साधुराम चौधरी, वर्ष सन्ताउन्न, मध्यपश्चिमको एउटा गाउँ झिञ्झिनिया ।

साधुरामलार्ई आजकाल राम्ररी निद्रा पर्दैन, त्यस्तो हुनलागेको करिब एक वर्षजति भयो । आज फेरि निद्राले छिट्टै छोड्यो । निद्राले छोडे पनि उसलार्ई खटिया छोड्न मन लागेन । ज्यानमा पूmर्ति नै छैन । ‘बूढो भैइएछ क्यारे !’ सधैँ बिहान उसले एक्लै गन्गनाउने यिनै शब्द हुन् ।
Lekhnath Kafle
आज शुक्रबार, चार वर्षअगाडि शुक्रबारकै दिन बूढी बिती । सा¥है खोक्थी, एकदिन खोक्दा–खोक्दै रगत नै आयो । धामी–झाँक्री, झारफुक केहीले छोएन । आखिर प्राण छोडी । त्यसै बेलादेखि बिग्रेको घरको आर्थिक अवस्था सुधार गर्ने भन्दै छोरो चिन्का मलेसिया लाग्यो, त्यो पनि थप रिन खोजेर । चिन्का मलेसिया जानु के थियो, वर्ष दिन नपुग्दै बुहारी आइती गाउँकै बुधनासँग पोइल गई ।

‘बूढेसकालमा रात लामा र दिन पट्ट्यारलाग्दा हुँदा रहेछन् ।’ साधुराम त्यहाँभन्दा बढी सोच्न नै चाहन्थेन, तर त्यति कुरा मनमा आएपछि कान्छो छोरो मङ्गलेको सम्झना आउने नै भयो । मङ्गलेको सम्झना त्यो १५ वर्षअगाडिको कालो घटनासँगै आँखा अगाडि आउँछन्् । त्यो कालो दिन झिञ्झिनिया गाउँकै लागि भयङ्कर थियो, जसको असर झिञ्झिनियावासीहरूको लागि आजसम्म पनि उस्तै छ ।

‘घाम पनि लागिसकेछ’ खटिया सार्दै सधँै भन्ने अर्काे वाक्य यही हो उसको । बाहिर आयो ऊ । बाख्राको खाली खोर, रित्तो गोठ र वरिपरि गहुँ, तोरी, मुसुरो, रहर, आलस आदिले भरिएका ग¥हाहरू देखिए । अलि पर पिपलको बूढो रूख र मन्दिर पनि देखियो ।
ती दृश्यसँगै साधुराम फेरि पच्चीस वर्षपहिलेको आफ्नो गाउँमा पुग्यो, मानसपटलमा सबै कुराहरू एकपछि अर्काे गर्दै आउन थाले ।

उही मध्यपश्चिमको भूगोल, सानो थारू गाउँ, करिब सतचालिस घरधुरी छन्् । गुजुमुज्ज परेको गाउँको बीचमा ठूलो पिपलको रूख, त्यससँगै करिब पाँच कट्ठाको पोखरी र पोखरीनजिकै शिव मन्दिर, मन्दिरको ठीक अगाडि इनार, पिपलको रूखको छाया पर्ने गरी मन्दिरको पछाडि रहेको एउटा खुद्रा पसल ।

त्यो पसल पनि अचम्मको छ । त्यहाँ गाउँलेलार्ई चाहिने सबै कुरा पाइन्छ । चिया, लोकल रक्सी, जाँड, चुरोट, सुर्ती, बिँडी र अरू घरायसी समानहरू । गाउँलेहरू आपूmले फलाएका उब्जनीहरूसँग आपूmलार्ई चाहिने समान साटेर लैजान्छन्् ।
पोखरी, इनार, पिपलको रूख त सबै गाउँमा हुन्छन् नै, तर मन्दिर त्यो गाउँमा कसरी बन्यो ? त्यसको पनि आफ्नै कथा छ ।

