बेबर बाट
विचारका छहरा झरिरहेकाछन्
मैले नवबुद्धबाट हेरिरहेथेँ
म एउटा लडाकु
हर्ष बोकेर
अस्त्रसँग रमाइरहथेँ
एक्कासी मेरोकानमा
मयूरहरूले गाना सुनाए
तिम्रो वर्तमान छैनन्
म झस्किएँ
शोक बज्रियो
शोक माथि
शोकले ग्रस्त म
लप्सीको बूढो रूखमा
टाउको बजारेर ढलेँ
छहरा झरिरहे आँखाबाट
घट्टे कुलोझैँ
डाँडा कठेरीका
भट्टराई बाजेका आँगनमा
थुचुक्क बसेँ
चातक, सुगा कोइलीहरू
मसँग रोइरहे
लहरा , वृक्ष, तृणहरू
शिर झुकाइरहे
कालको साम्राज्यसँग
अघिल्लो शोक भन्दा
पछिल्लो शोक
मेरो छातीमा बज्रियो
मेरो वर्तमानका कविताहरू
यात्रा गदाृगर्दै
उनी इतिहास बनेछन्
सुन्दर धानका बाला ढलेको देखेर
मन पाकिरहयो
एक्ले खेतमा
मकैटारमा
समाचार सुन्दा
रोशीको हावा
समुद्रको हावाले उडाएझैँ
मलाई उडाइरहयो
वृक्षका छाया छायामा
भ्रमग्हरू गुञ्जिरहे
मेरो यात्रामा
काठमाण्डौ टेकेर
खगेन्द्र ,शार्दूलका लेखपढेँ
धेरै दुःखित भएँ
वर्तमान इतिहास बनिसकेछन्
कसरी थामु मन
उनका दर्शनहरू
मेरो बाटो थियो
म त्यहिबाटो हिँडिरहेथेँ
उनका आदर्शहरू
गंगाको धाराझैँ लागिरहन्थ्यो
लेखहरू पढ्दै जाँदा
मनहरू कुँडिए
साँच्चै वर्तमान छैन
वर्तमान सुन्दर धारा थियो
आकाशचारीहरूलाई सुनाइरहेँ
सुन्तन खानमा
हरेक पाइलामा
मेरा आँखा वरीपरी
उनी नाचीरहन्छन् डाँफेझैँ
नवबुद्धमा टक्क रोकिएँ म
हरिवंशको आगनमा
मल्लहरूसँग गर्जिदै
वलथलीको जंघार तरर्दै
निरन्तर
मकैटारका सल्लाघारी हुँदै
काठमाण्डौ झरिरहेछु
हृदयमा हर्षित छाउँदैन
मेरो बोली सुन्ने कोहीथिएनन्
वर्तमान
मेरा स मूठिङ्ग उभिन्छ

दुःखित हुन्छु
मेरो किल्ला रफौजहरू सँगै

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *