By-Laws (Bidhan) in PDF File>>GFNL_Bidhan_Final_v29

(महासङ्घ/संजाल स्थापनाको लागि तत्काल तयार पारिएको अवधारणा-पत्र, सूचना तथा प्रश्नोत्तर)

विश्वभरका नेपाली स्रष्टा र सिर्जनालाई समेट्ने साझा संस्थाको आवश्यकता

अवधारणा-पत्र

विषय प्रवेश
समयको गतिसँगै नेपाली साहित्य अघि बढ्दै जानेक्रममा अहिले कहाँसम्म पुग्यो र अब कता कसरी जानु पर्छ भन्ने सवालमा चिन्तन गर्नुपर्ने बेला भएको छ । समकालीन विश्व साहित्यले फड्को मारिरहेको बेला नेपाली साहित्य भने परम्परागत तरिकाले जेनतेन मात्र धानिरहेको अवस्था छ । त्यसैले समयको परिवर्तनसँगै विश्वव्यापी नेपाली साहित्यको श्रीवृद्धिको निमित्त नयाँ सोचका साथ नयाँ कार्य गर्न जरुरी भएको छ ।

साहित्य समाजको दर्पण हो र प्रत्येक व्यक्ति समुदायमा यसको महत्वपूर्ण भूमिका रहेको हुन्छ । व्यक्ति समुदायको पहिचान प्रतिष्ठा र अस्थित्वको साहित्यसँग प्रगाढ अन्तरसम्बन्ध रहेको हुन्छ । यसर्थ हाम्रो लागि साहित्य पनि अत्यन्तै महत्वपूर्ण पाटो हो ।

नेपालीपन नेपाली संस्कार संस्कृति दुःखः सुख र पीडा वेदना बोल्ने जुनसुकै भाषामा लेखिएको सिर्जना नेपाली साहित्य क्षेत्रभित्र पर्ने भएकोले नेपाली साहित्य जगत् विशाल र व्यापक छ । हाम्रो विशाल नेपाली साहित्यको विकास र विस्तारसँगै आ-आफ्नो ठाउँबाट सक्रिय हुनुपर्ने आवश्यकता झनै बढेको छ । पछिल्लो समयमा नेपालीहरु विश्वभर छरिएर रहेको अवस्थासँगै प्रविधि विकासको फ्यूजनले डायस्पोरामा रहेका स्रष्टासर्जकहरुको साहित्य क्षेत्रमा उपस्थिति उत्साहजनक छ भन्दा गलत नहोला । अझ यसलाई यसरी भनौँ नेपाली साहित्यका विरुवाहरु विश्वभर टुसाएका छन् यसबेला स्याहार सम्भार र संरक्षण गर्दै मलपानी लागाउनु पर्ने तड्कारो खाँचो छ । त्यसैले साझा पारदर्शिता सहअस्थित्व र ऐक्यबद्धता नाराको साथ विश्वव्यापी रुपमा साहित्यिक सन्जाल निर्माणमा हामी जुटेका छौ ।

अस्थित्वमा देखिएका विश्वका २ सय भन्दा बढि देशहरु मध्ये लगभग ९० प्रतिशत मुलुकहरुमा नेपाली मन र नेपाली मुटु बोकेर कोही न केही नेपालीहरु पुगेको अनुमान गर्न सकिन्छ । कुनै देशमा धेरैछन् कुनैदेशमा थोरैछन् । कुनै देशमा विभिन्न सङ्घसंस्थाहरु निर्माण भई सकेका छन् भने कतिपय देशमा निमार्ण हुने प्रकृयामा छन् । त्यस्तै गरि धेरै देशहरुमा साहित्यिक सङ्घसंस्थाहरु पनि स्थापना भई साचालनमा रहेका छन् । विभिन्न देशको आ-आफ्नो विशिष्टता बाहेक प्रवासमा हुने पीडा वेदना दुःखः दर्द सबैको उस्तै देखिन्छ र तिनै राम्रा नराम्रा अनुभव अनुभूतिहरु खुराक बनेर नेपाली साहित्यको रुपमा निरन्तर आइरहेको अवस्था छ । यिनै निरन्तर साहित्यिक सिर्जनाहरुबाटै अझ राम्रो साहित्यको आस गर्न सकिन्छ । त्यसैले यो अत्यन्तै सुनौलो अवसर पनि हो । यसलाई हामी तमाम स्रष्टा सर्जक तथा शुभचिन्तकहरुले आत्मसाथ गर्नुपर्ने बेला भएको छ ।

नेपाली साहित्य सेवाको निमित्त भनेर विश्वमा अनगिन्ति सङ्घसंस्थाहरु साचालनमा रहेका छन् । ती सबै संस्थाहरुको आ-आफ्नो ठाउँमा अस्थित्व र उच्च महत्व अवश्य रहेको छ । ती संस्थाहरुको योगदानबारे भोलि इतिहासको पानामा सुनौलो अक्षरले अवश्य लेखिने छ । अझ प्रवासमा अरु देशका नागरिकहरुबाट हुने अपमान अन्याय र शोषणको बाबजुद पनि गाँस काटेर साहित्य क्षेत्रमा तन मन र धन खर्च गर्ने स्रष्टाहरुको अवस्था जान्दा जो कसैको आँखा रसाउँछ तर नेपाली साहित्यको केन्द्रमा रहनेहरुलाई उक्त समस्याहरुको बारेमा अनविज्ञ हुनु आफैमा एउटा बिडम्बना हो । त्यसैले सशक्त र स्पष्ट पहिचान बोक्नसक्ने साहित्यिक सन्जाल निर्माण गरेर घरदेश र परदेशका साहित्यिक समस्याहरुको विरुद्ध एकजुट भई लड्न आवश्यक भएकोले यो साहित्यिक सन्जालको अवधारण आएको हो ।