थारू बस्तीका आफ्नै रीतिस्थिति छन् । गाउँका मुखियाले गाउँलेको प्रतिनिधित्व गर्छन् । मुखिया गाउँलेहरूको नेता मानिन्छन् । उनी गाउँलेको दुःख– सुखमा सामेल हुन्छन् । गाउँलेहरू पनि उनको सम्मान गर्छन् र भनेको मान्छन् । मानवीय त्रुटि त हुन्छ नै, तर पनि मुखियाले सबैलार्ई सकेसम्म सन्तुलित व्यवहार गर्छन् । गाउँलेहरूकै सल्लाहमा सबैले मान्ने मान्छेलार्ई नै गाउँलेहरूले गाउँको मुखिया बनाउने गर्छन् ।

मन्दिरलार्ई सूर्यको बिहानी प्रकाशले अझ उज्यालो र प्रष्ट बनाइरहेको थियो, त्यसपछाडि त्यसकै छाया पनि प्रष्ट हुँदै गइरहेको थियो । त्यत्तिकैमा बिहानीपखको चिसो हावाको एक लहर आयो । खेतका बाली–बिरूवाका बोटहरूमा पनि हावाको लय देखियो । आलीका रहरका बोटहरू पनि हल्लिए ।

‘अहो ! म त कहाँबाट कहाँ पुगँेछु ।’ साधुरामले तर्कना गर्दै पुराना कुराहरूलार्ई फेरि आफ्ना आँखा वरिपरि घुमायो ।

एक शुक्रबारकै रात झिञ्झिनिया गाउँमा उत्तरतिरबाट एउटा चिसो बतास आयो । त्यो बताससँगै एक हुल टोपी लगाएका मान्छेहरू पनि आए । तिनीहरूले वरिपरिका झाडी, जङ्गल फाँडे, रूख काटे, घर–टहरा बनाए । जमीन सम्याए, खेत बनाए । कमिलाहरूको पाराले काम गरेर तिनीहरूले गाउँकै नक्सा फेरिदिए । अब त्यो गाउँ सतचालिस घरधुरीबाट एक सय एक घरधुरीमा पुग्यो ।

मुखियाका नजरमा ती कुराहरू पर्ने नै भए । मुखिया बुद्धिबहादुर चौधरीले ती नयाँ मान्छेहरूलार्ई एकदिन साँझ घरमा बोलाएर छलफल गरे । ‘तपार्ईंंहरू कहाँ–कहाँबाट हाम्रो गाउँमा आएर वरपरका बन–जङ्गल मास्नुभयो, गाउँमा विनासल्लाह घर–टहरा बनाउनु भयो । यो हामीलार्ई चित्त बुझेको छैन ।’ बुद्धिबहादुरले आफ्नो कुरा राखे । ‘हामी सेङु जिल्लाको खामन गाउँबाट खडेरीले भोकमरी लागेर मधेश झरेका हौँ । चारैतिर भौतारिँदा–भौतारिँदै यहाँ आइपुगेका हौँ । टाउको लुकाउन छाप्रो बनायाँै, हात–मुख जोर्न खेत बनायौँ । नसोधेकोमा गल्ती भयो । हामीलार्ई यो गाउँको नियम कानुन थाहा नभएर हो हजूर, त्यसको लागि क्षमा पाऊँ । कसैको बिगार नगरी आफ्नो काम गर्छांै, तपार्ईंँलार्ई मुखिया मानेर यही गाउँमा बस्न पाऊँ ।’

साधुराम त्यस बेलामा पनि त्यहीँ थियो । मुखियाले ‘हामी शरण पर्नेलार्ई मरण गर्दैनौँ । मन मिल्नेलार्ई ज्यान पनि दिन तयार हुने थारू जाति हो हाम्रो । सबैसँग मिलेर, हाम्रो गाउँको रीतिस्थिति मानेर बस्नू’ भनेको उसलार्ई अभैm पनि याद छ ।
अन्य गाउँलेहरूले पनि खासै नराम्रो प्रतिक्रिया दिएनन् । तिनीहरू र थारूहरूका बीचमा धेरै कुराहरू फरक भए पनि एक वर्षसम्म पनि कुनै तातो—पिरो भएन । थारूहरूले नयाँ मान्छेहरूलार्ई मिलौटे भन्ने नयाँ नाम दिए । नयाँ मान्छेहरूले पनि उनीहरूलार्ई बसौटे भन्ने नामले बोलाउन थाले ।

