Category Archives: Israel

साहित्य महासङ्घ इजरायल शाखाद्धारा मुटुमा प्वाल भएको बच्चालाई आर्थिक सहयोग (भिडियो सहित)

गत ७ जुन २०१७ का दिन विश्व नेपाली साहित्य महासङ्घ, इजरायल शाखाद्धारा सुन्तले–५ खोटाङका आठ महिने मुटुरोगी (मुटुमा प्वाल भएका) बालक सज्ञान तामाङको उपचारको लागि नेरु ६३ हजार हस्तान्तरण गरेको छ । साहित्य महासङ्घको ईजरायल शाखाकी अध्यक्ष सानु गुरुङ लगायतको सक्रियतामा उक्त रकम संकलन गरिएको थियो । उक्त रकमलाई साहित्य महासङ्घ केन्द्रका उपाध्यक्ष सागर श्रेष्ठले बच्चाको बुबा टंक तामाङ र बच्चाको आमालाई कान्ति बाल अस्पताल नै पुगेर सहयोग हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा इजरायल शाखाको प्रतिनिधि पदम शर्मा ढुंगनाको पनि उपस्थिती रहेको कुरा सचिव बिमला शर्मा ढुंगानाले जनाउनु भएको छ । बच्चाका आमा बुबाले सहयोगीहरु सबैलाई आभार ब्यक्त गरेका छन् । साहित्य महासङ्घ इजरायल शाखा कृति, प्रकाशन, साहित्यिक कार्यक्रम र समाजसेवामा सक्रिय रहेका छन । बिश्व नेपाली साहित्य मंहासंघ इजरायल शाखाले सहयोग गरेको छ । जन्मिए देखि नै मुटुमा समस्या भएपछि घरको आर्थिक अबस्था कमजोर भएको सज्ञानको उपचारका लागि बिश्व नेपाली सहित्य महासंघ इजरायल शाखाका अध्यक्ष सानु गुरुङको संयोजनमा >>>

बिनेसास इजरायल शाखाको अधिवेशन तथा ‘स्मारिका’ लोकार्पण भव्यताका साथ् सम्पन्न

बिनेसास इजरायल शाखाको अधिवेशन तथा ‘स्मारिका’ लोकार्पण भव्यताका साथ् सम्पन्न

तेल अभिव (इज़रायल) ६ चैत २०१७, विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाको आयोजनामा गत मार्च १७, २०१७ सुक्रवार साँझ इज़रायालाको तेलअभिव शहर स्थित सस्थाको अधिवेशन र स्मारिका पुस्तक लोकार्पण भव्य तथा सव्य पुर्वक सम्पन्न भयो । अध्यक्ष सावित्रा लुइँटेल घिमिरे ज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि इजरायलका लागि नेपाली राजदुताबासबाट प्रथम सचिव श्री हरिहरकान्त पौडेल ज्यू उपस्थित हुनुहुन्थ्यो । प्रमुख अतिथि ज्युबाट पानसमा दिप प्रज्जलित गर्दै कार्यक्रम उद्घाटन गरिएको भएको थियो । साहित्यमय साँझको पहिलो चरण कार्यक्रम महासचिव सानु गुरुङले संचालन गर्नु भएको थियो भने दोस्रो चरणको कार्यक्रम संस्थाकी >>>