एकता नै बल हो भन्ने मान्यताको आधारमा विश्वभरका समस्त स्रष्टा तथा साहित्यिक सङ्घ संस्थाहरुलाई एकै सन्जालमा समेटेर नेपाली साहित्यमा अरु धेरै विकास विस्तार र प्रगति गर्न सकिन्छ भन्ने विश्वास लिँदै विभिन्न अनुभवहरुलाई समेटेर यसपटक सही सदुपयोग गर्ने जमर्को गरेका छौँ । विभिन्न देशमा रहनु भएका धेरै स्रष्टा सर्जकहरु र सङ्घ सङ्गठनहरु सम्पर्कमा आउनु भएको छ र आउनेक्रम जारी छ । यथासम्भव सबै स्रष्टा सबै संस्थाको सामूहिक प्रयत्नमा यो सन्जाल स्थापना हुँदैछ । यसर्थ तपाईँ सबैलाई राम्रो कामको निमित्त सद्भाव आशिष् सल्लाह सहमति सहकार्य सहयोग र संलग्नताको लागि आव्हान गर्दछौँ ।

विश्वभरका नेपाली साहित्यलाई समेट्ने उद्देश्यले निर्माणधिन यो व्यापक सन्जाल निश्चय नै नयाँ सोच नयाँ जोस हो र यस रचनात्मक कामको लागि नयाँ र नौलो कार्यक्रमहरुको पनि आवश्यकता पर्दछ । त्यसैले यस सन्जालको अवधारणाभित्र सबैलाई समेट्ने विशेषतः साझा भावना रहेको छ र रहनेछ । यस्ता राम्रा कामका लागि सबैबाट सरसहयोग सुझाव र सहभागिता हुनेमा हामी पूर्ण विश्वस्त छौँ । यो साझा काम साझा दायित्व पूरा गर्न हामी सबै आजैबाट जुटौँ ।

प्रस्तावित नयाँ सन्जालको बारे छलफलको लागि आधारभूत रणनीति तथा तत्कालीन नियमित र दीर्घकालीन कार्ययोजनाहरु प्रस्तावित रुपमा यहाँ प्रस्तुत गरिएको छ ।

हाम्रो मान्यता
साझा पारदर्शिता सहअस्थित्व र ऐक्यबद्धता

हाम्रो आधारभूत कार्यनीतिहरु
१. देशदेशमा शाखाहरु बन्ने छन् साथै कुनै पनि देशमा साचालन भइरहेको साहित्यिक संस्थालाई समेत साङ्केतिक शुल्क लिएर सम्बन्धन दिन सकिने छ ।
२. सम्पर्क वा मुख्य कार्यालय नेपालमा रहने छ । कारण – धेरैलाई र सधैँलाई सजिलो हुनेछ । कुनैपनि देशको बर्चश्व देखिने छैन । धेरै मुलुकमा रहेका नेपाली साहित्यका स्रष्टाहरु नेपाल प्रायः आउने जाने गर्ने भएकोले प्रभावकारी हुनेछ ।
३. यो संस्था नेपालमै विशिष्ट हैसियत हुने प्रकारले दर्ता गरिने छ । गैर आवासीय नेपाली सम्बन्धी नियमावली २०६६ परिच्छेद ४ दफा १२ मा व्यवस्था भए अनुसार २५ मुलुकका कम्तीमा ५० जनाले आवेदन दिई यस साहित्य महासङ्घको दर्ता गरिनेछ ।
४. नेपाली साहित्यको लागि विदेशमा रहेका नेपालीहरु माझ सम्पर्कमा जानको लागि गैर आवासिय नेपाली सङ्घसँग सम्बन्ध नजिकको कायम गरिने छ । साहित्यको क्षेत्र भएकोले संङ्घ नपुगेको ठाँउमा पनि साहित्य महासंघ सजिलै पुग्ने भएकोले सङ्घलाई पनि सहयोग गरिनेछ ।
५. कामकाजको मुख्य भाषा नेपाली भाषा हुनेछ । कारण – सजिलो र आफ्नो माटोको भाषाको सम्मानार्थ तर विधान आचारसंहिता घोषणा-पत्र लगायतका महत्वपूर्ण दस्तावेजहरु नेपाली र अन्तर्राष्ट्रिय भाषा अङ्ग्रेजी स्पेनिस रसियन आदि भाषामा रहने छ ।
६. संस्थाको हिसाव किताब मुख्यगरी नेपालीमा र आवश्यकता अनुसार अङ्ग्रेजी लगायतमा देखाइने/राखिने छ ।
७. संस्थापकः भानु जयन्ती भेला वा कुनै समारोह वा कार्यक्रमको नाम रहनेछ । कारण – नेपाली भाषीय एकताको प्रतीकको रुपमा भानु जयन्ती स्थापित भइसकेकोले । भविष्यमा मिडियाले संस्थापकको रुपमा कसैको नाम उल्लेख गरेमा सम्बन्धित व्यक्तिले सम्बन्धित मिडिया र समितिमा प्रतिकि्रया वा स्पष्टीकरण लेख्नु पर्नेछ ।
८. केन्द्रीय समितिको कार्यावधि ३ वर्षको हुनेछ ।
९. नयाँ कार्य समिति निर्माण हुँदा अघिल्ला कार्यकारी पदाधिकारीहरु मध्येका एकचाहिँ अनिवार्य यथावत पदमा वा कार्यकारी पदाधिकारीकै रुपमा सक्रिय अनुभवी सदस्य (सअस) Early Committee Experties (ECE) रहने छ । यसको छनौट अघिल्लो कार्यकालमा सबैभन्दा धेरै काम गरेका व्यक्तिहरु मध्येबाट तोकिने छ । किन कि – टाढाटाढा रहेर काम गर्नुपर्ने भएकोले सबै नयाँ पदाधिकारीहरु मात्र रहँदा अलमलमा पर्न सक्छन् । त्यसैले यसको व्यवस्था गरिएको हो । यस पदको लागि अघिल्लो समिति वा निर्वाचन आयोगले तोक्नेछ ।

