Category Archives: India

विश्व नेपाली साहित्य महासंघ दिल्लीद्धारा २ जना नारी श्रष्टालाई सम्मान

नया दिल्ली । ३ नोभेम्बर २०१४, नेपाली नेपाली भाषा र साहित्यको क्षेत्रमा योगदान दिनुहुने दार्जीलिङका दुई जना श्रष्टालाई भारतको राजधानी नया दिल्लीमा सम्मान गरिएको छ । विश्व नेपाली साहित्य महासंघ भारतले दार्जीलिङका कवियत्रीद्वय साङमु लेप्चा र निना राईलाई सम्मान एवम् अभिनन्दन गरेको हो । साहित्यकार उत्तरकुमार क्षेत्रिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली साहित्य लेखनको क्षेत्रमा तीन दशकदेखि सक्रिय लेप्चा र राईलाई सम्मान गरिएको हो । सम्मानित दुवै श्रष्टा दार्जीलिङमै शिक्षण पेसामा सक्रिय हुनुहुन्छ । सफदरजङगस्थित गोर्खा भवनमा आयोजित कार्यक्रममा कवि तथा गजलकारहरुले आ–आफ्ना सृजना वाचन गर्नु भएको थियो । सम्मानपछि बोल्दै कवियत्री लेप्चाले नेपाली साहित्यलाई उचाई प्रदान गर्न आफू सधै सक्रिय रहने र घर तथा समाजले दिएको हौसलालाई कहिल्यै निभ्न नदिने दृढता व्यक्त गर्नु भयो । विशेषगरि, कथा र कवितामा कलम चलाउनु हुने साङमु लेप्चाका तीन ओटा पुस्तक प्रकाशित छन् । त्यसैगरी, कार्यक्रममा सम्मानित अर्की श्रष्टा निना राईले समाजलाई विकृत हुनबाट जोगाउन सन्देश प्रवाह गरिरहने बताउनु भयो । दुई वटा पुस्तक >>>

विश्व नेपाली साहित्य महासङ्घ भारतमा अधिकारी

विश्व नेपाली साहित्य महासङ्घ भारतमा अधिकारी

काठमाडौँ, १८ असोज । लेखक, साहित्यकार तथा साहित्यप्रेमीको बिहीबारको एक भेलाले विश्व नेपाली साहित्य महासङ्घ, भारत शाखा निर्माण गरेको छ । युवा साहित्यकार अशोक अधिकारी अध्यक्ष रहेको शाखा समिति महासचिवमा रुबेन गुरुङ तथा सदस्यमा इशु चाम्लिङ, विशाल लामा, प्याट्रिसिया निकोलस, मोहन रिजाल, मनोज उपाध्याय, लक्ष्मण सुवेदी, प्रवेश आचार्य, सन्देश पौडेल र विशाल प्रसाईं रहनुभएको छ । नेपाली साहित्यको विश्वव्यापी संरक्षण, सम्बद्र्धन, विकास र विस्तार गर्ने उद्देश्यले विसं २०६७ भानुजयन्तीमा स्थापित महासङ्घको १४ मुलुकमा १६ शाखा छन् । महासङ्घले गैरआवासीय नेपाली सम्मेलनका अवसरमा आगामी कात्तिक ८ गते नेपालमा विश्व नेपाली साहित्य >>>