बिनेसास इज़रायल शाखाले लक्ष्मी जयन्ति तथा प्रथम रचना वाचन कार्यक्रम सम्पन्न

बिनेसास इज़रायल शाखाले लक्ष्मी जयन्ति तथा प्रथम रचना वाचन कार्यक्रम सम्पन्न

तेल अभिव (इज़रायल), कार्तिक १७, विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाले गत२०१६-१०-२९गते शनिबारका दिन महाकविलक्ष्मी प्रसाद देवकोटाको १०८ औं जन्म जयन्ति तथा पहिलो रचना वाचन शृंखला अनि दिपावलीको शुभकामना आदानप्रदान सम्पन्न गर्यो । उक्त साहित्यिक कार्यक्रम इज़रायालाको तेल अभिव शहर एन आर एकको हलमा हर्षोल्लासका साथ शान्त वातावरणमा शानदारपुर्वक सम्पन्न भएको थियो । उक्त कार्यक्रममा सस्थाकी अध्यक्ष सावित्रा लुइँटेल घिमिरेले अध्यक्षता भएको थियो भने ,नेपाली राजदुतावासबाट पाल्नु भएका प्रमुख सचिव हरिहर पौडेल ज्यू ले बिशेष अतिथिको आसन ग्रहण गर्नु भएको थियो साथै एन आर एन इजरायलका अध्यक्ष दिपक प्रसाद ओलीको >>>

साहित्य महासंघ, ईजरायल मुक्तक संग्रह “मतना”को विमोचन तथा राजदूतलाई अभिनन्दन (भिडियो सहित)

साहित्य महासंघ, ईजरायल मुक्तक संग्रह “मतना”को विमोचन तथा राजदूतलाई अभिनन्दन (भिडियो सहित)

इजरायल, ३० फाल्गुन – प्रवासमा रहेर पनि नेपाली भाषा र साहित्यको जगेर्ना गर्दै साहित्य सम्बन्धी फरकफरक कार्यक्रम गर्दै आएको विश्व नेपाली साहित्य महासंघ,इजरायल शाखाले यस पटक भने निक्कै फरक किसिमको साहित्यिक कार्यक्रमको आयोजना गत शुक्रबर इजरायलको तेलअभिवमा सम्पन्न गरेको छ । संस्थाको चौथो वार्षिक उत्सव कार्यक्रममा इजरायल स्थित नेपाली राजदुतलाई विशेष सम्मान तथा विदेशमा रहेर साहित्य क्षेत्रमा कलम चलाउनुहुने विभिन्न ३६ स्रस्टाहरुको रचनालाई समावेश गरी प्रकाशन गरिएको “मतना” मुक्तक संग्रहको विमोचन कार्यक्रम एकै पटक आयोजना गरेर कार्यक्रमलाई भब्य र सभ्य बनाइएको थियो । उक्त मुक्तक संग्रहमा सुलोचना दाहाल , सुभद्रा >>>

साहित्य महासंघ इज़रायल शाखाले २०१ औं भानु जयन्ति तथा स्थापना दिवस मनायो

साहित्य महासंघ इज़रायल शाखाले २०१ औं भानु जयन्ति तथा स्थापना दिवस मनायो

तेल अभिव (इज़रायल) साउन ३, बिश्व नेपाली साहित्य महासंघ इजरायल शाखाको आयोजनामा ” २०१ औं भानु जयन्ती तथा विश्व नेपाली साहित्य महासंघको स्थापना दिवश यहि २०१५ जुलाई १८ तारिक सनीबारका दिन रमातगानको पार्क लुमीमा भब्यताका साथ सम्पन्न भएकोछ । इजरायलका लागि नेपाली राजदुत श्री प्रल्लाद कुमार प्रसाईं ज्युको प्रमुख आथित्यमा पानसमा बत्ती बाली आदिकवि भानुभक्त आचार्यको तस्विरमा माल्यार्पण गरेर कार्यक्रमको शुभआरम्भ गरिएको थियो समारोहमा उहाँकी धर्मपत्नी सिता प्रसाईं ज्यु पनी उपस्थित हुनुभएको थियो । कार्यक्रम सन्चालन संस्थाका सचिव गणेश श्री गौतम ” सागर” ज्युले गर्नुभएको थियो । भने स्वागत भाषण >>>

साहित्य महासघं इजरायलमा नयाँ नेतृत्व ‘सगरमाथादेखि मृतसागरसम्म’ संयुक्त गजल संग्रह विमोचित

