प्रिय !
मैले ‘हरियाली कोरियासँग’ भनेर
प्रेमपत्र लेखेको थिएँ
तिमीले त
‘हारियो कोरियासँग’ भन्ने पढेछौ क्यारे !
Pragati Raiजवाफ कहिल्यै लेखेनौ ।
छुट्नुको पीडा लेख्दिनँ म
रुनुको पीडा लेख्दिनँ म
दुनियाँले लेखेको कुरा लेख्दिनँ म
सुनेथेँ –
मैले घर छाड्दा सबैभन्दा धेरै पीर गर्ने
मेरा जोरीपारीहरू थिए रे !
साँच्चै !
मेरा दिदीबैनीले विदाइको बेला लगाइदिएका अवीर-टीका
दुनियाँ जित्न उक्साएका अथक उत्साह
सबैसबै बिर्सिएँछु कि क्या हो ?
यहाँ
हरेक बिहान मेरो घाम
हरियो सागको फेदमा उदाउँछ
प्रत्येक साँझ त्यहीँ कतै अस्ताउँछ ।
प्रिय !
माङलाई बल मागिदिनू !
संसार जित्न हिँडेको मान्छे
सगरमाथा नाघेर हिँडेको मान्छे
एक बित्ता अग्लो नोटको बार नाँघ्न म किन सक्तिन हँ ?
सायद !
म अझै उकालो जान चाहान्छु
वर्षौ देखि दु:खको बादलले ढाकेको मेरो घरमा
त्यो डाँडामाथिको उज्यालो
त्यो क्षितिजको धून ल्याउन चाहान्छु म ।
प्रिय !
भन्ज्याङको फलैंचामा चम्किलो मसीले यति लेखिदिनू !
‘हरेक बिहान
हरियो सागको फेदमा मेरो घाम उदाउँदा
र प्रत्येक साँझ त्यहीँ कतै अस्ताउँदा
कि म
जीवनको पसिनाले
कलात्मक सपना खिपिरहेको हुन्छु
कि म
सागजस्तै हरियाली कोरियाको गीत लेखिरहेको हुन्छु ।

Comments

comments

Comments are closed.