सअसको काम कर्तव्य र अधिकार- समितिलाई सहयोग सल्लाह दिँदै सतर्क गराउने । नैतिक अधिकार उपाध्यक्ष सरह हुनेछ तर समिति निरन्तर साचालन भइरहेको अवस्थामा यो पद सकि्रय हुने छैन । एक वर्षभन्दा बढी समितिले कुनै काम नगरेको अवस्थालाई निष्क्रिय भएको मानिने छ । एक व्यक्तिले सअसको जिम्मेवारी दुई कार्यकालभन्दा बढी निरन्तर गर्ने छैन । यस पदाधिकारीको नामको पछाडि सअस वा (ECE) लेखेर जनाइने छ ।

१०. संस्थाको अध्यक्षले लगातार तेस्रो पटक जिम्मेवारी बहन गर्ने छैन तर अर्कैको एक कार्यकालपछि पुनः अध्यक्ष हुन पाउने अधिकारलाई रोक लागेको मानिने छैन ।
११. केन्द्रीय समितिको मतदान वा चुनाउमा – एक शाखा एक भोट गन्ने र आजीवन/संरक्षक सदस्यहरुको दश भोटलाई एक शाखा सरह मान्ने । वा एक शाखा एकभोटको १०० अङ्क र सम्बद्धता संस्थाको एकभोटको ५० अङ्क हुनेछ भने एक आजीवन/संरक्षक सदस्यको एकभोटको १० अङ्क मान्यता हुनेछ शाखा स्थापना भएको कम्तीमा ६ महिना र कम्तीमा दुईवटा सार्वजनिक कार्यक्रम गरेको हुनु पर्नेछ तब मात्र शाखा/सम्बद्धता प्राप्त संस्थाले भोट दिन पाउने छ । निर्वाचन आयोगले तोकेको मितिभित्र बनेका आजीवन/संरक्षक सदस्यले भने तत्कालै भोट दिन पाउने छन् ।
१२. सम्बन्धन प्राप्त संस्थाले पनि यस सन्जालको केन्द्रीय समितिको चुनावमा भोट दिन र पुरस्कार तथा सम्मानको लागि उपयुक्त व्यक्तिको नाम सिफारिस गर्न पाउने छ ।
१३. कम्तीमा १० वटा मुलुकमा रहेका नेपाली साहित्यका स्रष्टाहरुको संलग्नता रहेपछि मात्र सामूहिक रुपबाट यो संस्थाको स्थापना भएको घोषणा गरिने छ । यस सन्जाल स्थापना भएको घोषणासँगै विधान निर्माण समिति निर्माण गरी व्यापक र उपयुक्त विधान बनाई लागू गरिनेछ ।
१४. यो संस्था सामूहिक रुपबाट व्यापक आवश्यकता महसुस भएको कारण स्थापना भएको हो । यो कुनै पनि संस्थाको विरुद्धमा निर्माण भएको होइन । साहित्यिक जुनसुकै संस्थामा आबद्ध व्यक्ति यस सन्जालमा संलग्न हुन सक्नेछ ।
१५. हामी नेपाली र हामी नेपालीले बोल्ने सबै भाषा साहित्य नै नेपाली साहित्य हुन् । त्यसैले नेपाली साहित्य र नेपाली भाषा साहित्य लगायतको श्रीबृद्धिको लागि यो सन्जाल काम गर्नेछ ।

हाम्रो तत्कालीन र दीर्घकालीन कार्ययोजनाहरु

तत्कालीनः
१. हाम्रो सन्जालको वेभपेज तत्काल निर्माण गरि साचालनमा ल्याउने जसले हामीलाई काम गर्न सूचना प्रभाव गर्न मद्दत पुग्नेछ ।
२. अत्याधुनिक प्रविधिमा समेत नेपाली साहित्य प्रवेश गरिसकेको परिप्रेक्ष्यमा प्रविधिलाई माध्याम बनाएर विभिन्न प्रकारको कि्रयाकलाप तथा प्रतियोगिताको आयोजना गर्दै विश्वभरको स्रष्टाहरु माझ उपस्थिति दर्शाउदै सिधैँ सम्पर्कको पुल निर्माण गरी सहयोगी र
अभिभावकत्व प्रदान गर्ने ।
३. नेपाल प्रज्ञा प्रतिष्ठानसँग समन्वय गर्दै डायस्पोरामा फैलिँदै गएको नेपाली साहित्यको पहिचान र प्रतिष्ठाको लागि प्रज्ञा प्रतिष्ठानमा डायस्पोरा विभाग राख्न माग गर्ने ।
४. विभिन्न लेखकले विभिन्न भाषामा नेपाल तथा नेपाली संस्कार संस्कृतिको बारेमा लेखेका लेख तथा पुस्तकहरुमा गल्ती कुराहरु बेग्रेल्ती पाइन्छन् । यसर्थ उनीहरुलाई सहयोगीको रुपबाट सुधार गर्न सल्लाह सुझाव र दबाब दिन कम्तीमा ३ देखि ७ जनाको टास्कफोर्स तयार गर्ने ।
५. सन्जालको मातहतमा विभिन्न पुरस्कार सम्मान तथा उत्कृष्ट पुस्तक छनौट गरी प्रदान गर्ने तुरुन्तै पहल थाल्ने । डायस्पोरा नेपाली साहित्यको लागि २ बटा पुरस्कार र २ बटा सम्मान साथै नेपालको लागि १ जनालाई पुरस्कार र १ जनालाई सम्मान प्रत्येक वर्ष प्रदान गर्ने ।
६. भाषाभाषी मातृभाषा साहित्य अन्र्तगत वर्षमा दुईवटा पुरस्कार प्रदानको लागि व्यवस्था गर्ने ।
७. समयानुकुल र स्थानअनुकूल बनाई एक कार्यकालमा एउटा विश्व नेपाली साहित्य सम्मेलन गर्ने ।
८. “जहाँ नेपाली त्यहाँ सन्जाल” भन्नेू अभियान चलाई नेपाली रहेका प्रत्येक देशमा सन्जालको स्थापना गर्ने तथा त्यहाँ रहेका साहित्यिक संस्थासँग समन्वय गरी सम्बन्धन प्रदान गर्ने ।
९. “साहित्य र संचार स्रष्टाको लागि स्रष्टाबाटै हेरचार” कार्यक्रम अन्तगर्त कुनै पनि साहित्यकारको प्रगतिमा बधाई र दुःखद् घडीमा समवेदना दिने साथै विरामी स्रष्टाको लागि सहयोगको कार्यक्रम ल्याउने ।
१०. आफ्नो पुस्तक वा सङ्ग्रह प्रकाशन गर्न चाहने तथा कुनै पनि कृति प्रकाशन गर्न चहानेलाई प्रोत्साहन सल्लाह र सहयोग गर्ने ।