साहित्य महासघं इजरायलमा नयाँ नेतृत्व ‘सगरमाथादेखि मृतसागरसम्म’ संयुक्त गजल संग्रह विमोचित

बिश्व नेपाली साहित्य महासंघ इजरायल शाखाले एक विशेष कार्यक्रमका बिच ‘सगरमाथादेखि मृतसागरसम्म’ नामक संयुक्त गजल संग्रह विमोचन गरेको छ । महासँघ इजरायल शाखाले गत १८ अप्रिल शुक्रवार इजरायलमा रहेका साहित्यक स्रस्टाहरुद्वारा रचना गरिएका गजलहरुको संयुक्त गजल संग्रह ‘सगरमाथादेखि मृतसागरसम्म’ विमोचन गरेको हो । तेलअभिवको केन्द्रिय बसपार्कस्थित एभरेस्ट डिस्को हलमा इजरायलका लागि नेपाली राजदूत महामहिम प्रल्हाद कुमार प्रसाईको प्रमुख आतिथ्यतामा आयोजना गरिएको नयाँ बर्ष शुभकामना आदानप्रदान तथा पुस्तक विमोचन कार्यक्रममा पुस्तक विमोचन गर्दै राजदूत प्रसाईले नेपाली साहित्यको उर्वर भुमीको रुपमा रहेको इजरायलबाट पछिल्लो समयमा थुप्रै साहित्यक कृतिहरु निस्किने क्रम बढिरहेकोमा हर्ष >>>

इज़रायलमा विश्व नेपाली साहित्य महासंघ शाखाको कविता प्रतियोगिता सम्पन्न: अधिकारी प्रथम

इज़रायलमा विश्व नेपाली साहित्य महासंघ शाखाको कविता प्रतियोगिता सम्पन्न: अधिकारी प्रथम

तेल अभिव (इज़रायल) चैत्र २, विश्व नेपाली सहित्यमहा संघ इज़रायल शाखाले आयोजना गरेको खुल्ला कविता प्रतियोगिता हिजो १५ मार्च शनिबार का दिन तेल अभिव शहरको यसोभामाला-२० मा भव्यताका साथ सम्पना भएको छ । प्रवासमा रहेर पनि नेपाली भाषा र साहित्यलाई माया गरि निरन्तर कलम चलाउनु हुने साहित्य अनुरागी तथा साहित्य प्रेमीहरुलाई आझ प्रोत्साहन गर्दै साहित्यिको एकै आँगनमा समेट्दै बिनेसासले कविता प्रतियोगिताको आयोजना गरेको हो। इज़रायलमा रहेका साहित्यिक मनहरुलाई मात्र समेटी गरिएको यो आयोजना निकै नै सोहार्द्रता पूर्ण वातावरणमा सम्पन्न भए थियो । कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाकी अक्ष्यक्ष >>>

विनेसाम इजरायल शाखा कविता प्रतियोगिताको लागि हार्दिक आव्हान गर्दछ !

इजरायल, कविता वाचन प्रतियोगिता भाग लिनुहुन् सम्पुर्ण नेपाली साहित्य अनुरागी तथा साहित्य प्रेमीहरुलाई विश्व नेपाली साहित्य महासंघ इजरायल शाखा हार्दिक आब्हान गर्दछ ! नेपाली भाषा, साहित्य, कला र संस्कृतिको उत्थान, संरक्षण तथा सम्बर्धन गर्ने प्रमूख उद्देश्यबाट स्थापित विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाले यही इजरायलमा कार्यरत नेपाली साहित्य क्षेत्रमा कलम चलाउदै रहनु भएको साहित्य अनुरागी तथा साहित्य प्रेमीहरुका लागी “कविता” वाचन प्रतियोगिताको आयोजना गरेको छ ! यो कविता प्रतियोगितामा भाग लिई आफ्नो सुनौलो अबशर उठाउनु हुन् सम्पूर्ण साहित्यकार नेपाली दिदी बैनी तथा दाजु भाइहरुलाई आव्हान गरिएको छ । “कविताको शिर्षक >>>

