Category Archives: Rumania

विश्व नेपाली साहित्य महासघं रोमानिया शाखाको बुखारेस्टमा गठन

बुखारेस्ट, रोमानिया, पुस १९ गते : विश्व नेपाली साहित्य महासघं रोमानिया शाखाको आज बुखारेस्टमा गठन भएको छ । “संमग्र नेपाली साहित्यको श्रीबृद्धि तथा नेपालीहरुको प्रतिष्ठाको लागि विश्वभर छरिएर रहेका स्रष्टा, साहित्यिक संघसस्थाहरु बीच सहकार्य गरेर विभिन्न साहित्यिक तथा कल्याणकारी कार्य गर्दै निरन्तर अघि बढ्ने ।” भन्ने मूल नारालाई अंगाल्दै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाका अध्यक्ष तथा पत्रकार नवराज पोखरेलको अध्यक्षतामा ५ सदस्य समिति गठन भएको समाचार नरापो न्यूज रोमानियाले आज जनाएको छ। समितिको सचिवमा श्रीकृष्ण पुरी र सदस्यहरुमा डा. अमित रिजाल, खुमलाल भुसाल, प्रिन्शु खड्का र आलोक साह रहनुभएको छ । शाखाका अध्यक्ष पोखरेलले समितिमा पदाधिकारीहरु आबश्यकता अनुसार पछि थप गरिने जनाउनु भएको छ । यस अवसरमा विश्व नेपाली साहित्य महासघं केन्द्रीय समितिका अध्यक्ष विश्वास दीप तिगेलाले नयाँ बर्ष २०१४ को शुभ कामना iदिंदै यस समाचारले हामी अन्यन्तै खुसि बनेका छौ भन्नु हुँदै रोमानियाको अनुकुलता मिलाएर विश्व नेपाली साहित्य महासंघको शाखा निर्माण गर्न हामीले गैर आवासीय नेपाली >>>