जवान कविताका अंगअंगको रस-चर्चा गर्न यतिकैमा, जवानीले ठीक उद्देश्य भेटेझैँ एकदिन कविताको बिहे भयो र, उ गृहस्थीको मुटुमा धडकनझैँ सामेल भई त्यसपछि सम्पादकहरू जाल बोकेर छन्द र लालित्यको बूढो खोल्सातिर फर्के बैसालु पाठकहरू, गजलका मतला र काफियाका काँडाले गुजारा गर्न थाले समालोचकहरू, नयाँ आन्दोलनका भेलमा थकौली लिएर माछा थाप्न बसे समय >>>

Page 9 of 9« First...«56789