साधुरामले आपैmँले आपैmँलार्ई सोध्यो– ‘साँच्चै तिनीहरूलार्ई यो गाउँमा बस्न दिएर हामीलार्ई के फाइदा भयो ?’ त्यसको उत्तर पनि फ्याट्टै आयो– ‘तिनीहरूले मकै खेती गरे, विस्तारै हामीले पनि गर्न थाल्यौँ । उनीहरूले गाउँको बीचमा मन्दिर बनाए, मन्दिरमा पूजा–पाठ हुन्छ, मुखियालार्ई फूल–प्रसाद लगिदिन्छन् । हाम्रा मान्छेहरू पनि मन्दिर जान्छन् । जे होस् तिनीहरू आएपछि कुलो पानीमा अलि–अलि समस्या भए पनि गाउँमा त रमाइलै भयो है ।’ त्यो मन्दिर एक किसिमले बसौटे र मिलौटेको मेलमिलापको नमूना पनि थियो । साधुरामले सोच्यो ‘उनीहरूले हाम्रो मुखियालार्ई माने, हामीले पनि उनीहरूको मन्दिरलार्ई मान्यौँ ।’
तर त्यो सन्तुलन सधँै रहन सकेन ।

मिलौटेहरू बसेको करिब ५ वर्षपछि, एक शुक्रबार राती दक्षिणतिरबाट एउटा तातो, कालो आँधी आयो । त्यही तातो हुरीसँगै एक हुल मान्छेहरू त्यस गाउँमा पसे । जहाँ खाली छ, त्यहीँ बसे । तिनीहरू कसैको आँगन, चरन, गोठ जताततै बसे । उनीहरूले कसैलार्ई सोधेनन्, कसैको अनुमति पनि लिएनन् । गाउँमा मालसामान हराउन थाले, केटा–केटी रोएको, चिच्याएको, मान्छेहरूले झगडा गरेको आवाज सुनिन लागे । ती नयाँ मान्छेहरूलार्ई पुरानाहरूले अगौटे भन्ने नाम दिए ।

एकदिन मुखियाले अगौटेहरूलार्ई बोलाए । भेलामा उनीहरू अलि धेरैजना भएर आए । तिनीहरूमध्ये एकजनाले भन्यो–‘म जितेन्द्र कोरवल, म यिनीहरूको नेता हुँ । यिनीहरूले मलार्ई प्रधान मान्छन् । हाम्रा मान्छेले हाम्रै नियम मान्छन् । ल मुखियाजी भन्नुस् तपार्ईंँको कुरा के हो ?’

‘झिञ्झिनिया हाम्रो गाउँ हो, यहाँ हाम्रो आफ्नै रीतिस्थिति छ । तपार्ईंहरूले त्यसलार्ई मान्नुपर्छ । हाम्रो बस्तीको चलनलार्ई आदर गर्नुस्, तपार्ईंँहरूको करणले हाम्रा आइमाई, केटाकेटीहरूलार्ई समस्या भइराखेको छ । गाउँको शान्ति खल्बलिएको छ । तपार्ईंहरू यो गाउँमा बस्न मिल्दैन । तपार्ईंँहरू आफ्नो बाटो लाग्नोस् ।’ मुखिया आज अलि कडारूपमा प्रस्तुत भएको साधुरामले बुझ्यो ।

अगौटेहरू त्यो गाउँमा त्यसै आएका थिएनन् । एउटा योजनासहित आएका थिए वा कतैबाट पठाइएका थिए । त्यसैले, उनीहरूले कुनै न कुनै बहाना बनाएर मुखियालार्ई बर्खास्त गर्ने, अनि अगौटेहरूकै आफ्नो मुखिया बनाएर गाउँ नै कब्जा गर्ने योजनासहित त्यहाँ आएका वा कसैद्वारा पठाइका थिए । पल्लो गाउँमा पनि तिनीहरूकै मान्छेले गाउँ कब्जा गरेको हल्ला चलिरहेको थियो ।

