Category Archives: Singapoure

साहित्य महासंघ र दक्षिण भोजपुरे समाजद्धारा उद्धार गस्ति तथा रक्तदान कार्यक्रम

बिश्व नेपाली साहित्य महासंघ भोजपुर र दक्षिण भोजपुर सरोकार समाजले उद्दार कार्यको लागि युवा गस्ती र रक्तदान अभियान सम्पन्न गरेको छ । अभियानका संयोजक तथा साहित्य महासंघ सिंगापुर शाखाका अध्यक्ष रामप्रसाद राई ‘किराँती सानु’ को अगुवाइमा, संचालित सो कार्यक्रमलाई डा.प्रतिभा सुच्चा राई र इन्जिनियर विजय प्रसाद राईद्वारा परिवार देखि आफन्त, गाउ छिमेक टोलटोल घुम्दै सम्झाई बुझाई गर्दै रक्तदान सेवा केन्द्र सम्म पुराउने अभियान सम्पन्न भएको छ । हजारौको ज्यान लिने विनाशकारी महाभूकम्पले मातृभूमि नेपाल पुरै शोकमा डुबेको बेला । हजारौ बेघर र आनाथ बनेका बेला । घाइतेहरु पीडामा छटपटाई रहेका बेला । यस विपत्तीपूर्ण घडीमा हामी प्रबासमा बसे पनि जन्मभूमि प्रतिको कर्तब्य निर्बाह गर्न अपिल गरिएको थियो । यो आपतकालीन अवस्थामा केहि गर्नको लागि स्वादेशमै बस्नुपर्छ भन्ने पनि छैन । चासो राखे जहाँबाट भए पनि आ-आफ्नो औकात अनि हैसियत अनुसारको पहल गर्न सकिन्छ। मातृभूमि नेपाल आज पुरै पीडामा डुबेको छ। यस विपत्तीपूर्ण घडीमा देश प्रतिको उद्दारता र जिम्मेवारी बोध गर्न >>>

विश्व नेपाली साहित्य महासङ्घ सिंगापुर शाखा गठन

विश्व नेपाली साहित्य महासङ्घ सिंगापुर शाखा गठन

सिंगापुर, १७ जुलाई २०१३, गीतकार रामप्रसाद राईको अध्यक्षतामा विश्व नेपाली साहित्य महासङ्घ सिंगापुर शाखा गठन भयो । साहित्य महासङ्घ विश्व केन्द्रीय समितिका अध्यक्ष विश्वास दीप तिगेलाको उपस्थितीमा सम्पन्न भेलाले महासचिवमा आले माइला लाई चयन गरयो । माइला सिंगापुरका स्थायी निवासी हुन् । त्यस्तैगरि सदस्यहरुमा होमकाजी गुरुङ, विपिन योन्जन, कुमार श्रेष्ठ, केदार राई, टंक लिम्बु, सुभाष घिसिङ, सुरज राई (दार्जिलिङ्गे ब्रो), बालकृष्ण तितुङ, होमनाथ गुरुङ र होमबहादुर गोम्देन रहनु भएको छ । सल्लाहकारमा जीवन मुकारुङ चयन हुनुभएको छ । गोर्खा किचन रेष्टुरेष्टमा सम्पन्न भेलाले चाडै नै एक भेलाको आयोजना गरि पूर्ण >>>