नियमित
१. यस सन्जालको नियमित गतिविधिहरुको अभिलेख राख्नको लागि त्रैमासिक÷चौमासिक मुखपत्र
प्रकाशन गर्ने साथै सन्जालको वेभपेजमा नियमित अपलोड गर्ने ।
२. अघिल्ला कार्य समितिले गरेका राम्रा कार्य योजनाहरुलाई निरन्तरता दिने ।
३. विभिन्न अवसरहरु – जन्मजयन्ती साहित्यिक चार्डपर्वहरुमा नियमित तवरले साहित्यिक कार्यक्रमहरु गर्ने ।
४. यस सन्जालको आजीवन सदस्यता विस्तार गर्ने ।
५. विभिन्न माध्ययमबाट देशविदेशका स्रष्टा सर्जकहरु सँग सम्पर्कमा रहने ।

दीर्घकालीनः

१४. घरदेशदेखि भौगोलिक दुरीमा रहेका कारण तथा अज्ञानताको कारण विदेशमा रहेका कतिपय नेपालीहरुले आफ्ना बालबालिकालाई नेपाली तथा मातृभाषा सिकाउने नगरेको अवस्था पनि छ । यसर्थ उनीहरुलाई नेपाली भाषा तथा मातृभाषा कला संस्कार र संस्कृतिको बारेमा सचेतना दिनको निम्ति विभिन्न क्रियाकलापहरु गर्ने ।
१५. नेपाली साहित्यलाई विभिन्न अन्य भाषामा अनुवाद गर्ने साथै दुई विशाल छिमेकी मुलुक चीन र भारतमा बोलिने भाषा साहित्यसम्म न्यूनतम पहुँच राख्न प्रयत्न गर्ने ।
१६. डायस्पोरामा नेपालीहरुलाई जोड्ने र एकतामा बाध्ने मुख्य माध्याम नै भाषा हो भने हाम्रो भाषिक एकताको प्रतीक मध्ये एक आदिकवि भानुभक्त हुन् र उनको भग्नावशेष जन्मस्थलको पुर्ननिर्माण तथा संरक्षण गरी साहित्यिक पर्यटक स्थलको रुपमा विकास गर्न सरकारलाई
सुझाव सहयोगसहित दबाब दिने ।
१७. प्रवासी नेपाली साहित्यलाई पनि नेपालको विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्न नेपाल सरकारको सम्बन्धित विभागमा सुझाव तथा दबाब दिने ।
१८. प्रवासी नेपाली साहित्य सिर्जना र स्रष्टा अर्थात समग्र नेपाली डायस्पोरिक साहित्यको सम्बन्धमा स्नाकोत्तर तह (Master’s Level) र विद्यावारिधि तह (Ph. D.) का अनुसन्धानकर्ताहरुलाई वा कुनैपनि खोजकर्तालाई प्रोत्साहनको लागि यथासम्भव विभिन्न सहयोग गर्ने साथै खोजकर्तालाई हाम्रो सन्जालको तर्फबाट सम्मान तथा कदर-पत्र प्रदान गर्ने ।
१९. विभिन्न देशमा काम गर्ने स्रष्टाहरु नेपाल आएको अवसरमा हाम्रा प्रतिनिधिहरुले वहाँहरुसँग नियमित दुःख सुख र साहित्यिक अवस्था एकआपसमा बाड्न स्रष्टा संवाद नामको कार्यक्रम साचालन गरिने छ ।
२०. प्रवासमा रहेर प्रकाशन भएका/गरेका कृतिको कम्तीमा एकदुई प्रति जम्मा गरेर नेपाली डायस्पोरिक साहित्यको निम्ति अध्ययन तथा आदानप्रदानमा मद्दत पुगोस् भन्ने उद्देश्यले पुस्तकालयको व्यवस्था गर्ने ।

प्रस्तावित नाम

१. विश्व नेपाली साहित्य महासङ्घ
जम्मा १३ वटा प्रस्तावित नाम मध्ये छनौट गरिएको हो ।