विश्व नेपाली साहित्य महासङ्घ, इजरायल शाखा

विश्व नेपाली साहित्य महासङ्घ, इजरायल शाखा

सन् २०१३ – २०१५ अध्यक्षः जानु घिमिरे ‘काजल’ उपाध्यक्षः कृष्ण कुमार रायमाझी उपाध्यक्ष दिपेन्द्र थापा महासचिवः सुनिता राई ‘यासिन’ महासचिवः निशा खनाल सहसचिवः सानु गुरुङ कोषाध्यक्षः धर्मराज भण्डारी सहकोषाध्यक्षः यमुना ढकाल ‘मुना’ सदस्यः नीतु खतिवडा ‘विमला’ रजनी शर्मा सावित्रा लुइटेल धर्मराज वन्त कल्पना पौडेल ‘जिज्ञासु’ देवी सुवेदी साबित्रा पाठक ‘साबी’ संगीता सुवेदी रश्मी सुवेदी कोपिमाया राई लीला प्रसाई पन्च शेर्मा करुणा थापा जमुना घिमिरे वेद प्रसाद घिमिरे चन्द्रा के.सी.

साहित्य महासङ्घ इज़रायल शाखाद्धारा उपचारार्थ सहयोग प्रदान

साहित्य महासङ्घ इज़रायल शाखाद्धारा उपचारार्थ सहयोग प्रदान

 मकवानपुर घर भएकी उर्मिला गोले ४/५ महिना अघि सुन्दर भविष्यको मिठो परिकल्पना गर्दै कुबेत पुगेकी उनि पैसा कमाउन नपाउदै घाइते (खुट्टा मा फ्याक्चर) भएर बडो मुस्किलले स्वदेश फर्केको र उपचार गर्न नसकी सहयोगको याचना गरेको  समाचारले हामीलाई मर्माहित बनायो र हामी साहित्यिक विशुद्ध संस्था भए नि एक मानवताको नाताले चुप चाप बसिरहन  सकेनौं र संस्थागत अन्लाइन मिटिंग बसी यस सम्बन्धि छलफल गर्यौं संस्थाको अध्यक्ष काजल घिमिरे (नानु)को सक्रियतामा सहयोग रकम जुटायौं । एक दिदी, एक आमाको त्यस पीडामा मल्हम लगाउन सबै स्वत स्फुर्त सहयोगी मनहरु अघि बढे र हामी संस्था >>>

इजरायलमा साहित्य महासंघ

इजरायलमा साहित्य महासंघ

काठमाडौं – इजरायलमा रहेका साहित्यकारहरूको खरमोनमा भएको भेलाले विश्व नेपाली साहित्य महासंघ इजरायल कमिटी गठन गरेको छ । खरमोनमा हिउँ खेल्न भेला भएका उनीहरूले कविता शर्मा घिमिरेको अध्यक्षतामा कमिटी गठन गरेका हुन् । समिति उपाध्यक्षमा कृष्ण रायमाझी, सचिव सावित्रा पाठक, सहसचिव काजल घिमिरे, कोषाध्यक्षमा धर्मराज भण्डारी चुनिएका छन् । सदस्यहरूमा चित्रा खनियाँ, चन्द्रा केसी, दीपेन्द्र थापा, लीला सिटौला र सावित्रा घिमिरे छन् । महासंघका केन्द्रीय सदस्य तथा क्यानाडा कमिटी अध्यक्ष फिल्म निर्देशक हरि शिवाकोटीको आतिथ्यमा भएको भेलामा इजरायलमा भएका स्रष्टाहरुका रचना समेटी डीभीडी निकाल्ने निर्णय भएको अध्यक्ष घिमिरेले फोनमा बताइन् >>>