‘गाउँ हाम्रो कब्जामा छ । आज, अहिल्यैबाट म यो गाउँको प्रधान भएँ । सबैले मेरो आदेश मान्नू’ जितेन्द्रले कडा स्वरमा भने । वरपर अगौटेहरूका मान्छेहरू हातमा लौरा, भाला, हँसिया, कोदालाहरू बोकेर उग्ररूप धारण गरी बसेका देखिए ।

त्यसै रात तिनीहरूले बसौटे र मिलौटेहरूका घर–घरमा गएर आइमाई, तरूनी छोरी, बुहारीहरूलार्ई जथाभावी गरे, जवान वा लोग्ने मान्छेहरूलार्ई पिटे, गाउँबाटै लखटे । धेरै युबाहरूले प्रतिरोध पनि गरे तर गहिरो चाल, छल र योजनासहित आक्रमणमा आएका अगौटेको अगाडि निहत्था गाउँलेको केही लागेन । गाउँमा एक किसिमको लडाइँ नै भयो । आखिर अगौटेहरूले गाउँ नै कब्जा गरे । त्यो कालो रातले साधुरामको कान्छो छोरो मङ्गलेलार्ई पनि लिएर गयो ।

त्यसपछि गाउँमा अगौटेहरूको चहल–पहल पहिलेभन्दा धेरै बढ्यो । बसौटे र मिलौटेहरू हारेका सिपाहीजस्ता भए ।

समय क्रमसँगै विस्तारै–विस्तारै गाउँमा मान्छेहरू आ–आफ्ना काममा फर्के, बाहिरी स्थिति सामान्य हुँदै गयो । भित्र–भित्रै भने भुसको आगो जस्तै प्रतिशोधको भावना बल्दै गयो ।

बसौटे र मिलौटेहरूका मनमा अगौटेहरूप्रति आक्रोश र घृणा एकदम गहिरो गरी बस्यो र त्यो दिन प्रतिदिन बढ्दै गयो, कम हुने कुनै सङ्केत देखिएन ।

‘मेरो मङ्गले सम्झनामा मात्रै सीमित भयो ।’ साधुरामले मन अमिलो बनायो ।

गाँउ कब्जा भएको छ महिनामा नै प्रधानले मन्दिरको मिलौटे पूजारीको सट्टामा अगौटेको पूजारी राखिदिए । नयाँ पूजारीले बसौटे र मिलौटेहरूलार्ई मन्दिरभित्र पनि जान नपाउने गरी नयाँ नियम बनाइदिए । त्यस घटनाले बसौटे र मिलौटेहरूलार्ई अझ अक्रोशित बनाइदियो ।
प्रत्येक घटनाको प्रत्यक्ष वा परोक्ष प्रतिघटना, क्रियाको प्रतिक्रिया त हुनु नै थियो । त्यसको लागि उपयुक्त समय र परिस्थितिको पर्खाइ मात्र थियो ।

त्यसै क्रममा एकदिन बसौटे र मिलौटेहरूका युवाहरू मुखिया बुद्धिबहादुरलार्ई भेट्न गए । बुद्धिबहादुरका आँखामा पहिलेजस्तो चमक थिएन । लालटिनको मधुरो उज्यालोले उनका अव्यक्त पीडाहरू अनुहारका चाउरिएका रेखाहरूसँगै गहिरो गरी देखिइरहेको थियो । बुद्धिबहादुर गाउँमा भएको त्यो पुरानो लडाइँदेखि नै बिरामी परेको थियो । ‘हामी यो गाउँ, आँगन, खर, खलिहान, पोखरी, पानी, जङ्गलका मालिक हौँ । तिमीहरूले हार नमान्नू । म बूढो भएँ, बिरामी पनि भएँ, यो साधुराम गाउँको पुरानो मान्छे हो, सबै कुरा थाहा पनि छ । म नभए पनि
उसको सल्लाह मान्नू अब अधिकार फिर्ता लिने जिम्मा तिमीहरूको भयो । मैले सकिनँ, मलार्ई माफ गरिदेओ ।’ मुखियाले भनेका ती वाक्यहरू साधुरामका कानमा आज पनि त्यत्तिकै प्रष्टसँग गुञ्जिइ रहन्छन् ।