प्रस्तावित वेभ साइटको नाम

१. www.nepaliliterature.org
२. www.gfnl.org

जम्मा ५ वटा प्रस्तावित डोमेन नेममध्ये छनौट गरिएको हो ।

नेपालीहरु विश्वव्यापी रुपमा ठूलो सङ्ख्यामा फैलिँदै जानु समयको परिवर्तनसँगै प्रविधिको तीब्र विकास हुदै जानुले यो विश्वव्यापी सन्जालको अवधारणा आएको हो र स्थापनाको लागि सम्भावना बनेको हो । यो कार्यको थालनी झण्डै ढिलो सुरु भएको पनि अनुभूति हुदैछ । त्यसैले समय र अवसरले हामीलाई पर्खँदैन भन्ने कुरालाई आत्मासाथ गर्दै धमाधम सन्जाल निर्माणको कार्यमा जुटेका छौ ।

विश्वभर छरिएर रहनु भएका सम्पूर्ण साहित्यकार शुभचिन्तकहरुको सामूहिक सकि्रयता सद्भाव तथा शुभ-आर्शीवादबाट सामूहिक हितको निमित्त यस सन्जालको स्थापना र साचालन हुनेमा हामी आस र विश्वास गरौँ । यो हामी सबैको साझा दायित्व हो र प्रत्येक व्यक्तिको कर्तव्य हो यसर्थ आफ्नो स्थानबाट यथासम्भव सहयोग र सहभागिताको लागि आजैबाट सुरु गरौँ ।

– जय नेपाली साहित्य ॥
——————————————————————————————-

(साहित्य महासङ्घको प्रथम भेला १४ अगस्ट २०१० द्धारा पारित)

विश्व नेपाली साहित्य महासङ्घ
केन्द्रीय समितिको
विधान
सन् २०१०

प्रस्तावनाः

विश्वभरका विभिन्न मुलुकहरुमा छरिएर रहेका समस्त नेपाली साहित्यका स्रष्टा सर्जकहरुलाई आपसमा चिनजान सरसहयोगको वातावरण निर्माण तथा सद्भाव अभिबृद्धि गर्नको निम्ति नेपाली साहित्यको विकास विस्तार सुधार र संवद्र्धन गर्नको लागि साहित्यिक सङ्घसस्थाहरु बीच समन्वयकारी सन्जालको भूमिका निर्वाह गर्न यो विशुद्ध साहित्यिक संस्थाको आवश्यकता महसुस भई स्थापना भएको हो । यस संस्थालाई प्रजातान्त्रिक प्रकृयाबाट साझा र पारदर्शि तवरले साचालन गर्नको लागि यो विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय समितिको विधान सन् २०१० निर्माण गरी लागू गरिएको छ ।

परिच्छेद १

प्रारम्भ

१. नाम चिन्ह र प्रारम्भ

(क) यस संस्थाको नाम “विश्व नेपाली साहित्य महासङ्घ” अङ्ग्रेजीमा Global Federation
for Nepali Literature (GFNL) रहनेछ ।
(ख) यस संस्थाको चिन्ह छाप लेटरप्याड अनुसूचि १, २ र ३ मा उल्लेख भए बमोजिम हुनेछ ।
(ग) यो विधान भेलाबाट पारित भएपछि लागू हुनेछ ।

२. परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यो विधानमा

(क) ‘विधानु’ भन्नाले विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय समितिको विधान सन् २०१०
बुझ्नु पर्दछ ।
(ख) ‘महासङ्घ’ भन्नाले विश्व नेपाली साहित्य महासङ्घ भन्ने बुझ्नु पर्दछ ।
(ग) ‘समिति’ भन्नाले एक भन्दाबढि देशहरुबाट नेपाली स्रष्टाहरुको सहभागितामा यस विधान बमोजिम निर्माण भएको महासङ्घको केन्द्रीय कार्य समिति भन्ने बुझिन्छ ।
(घ) ‘नियमु भन्नाले महासङ्घको विधान अन्तर्गत बनेको नियम उपनियम विनियम आदेश तथा आचार संहिता समेतलाई बुझाउँछ ।

३. उद्देश्यहरुः
नेपाली साहित्य जन्मभूमि कर्मभूमि अनि आउँदो पुस्ताहरुप्रति उत्तरदायी बन्दै

(क) विश्वभर नेपाली साहित्य विस्तार विकास संवद्र्धन प्रोत्साहन र हौसलाको लागि आवश्यक कामहरु गर्ने ।
(ख) साहित्यिक व्यक्तित्व तथा समस्त स्रष्टा सर्जकहरुबीच आपसमा चिनजान मित्रता भातृत्व सहिष्णुता सद्भाव र सहयोगको अभिबृद्धि गर्दै सम्पर्क सेतुको काम गर्ने ।
(ग) देशविदेशमा रहेका विभिन्न नेपाली साहित्यिक सङ्घ संस्थाहरुसँग समन्वय र सहकार्य गर्दै समउद्देश्य बोकेका संस्थाहरुसँग सम्बद्धता कायम गर्ने ॥
(घ) साहित्यिक हक अधिकारको लागि कार्यरत रहने ।
(ङ) नेपाली परिचयलाई देशविदेशमा सम्मानित र उच्च पहिचानयुक्त बनाउन आवश्यक कार्य गर्ने ।
(च) प्रवासी नेपाली साहित्यको पहिचान र सम्मानको लागि गुणस्तरीय साहित्यमा जोड दिँदै सम्बन्धित निकायहरुमा आवाज र दबाब पुर् याउने ।
(छ) विश्वभरका विभिन्न मुलुकमा रहनु भएका नेपाली साहित्यकार साहित्य साहित्यिक गतिविघि र साहित्यिक सङ्घ सङ्गठनबारे जानकारी लिने अभिलेख राख्ने साहित्यिक समस्या तथा समाधानको लागि पहल/सहयोग गर्ने ।
(ज) विश्वभरका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भाषा साहित्यका सङ्घ सङ्गठन तथा साहित्यिक व्यक्तित्वहरुसँग यथासम्भव सम्पर्क र समन्वय गर्ने ।
(झ) नेपाली साहित्य पर्वते खस भाषा/विभिन्न मातृभाषा को श्रीबृद्धिको लागि आवश्यक विभिन्न कार्यहरु गर्ने ।

