परदेशीएपछिनै मातृ देशको

तृष्णाले सताउने रहेछ

महलको सपना बोकी न्यानो गुड छोडी

रहरले बिदेशीएको कुनचाही नेपाली भेटिएलार !

बाहिर जस्तो देखिए पनि

भित्रि दु:ख, पीडा र ब्याथाहरु सवैको आआफ्नै हुन्छ

तर के गर्नु आज परिस्थितिले विदेशीदा

आफ्नै देशले अनेपाली वनाइरहेछ |

हामी मातृभूमि, इतिहास र देश बेगरको

मान्छे अवश्य होइनौ होला

माटोको आधारमा जन्मसिद्द पाएको नागरिक पनि

खोसिएर अनागरिक वनाइरहेछ

तर.. तर मेरो पहिचान केमा खोज्छ

यो निति नियम बनाउने स्वाठहरुले ?

मैले नेपाली भाषा वोलेको

मैले नेपाली भाषा लेखेको

मैले नेपाली गीत गाएको

मैले नेपाली पोसाक पहिरेको

मैले नेपाली साहित्यमा लगानी गरेको

त्यो मेरो देश रुदा भक्कानिएर रोएको

यी सवै कानुन बनाउने बुर्जुकहरुले सुनुन् |

परदेशमा बस्यौ भनेर हामीले

च्याब्रुंग बजाउन,धाननाच्न

र साकेला नाच्न छाडेको छैनौ

भानुभक्त र लक्ष्मी प्रसादको

जन्म दिन मनाउन छाडेको छैनौ

तिहारमा लक्ष्मीपुजा गरेर

देउसी खेल्न छाडेको छैनौ

माघे सक्रान्तिमा तरुल र असार पन्द्रमा

दही चिउरा खान छाडेको छैनौ

वाध्यतिएर बिदेशको नागरिक लियौ भन्दैमा

पुर्खौ पुर्खा देखि पाएको नागरिक कसरी खोसिन्छर ?

के सोचेकाछन् कलुषित मानसिकता बोकेकाहरुले ?

छातीमा हात राखेर क्रिया खाएर भन………

हामी नेपाली मूलबासी होइनौ भनेर

हामीमा नेपालीको पहिचान र मौलिकता छैन भनेर

हामीलाई रत्तिभर विश्वास लाग्दैन

गीता,बाइबल,त्रिपिटक र कुरान राखेर क्रिया खाँदा

हामीलाई विश्वास लाग्छ प्यारो प्रकृति र माटोको |

कोशी ब्यारेज डुबानले सयौलाई लापता बनाएको होस

खोटांगको सुन्गदेल र दिप्सुनगमा पहिरोले

सयौको ज्यान लादाहोस

ताप्लेजुगं सदरमुकाममा भिषण आगलागीले

शहर कुरूप बनाउदाहोस

भोजपुरको सदरमुकामम प्रसुतिगृह निर्माण गर्दाहोस

धरानको मुटुमा सगरमाथाझैँ ठिन्ग्रिंग घण्टाघर ठड्याउदाहोस

यस्ता कैयौ समस्याहरु प्रत्येकमा

मैले आँसु बगाएर दु:ख साटेकोछु

मेरो प्यारो मातृ देशको लागि परदेशबाट |

तर पनि हामीलाई जबजस्ति विदेशी बनाएकाछन्

हाम्रो मस्तिस्कका चाँप बढाएर चुलीमा पुर्याइदिएकाछन्

हाम्रो छातीमा तिखो झिरले रोपेकाछन्

कानुनका वेता भनाउदाहरुले

यी अरामदार घुम्ने बेन्चिमा बस्ने
गिदीमा लिदी वोकेकाहरुले

जतिसुकै उपेछ्या र तिरस्कार गर्दा पनि

यो परदेशको सयौ तलाको गगनचुम्बी महल

चौरासी ब्यन्जन्को खान्किहरु

जादुवाल चटकीले तयार गरेझै

आश्चर्यचकित मन्त्रमुघ्ध पार्ने स्थलहरु किन नहोस

त्यहि प्यारो मातृभूमिको झुपडी घर

सल्लेरी डाँणा,गुंरासे भन्ज्यांग देउराली डाँडानै प्यारो लाग्दोरहेछ

ढिडो, गुन्द्रुक, सिस्नु र गिट्ठा भियाकुरनै मीठो लाग्दोरहेछ

नाना, दाना र छानाको समस्याले मातृ देश छोडेर परदेश बसेतापनि

मानसपटलमा हरदम नेपाल नाचिरहदोरहेछ

मझेरिमा नेपालकै ढय्याँग्रो बजिरहदोंरहेछ |

सयपत्री, मखमली र बाबरिलाई सजाएकैछौं

जनै पूर्णीमा, तिज देखि कौरा र सोरठी खेलेकैछौं

वासुरी, सारंगी र मादल, डम्फु बजाएकैछौ

अब भन सिहदरबारमा भाडभैलो मचाउने ६०१ डङ्गुरहरू

हामी कसरी अनेपाली ? हामी कसरी अनागरिक ?

हामीलाई थाहा छ तिमीहरुको

गन्जागोलको आपसी विभेदहरुले गर्दा

यो हाम्रो माटोसंगको अमिट साइनोको
चित्कारहरु पुड्का हुनेछ ||

maden_family@yahoo.com

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *