Category Archives: Hong Kong (China)

हङकङमा विश्व नेपाली साहित्य महासङ्घको स्थापनामा भानुमय सभा

बल्लभ रोका, हङकङ/ विश्व नेपाली साहित्य महासंङ्घ हङकङ शाखाको आयोजनामा २०१ औं आदिकवि भानु जयन्ती तथा विश्व नेपाली साहित्य महासङघको स्थापना दिवस स्थानीय याउमा तेई काउलुन स्थित हिन्स कार्यालयको सभाहलमा सुसम्पन्न भएको छ । हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापाको प्रमुख आथित्यमा दीप प्रज्वलन गरि आदिकवि भानुभक्त आचार्यको तस्विरमा माल्यार्पण गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो । बिशेष अतिथि नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष तथा कवि टंक सम्वाहाम्फे, नेपालबाट पुस्तक प्रदर्शनीको निम्ति आउनुभएका द्वय प्रकाशक एवं प्रवन्ध निर्देशक कथालयका राजिब धर जोशी र वज्र वुकका बिदुर डङगोल उपस्थित हुनु भएको थियो । कार्यक्रमको सभापति बिश्व नेपाली साहित्य महासङ्घ हङकङका अध्यक्ष तथा कवि चन्द्र मादेन आन्छन् ले गर्नु भएको थियो । स्वागत मन्तब्य संस्थाका सदस्य एवं कवयित्री सुनिता गिरीले गर्नुभएको थियो । अन्य अतिथिहरूमा नेपाल क्लव हङकङकी अध्यक्ष तथा हङकङ नेपाली महासङ्घकी उपाध्यक्ष रिता गुरुङ, साब्लाबुङका प्रकाशक तथा अध्यक्ष राजकुमार राई , किरात याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष त्रिभुवन लुङफुङवा , अन्तराष्ट्रिय नेपाली साहित्य >>>

माटोको शोक मनाउदै विश्व नेपाली साहित्य महासङ्घ शाखा गठन

माटोको शोक मनाउदै विश्व नेपाली साहित्य महासङ्घ शाखा गठन

हङकङ, ३ मे, मातृभूमी नेपालमा भर्खरै विनासकारी महाभूकम्पवाट सात हजार भन्दा ज्यादाले अकालमा ज्यान गुमाउने दिवंगत आत्माहरू र १२ हजार भन्दा ज्यादा घांईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै दर्जनौ साहित्यकारहरुको विशेष भेलाले सयुंक्त दीप प्रज्वलन गरि श्रध्द्वाञ्जली शोक मनाए | उक्त भेलाले सर्वसहमत कवि चन्द्र मादेन ‘आन्छन्’ को अध्यक्षतामा “विश्व नेपाली साहित्य महासङ्घ, हङकङ शाखा” गठन गरेको छ भने सचिवमा कवि वल्लभ रोक्का, कोषाध्यक्षमा कवयित्री पूर्णिमा शाह, सदस्यहरुमा कवि डी बी पालुङवा, कवि श्री कुमार चाम्लिङ ‘पूर्वेली’ र कवयित्री सुनिता गिरी चयन हुनुभएको छ । उक्त भेलामा अन्य साहित्यकारहरु विमल >>>