तर माथि जेसुकै भनिए तापनि संस्थाको कुनै कि्रयाकलापले कुनै राष्ट्र अन्तर्राष्ट्रिय सङ्घ सङ्गठनको सम्बन्धमा प्रतिकूल असर पार्ने वा सरकारको परराष्ट्र नीतिको बर्खिलाप हुनजाने वा अखण्डता सार्वभौमसत्ता स्वतन्त्रता तथा शान्ति सुरक्षामा खलल पुग्ने कुनै काम गर्नेछैन ।

४. कार्यालय

महासङ्घलाई अनुकूल पर्ने ठाउँमा रहने छ । मुख्य/सम्पर्क कार्यालय नेपालमा रहने छ ।

५. सदस्यता
सदस्यता जम्मा ६ प्रकारको हुनेछन् ।

(क) साधारण सदस्यः तोकिएको शुल्क तिरेर बनेका केन्द्र वा शाखाका सबैजना सदस्यहरु ।
(ख) आजीवन सदस्यः तोकिएको शुल्क तिरेर यो सदस्यता प्राप्त हुनेछ । यो सदस्यता केन्द्रीय समितिको मातहतमा रहने छ । यो सदस्यता सधैँ र सबै देशहरुमा मान्य हुनेछ ।
(ग) विशिष्ट संरक्षक सदस्य र संरक्षक सदस्यः तोकिएको शुल्क तिरेर यो सदस्यता प्राप्त हुनेछ । यो सदस्यता केन्द्रीय समितिको मातहतमा रहनेछ । यो उच्च सम्मानित सदस्यताको रुपमा सधैँ र सबै देशमा मान्य हुनेछ ।
(घ) सद्भाव सदस्य राष्ट्रिय सदस्यः राष्ट्रिय समिति वा शाखा मातहतमा रहने छ । यसको मान्यता एक देशभित्र मात्र हुने छ ।
(ङ) मानार्थ सदस्यः सम्मान स्वरुप यो सदस्यता व्यक्ति वा संस्थालाई प्रदान गर्न सकिने छ ।
(च) संस्था सदस्य सम्बन्धनः तोकिएको निश्चित शुल्क लिई यस संस्थाको नियमलाई पालना गर्छु भन्ने सहमतिपत्रमा सहमतिपछि साहित्यिक सङ्घ संस्था अनलाइन साहित्य र प्रिन्ट साहित्यलाई यो सदस्यता प्रदान हुनेछ ।

६. सदस्यताको लागि योग्यता

(क) सदस्यताको लागि – साहित्यमा अभिरुची राख्ने व्यक्ति हुनुपर्नेछ ।
(ख) सबै तहको समिति पदाधिकारीको लागि कम्तीमा १ वटा साहित्यिक कृति प्रकाशन गरेको हुनुपर्नेछ । विशेष परिस्थितिमा मात्र साहित्यमा अभिरुचि राख्ने व्यक्ति पदाधिकारी रहन सक्नेछन् ।
(ग) केन्द्रीय समिति पदाधिकारी तथा सदस्यको लागि अनिवार्य आफ्नो साहित्यिक कृति प्रकाशन गरेको हुनुपर्नेछ र उमेर ३० वर्ष वा त्योभन्दा बढी उमेर पुगेको व्यक्तिलाई प्राथमिकता हुनेछ । राष्ट्रिय शाखा सम्बन्धन प्राप्त संस्थाबाट चुनिएर आएका प्रतिनिधिहरुको हकमा उमेरको हद लाग्ने छैन ।
(घ) केन्द्रीय समिति पदाधिकारी तथा सदस्यको लागि राष्ट्रिय शाखा सम्बन्धन प्राप्त संस्थामा आबद्ध भई कम्तीमा २ वर्ष काम गरेको हुनुपर्ने छ । केन्द्रीय पार्षद्को लागि प्रत्येक राष्ट्रिय शाखा र सम्बन्धन प्राप्त संस्था समितिबाट प्रतिनिधिहरु आउने छन् ।

७. सदस्यता शुल्क
नेपाली रुपैया वा सो सरह हुनेछ

(क) विशिष्ट संरक्षक सदस्य – रु ७५ हजार वा सो भन्दा बढी
(ख) संरक्षक सदस्य – रु २५ हजार
(ग) महासङ्घ आजीवन सदस्य – रु ५ हजार
(घ) संस्था सम्बन्धन सदस्यता – रु ३ हजार
(ङ) अनलाइन साहित्य तथा पि्रन्ट साहित्य सम्बन्धन सदस्यता – रु २ हजार
(च) राष्ट्रिय सद्भाव सदस्य – १ हजार नेपालबाहिर यु। एस। २० डलर वा सो सरह वा राष्ट्रिय समिति आफैले तोक्न सक्नेछ ।
(छ) साधारण सदस्य – रु १ सय नेपालबाहिर यु। एस। ५ डलर वा सो सरह वा शाखा समिति आफैले तोक्न सक्नेछ ।

परिच्छेद – २
साङ्गठानिक स्वरुप

८. समिति

कमिटीमा २७ देखि ३५ जनासम्मको सबै क्षेत्र जाति बर्ग र लिङ्गको यथासम्भव समान प्रतिनिधित्व हुनेगरी समावेशी रहने छ जस अन्तर्गतः

