कोसेली परदेशबाट
कविता सग्रह कवी नगेन्द्र इंगनाम प्रकाशकः विश्व नेपाली साहित्य महासंघ, विश्व केन्द्रिय समिति Download Koseli Book by Nagendra PDF file “एक समीक्षा – काव्यकृति “कोसेली परदेशबाट” को (अशोक राई) कवि नगेन्द्र ईङ्नाम “आठराईली” को काव्यकृति न्यूयोर्क शहरमा गत डिसेम्बर ३१ तारिखका दिन सार्वजानिक भयो । हाल यो पुस्तक नेपाललगायत बिभिन्न देशमा रहेका पाठकहरुले पढिसकेको हुनुपर्दछ । यसै पुस्तकको बारेमा छोटो समीक्षा गर्ने जमर्को गरेको छु । कवि ईङ्नामको काव्य बिशेषता भनेको स्वछन्दता हो । उनको हरेक कवितामा कुनै सीमा छैन । जहाँतहिं पानी जस्तै सलल बगिदिन्छन,उनका कविता सरल र सहज भाषामा अनि आफ्नै कलामा । हरेक लेखकहरुको आफ्नै प्रकारको एउटा लेखन कला, भाषा र तरिका हुन्छ । ईङ्नामको लेखन कलाले खासगरी भन्नुपर्दा आम पाठकको मन छुन्छ । जुनसुकै बिषय र भावमा तुरुन्तै कविता तयार गर्ने खुबी उनमा पाईन्छ । उनको कवितामा खासगरी स्थानीयता,आञ्चलिकता संस्क्रिति , जाति, धर्म, भोगी ल्याएको जीवन, गाउँघर, देश, समाज, परदेश अनि मानवीय संवेदना र प्रेम जस्ता >>>



