ईश्वरीय प्रमादमा रुमलिएका पल्लव पात्रहरु
र गुरुकुलका केही सदश्यहरु
मलाई लम्पसार पर्न आघोष गर्छन।
अनी ति तिरस्कृत क्याक्टसहरुद्वारा
Ramesh Kandelविरुढ मनमा एकपक्षिय प्रहार गर्छन्
फेरी अन्तिम संस्कारमा लामबद्द हुन्छन।

मलाई तिमीहरुले बनाएको बाटो मञ्जुर छैन र हुन्न पनि
आफ्नो आफैद्वारा हत्या गरी लाश फ्याँकिने जग्गाहरुमा
कहिल्यै बिसर्जित गराउने छुइन र नगराउन आग्रह पनि

ईश्वरहरु सँग मैत्री गाँस्नु न कि लम्पसार पर्नु
किनकी दासहरु मात्र झुक्छन पाउमा घरि घरि
र आफ्नो स्वत्व आफै नष्ट गर्छन् अनी बर्बराउछन
केवल बर्बराउछन जिन्दगीभर
अभावमा मृत्‍यु घोषणा गर्छन्, अनी ईश्वर हाँस्छ तिमी देखी
ईश्वरलाई तिमी जस्ताको आवश्यकता छैन, त्यसैले ऊ मौन छ

मैले ईश्वरहरुसँग हातेमालो गर्न खोजेँ, मित्रता गाँस्न खोजेँ
उसले निशर्त स्वीकार गर्‍यो, वार्ता गर्‍यो र सहमति पनि।
तिमीले जस्तो सहमतिको लागि कुनै मुद्दा तेर्साएन
स्वार्थी, ढोगीं कुरा गरेर कहिल्यै अल्झाएन
तिमीहरु भन्दा फरक अस्तित्व खोज्यो र मित्रता गाँस्यो
त्यसैले आजकाल उसलाई दासहरु देखी घृणा लाग्न थालेको छ,
स्वस्ती श्रीहरुको नतमस्तकता देखी दिक्क लाग्न थालेको छ,

त्यसैले आफुलाई सहि दिशामा प्रवाहित गर्न र जीवन बुझ्न
स्वघोषित मित्रमण्डलिहरुको एउटा लश्कर तय गरेको छ
उसले बुझेको छ- दासहरु सत्य बोल्दैनन् तर साथी बोल्छ
सत्यले नै समयको दुश्चक्रलाई कुल्चनेछ र अन्तहिन पिस्नेछ

मैले मेरो ईश्वरसँग हात पसारिन तर मित्रता गाँसे
मनको बिस्कुन लगाईन, तर सदभाव राखेँ
मलाई आँखा जुधाएर कुरा गर्न मन पर्छ,
मनभित्रका संबेगहरु निर्धक्क खोल्न मन पर्छ
त्यसैले मैले ईश्वर रोजें, ऊ भित्र मित्रता खोजें
र आज ऊ मेरो साथी भएको अनी ईश्वर भएको छ।
एउटा अन्तिम सत्य खोल्दैछु र रोज्दैछु यो समय
जीवनको प्रत्येक भुमण्डलिकरण बिच यो बगैचामा
उसलाई यो मांसपेशिको मन्दिरमा कैद गर्नेछु अनवरत….!

– काठमाडौं

Comments

comments