अध्यक्ष १
वरिष्ठ उपाध्यक्ष १
उपाध्यक्ष ३ देखि ५ जना महिला क्षेत्रीय र समावेशी गरेर
महा-सचिव १
सचिव १
उप-सचिव १
साहित्य साचार संयोजक १
सङ्गठन सचिव १
आर्थिक सचिव १
आर्थिक सह-सचिव १

सदस्यहरु – अनुकूलता अनुसार
समितिका पदाधिकारीहरु मध्ये एक जना सक्रिय अनुभवी सदस्य (सअस) Early Committee Experties (ECE) रुपमा रहनेछ/तोकिने छ ।
सल्लाहकार बढीमा १५ जनासम्मको रहनेछ ।

९. विश्व केन्द्रीय परिषद्

यथासम्भव प्रत्येक देशको शाखाबाट वा संम्बन्धन प्राप्त शाखाबाट कम्तीमा १ जना र बढीमा ३ जना यस पार्षद्को सदस्य चुनिने वा मनोनित हुनेछन् । परिषद् सदस्य बढी भएको महसुस भएमा क्षेत्र र शाखाको सदस्य सङ्ख्याको आधारमा निर्धारण गरिनेछ ।

१०. महासङ्घको तह र नाम

(क) विश्वमा एकमात्र र उच्च तह – केन्द्रीय समिति वा विश्व केन्द्रीय समिति दुवै भनिने छ । केन्द्रीय परिषद् वा विश्व केन्द्रीय परिषद् भनिनेछ ।
(ख) एक सिङ्गो देशलाई समेट्ने – राष्ट्रिय समिति र राष्ट्रिय परिषद् हुने छ । पहिला शाखा बन्ने छ र ३ वटा वा त्यो भन्दा बढी शाखा निर्माण तथा सम्बन्धन प्राप्त संस्थाहरुलाई समेटेर राष्ट्रिय समिति बन्ने छ । एकदेशमा एक मात्र शाखा छ भने त्यसैलाई सिङ्गो देशको प्रतिनिधित्व गर्ने शाखाको रुपमा मान्यता हुनेछ र शाखा परिषद् गठन गर्न सक्ने छ ।
(ग) प्रत्येक इलाका सहर गाउँ टोल विश्वविद्यालय विद्यालय आदि क्षेत्र समेट्न शाखा च्याप्टर समिति रहने छ । महासङ्घको प्रत्येक तहको समितिमा सल्लाहकार रहने छन ।

परिच्छेद -३
काम कर्तव्य र अधिकार

११. अध्यक्ष

(क) केन्द्रीय समिति र केन्द्रीय पारिषद्को बैठक भेला वा सम्मेलनको अध्यक्षता गर्ने ।
(ख) संस्थाको नैतिक जिम्मेवारी लिने ।
(ग) पदाधिकारीउपर अविश्वासको प्रस्ताव आएमा निकास दिने ।
(घ) कुटनैतिक निमन्त्रणामा कार्यकारी अध्यक्षसँग निकट रही दुबै वा सहमतिमा उपस्थित हुने ।
(ङ) केन्द्रीय समिति र केन्द्रीय पार्षद्को नेतृत्व गर्ने ।
(च) मत बराबर भएमा निर्णायक मत दिने ।

१२. बरिष्ठ उपाध्यक्ष

(क) अध्यक्षको अनुउपस्थितिमा अध्यक्षको समेत काम गर्ने ।
(ख) तोकिएको कुनै पनि काम गर्ने ।

१३. उपाध्यक्ष
(क) अध्यक्ष र वरिष्ठ उपाध्यक्षको अनुपस्थितिमा अध्यक्षको समेत काम गर्ने ।
(ख) आफ्नो क्षेत्रमा खट्ने तथा आफ्नो इलाकाको जिम्मेवारी लिने ।
(ग) अध्यक्षको काममा सहयोग पुरयाउने ।
(घ) तोकिएको कुनै पनि काम गर्ने ।

१४. महा-सचिव

(क) बैठकलाई इमेल/चिठ्ठी पठाउने ।
(ख) संस्थाको नियमित कार्य साचालन गर्ने ।
(ग) केन्द्रीय समिति र केन्द्रीय परिषद्को बैठक तथा भेलाको निर्णयलाई लिखित रुपमा राख्ने ।
(घ) टेली कन्फेरेन्सको लागि व्यवस्था मिलाउने
(ङ) वार्षिक कार्य योजना र संस्थाको प्रतिवेदन तयार गर्ने ।
(ङ) तोकिएको कुनै पनि काम गर्ने ।

१५. सचिव

(क) महा-सचिवको अनुउपस्थितिमा महा-सचिवको काम गर्ने ।
(ख) महा-सचिवको काममा सहयोग पुरयाउने ।
(ग) तोकिएको कुनै पनि काम गर्ने ।

१६. उप-सचिव

(क) महा-सचिव र सचिव दुवैको अनुपस्थितिमा काम गर्ने ।
(ख) महा-सचिव वा सचिवको काममा सहयोग पुरयाउने ।
(ग) अध्यक्षको सबैभन्दा नजिक रहेर काम गर्ने ।
(घ) तोकिएको कुनै पनि काम गर्ने ।

१७. साहित्य संचार संयोजक

(क) साचार क्षेत्रको लागि संस्थाको तर्फबाट काम गर्ने ।
(ख) साहित्यिक अनलाइन पि्रन्ट अडियो भिडियो लगायतको लागत राख्ने ।
(ग) महासङ्घको कार्यक्रमबारे समाचार बनाउने प्रेस विज्ञप्ति घोषणा सूचना आदि यथासक्दो धेरै मिडियाहरुमा दिने ।
(घ) संस्थाको वेभपेज अपडेट गर्ने मुखपत्र स्मारिका आदिको लागि काम गर्ने ।
(ङ) आवश्यक भएमा साहित्य साचार समिति गठन गरी प्रभावकारिता ल्याउने ।
(च) तोकिएको कुनै पनि काम गर्ने ।

