Category Archives: Canada

साहित्य महासङ्घ क्यानडा शाखाद्धारा साहित्य गोष्ठि सम्पन्न

२० फेब्रुवरी १३, विद्या की देवी सरस्वती पुजाको अवसरमा क्यानडामा एक साहित्यिक गोष्ठि सम्पन्न भयो । विश्व नेपाली साहित्य महासङ्घ क्यानडा शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपाली र अंग्रेजी भाषाका कविता, गीत तथा गजलहरु वाचन गरिएको थियो । कवी गोपाल भण्डारी, दोसाध किरात, डुण्डीराज खनाल, चन्द्र राई, सपना गौतम लगायतले सिर्जना वाचन गर्नुभएको थियो । आङबारु शेर्पा ज्यूको प्रमुख आतिथ्यिमा सम्पन्न गोष्ठिको अध्यक्षता शाखा अध्यक्ष हरी शिवाकोटिले गर्नुभएको थियो भने कार्यक्रमको संचालन उपाध्यक्ष सपनाले गर्नुभएको थियो ।

विश्व नेपाली साहित्य महासङ्घ, क्यानडा शाखा निर्माण

विश्व नेपाली साहित्य महासङ्घ, क्यानडा शाखा निर्माण

टोरन्टो, मिसागा १९ अक्टोबर, क्यानडाको एक भेलाले विश्व नेपाली साहित्य महासङ्घ, क्यानडा शाखा निर्माण गरेको छ । महासङ्घको अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः हरी शिवाकोटि, सपना गौतम, सुभाष दुतराज र कल्पना अवस्थी रहेका छन् । सदस्यहरु सुरेन उप्रेती, तुला भट्टचन, मानकाजी श्रेष्ठ र अतिथि सदस्यहरु गोपीकृष्ण काफ्ले, आङबारु शेर्पा, चन्द्रा राई, गोपाल भण्डारी, मुक्ति गौतम, कुसुम ज्ञवाली, कमल थपलिया, भिमादी याक्थुम्बा र अनिता रसाइली रहनु भएको छ । महासङ्घको सल्लाहकारमा एन.आर.एन. क्यानडा अध्यक्ष, एनसिसिएस क्यानडा, एनजेएसि क्यानडा, नेवा गुठि क्यानडा र डा. तुलसी धरेल, गोविन्द सिंह रावत, राजकुमार राई, >>>