ती युवाहरूले त्यो भेटघाटपछि नयाँ दिशा र उदेश्य पाए । परदेशी प्रधानलार्ई हटाएर बसौटे मुखियाको स्थापना र मन्दिरमा मिलौटे पूजारीको बहालीका लागी उनीहरू एकजुट भए । ओल्लो–पल्लो गाँउहरूमा पनि पीडित रैथानेहरूको भेला, भेटघाट भित्र–भित्रै चलिरहे । उनीहरूभित्र बलिरहेको उत्पीडन विरूद्धको आगो पनि उपयुक्त तरिका र समयको पर्खाइमा लप्किरहेको थियो, जसरी ज्वलामुखी फुट्नुअगाडि लाभा जमिनभित्र उम्लिरहेको हुन्छ् ।
सतचालिस साल ।

बसौटे र मिलौटेहरूले पहिलोपटक शान्तिपूर्णरूपमा सतचालिस सालको विजया दशमीको दिन साधुरामको नेतृत्वमा आफ्नो गाउँको मान्दिरमा प्रवेश गर्ने गोप्य निर्णय गरे । यदि त्यस काममा अवरोध गरिएमा बसौटे र मिलौटे युवाहरू प्रतिरोधका लागि तैयार राखिए ।
मन्दिर प्रवेश कार्यक्रम धुमधापूर्वक सफल भयो । त्यसको तयारी यसरी गरिएको थियो कि अगौटेहरूले त्यसको सुइँकोसम्म पाउन पनि सकेनन् । विजया दशमीको दिनमा सबैका अगाडि बसौटे र मिलौटेहरू मन्दिर पसे । त्यस घटनाले सम्पूर्ण रैथानेहरूमा उत्साह र आत्मविश्वासको नयाँ रक्त सञ्चार गरायो ।

त्यत्तिकैमा नेपालमा सतचालिस सालको बहुदल आयो । अगौटेहरूका नेता र कार्यकर्ताहरू अचानक गाउँबाट हराए । सरकारी नाप–नक्सामा झिञ्झिनिया गाउँ र ओल्लो–पल्लो बस्तीहरू मिलाएर एक गाविस बन्यो । स्थानीय चुनावमा साधुराम गाविस अध्यक्षमा निर्विरोध निर्वाचित भए । मिलौटेहरूमध्येबाट शान्तिराम न्यौपाने झिञ्झिनिया मन्दिरका पूजारी भए ।

छिमेकीका एक बथान परेवा बिहानको उडानमा साधुरामको नजिकैबाट उडे । अर्का छिमेकीको कालो कुकुर पनि उनकै अगाडि पुच्छर हल्लाउँदै आयो । साधुरामको मनमा भने अभैm धेरै कुराहरू खेलिरहेका छन्, ‘नयाँ परिस्थितिमा यतिले मात्रै गाउँमा खुशी र शान्ति आउला र !’ साधुरामले परको मन्दिर हेरे, सूर्यको प्रकाश झन् झन् गाढा बन्दै गइरहेको छ, मन्दिरको छाया झन् सानो सानो हुँदै गइरहेको छ ।

भिञ्झिनिया गाउँबाट अगौटेहरू हराएपछि गाउँमा एउटा खबर आएको थियो—‘बहुदल आउनासाथ अगौटेहरू त काठमाडौं पो पसे अरे ! अहिले अगौटेहरू काठमाडौंमा के गर्दै होलान् ?‘

– ताइवान

Comments

comments

1 Trackback or Pingback for this entry