१८. सङ्गठन सचिव

(क) विश्वव्यापी रुपमा सङ्गठन विस्तार गर्ने ।
(ख) तोकिएको कुनै पनि काम गर्ने ।

१९. आर्थिक सचिव

(क) संस्थाको कोष सङ्कलन गर्ने गराउने ।
(ख) संस्थाको सम्पूर्ण चल अचल सम्पतिको लिखत रेकर्ड राख्ने ।
(ग) आर्थिक प्रतिवेदन पेश गर्ने ।
(घ) संस्थाको वार्षिक बजेट तयार गर्ने ।
(ङ) तोकिएको कुनै पनि काम गर्ने ।

२०. आर्थिक सह-सचिव

(क) आर्थिक-सचिवको अनुउपस्थितिमा आर्थिक-सचिवको काम गर्ने ।
(ख) आर्थिक सचिवको काममा सहयोग पुरयाउने ।
(ग) तोकिएको कुनै पनि काम गर्ने ।

२१. समिति सदस्य

(क) निर्णयहरु पालना गर्दै ब्यवहारमा ल्याउने ।
(ख) तोकिएको कुनै पनि काम गर्ने ।

२२. आजीवन सदस्य

(क) तोकिएको कुनै पनि काम गर्ने ।
(ख) केन्द्रीय र शाखाको निर्वाचनमा भोट दिने ।

२३. विशिष्ट संरक्षक सदस्य/संरक्षक सदस्य

(क) तोकिएको दुई कार्यकाल अर्थात ५ वर्ष सम्म केन्द्रीय समिति पूर्ण निष्कृय भएमा संस्था बचाउनको लागि आवश्यक पहल गर्ने ।

२४. परिषद् सदस्य

(क) छलफलको लागि बुँदांहरु केन्द्रीय समितिमा पठाउने ।
(ख) सभा सम्मेलनमा सहभागिता जनाउने ।
(ग) आफ्नो शाखाको गतिविधिमा सहभागी हुने ।
(घ) आफ्नो इलाकाको जानकारी केन्द्रमा पठाउने र केन्द्रको जानकारी ल्याउने ।
(ङ) तोकिएको कुनै पनि काम गर्ने ।

२५. सल्लाहकार

(क) संस्थाको कार्यलाई नजिकबाट मूल्याङ्कन गर्दै सल्लाह दिने ।

२६. महासङ्घ सदस्य केन्द्र शाखाका तथा सम्पूर्ण पदाधिकारीहरु

(क) यस संस्थाको हित हुने कि्रयाकलापमा मात्र सरिक/सहभागी हुने ।

परिच्छेद ४
आर्थिक

२७. आर्थिक स्रोत

(क) सदस्यता शुल्कबाट ।
(ख) आबद्ध संस्थाहरुबाट प्राप्त सहयोग ।
(ग) संस्था वा व्यक्तिबाट प्राप्त अनुदान ।
(घ) अन्य कुनै च्यारिटी आयोजनाबाट ।
(ङ) प्रत्येक शाखाले बनाएको आजीवन सदस्य शुल्क वापत प्राप्त ।

२८. चलअचल सम्पित

(क) चलअचल सम्पतिको पूर्ण विवरण तोकिए बमोजिम राखिनेछ ।

२९. कोष

(क) संस्थाको नाममा बैंक खाता खोली कोष साचालन गरिने छ ।
(ख) कोष साचालनको लागि छुट्टै विशेष समिति तथा आचारसंहिता निर्माण हुनेछ ।

३०. आर्थिक लेखा परीक्षण

(क) अर्धवार्षिक वा वार्षिक टेलिकन्फरेन्स गरी आयब्यय प्रस्तुत गरिने छ र उक्त आयब्ययलाई साइटमा अपडेट गरिने छ ।
(ख) आवश्यकता भएमा मान्यता प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराइने छ ।
(ग) उक्त परीक्षणको विवरण र वार्षिक प्रतिवेदन सम्बन्धित निकायमा पेश गरिने छ ।

परिच्छेद ५
शाखा राष्ट्रिय समिति तथा सम्बन्धन प्राप्त संस्था सम्बन्धी व्यवस्था

३१. शाखा राष्ट्रिय समिति र सम्बन्धनबारे व्यवस्थाः

(क) प्रत्येक शाखा राष्ट्रिय समिति र सम्बन्धन प्राप्त संस्थाले केन्द्रको यस विधानलाई पालना गर्नु पर्ने छ तर देशको विशिष्टतासँगै केन्द्रको विधानसँग नबाझिने गरी आफ्नै विधान बनाउन सक्ने छ र सोही देशमा कानुन बमोजिम दर्ता हुन सक्ने छ ।
(ख) केन्द्रीय राष्ट्रिय शाखा समिति तथा सम्बन्धन प्राप्त संस्थामार्फत बनेका आजीवन सदस्य विश्वभर जुनसुकै देशमा मान्य रहने छ ।
(ग) शाखा समितिले प्रत्येक २ वर्षको कार्यकालपछि नयाँ नेतृत्व चयन गर्नुपर्नेछ ।
(घ) शाखाले आफ्नो साधारण सदस्यता र सद्भाव सदस्यता राष्ट्रिय सदस्यता वितरण गर्न सक्ने छ । आवश्यक भएमा परिषद् समिति र सल्लाहकारको व्यवस्था गर्न सक्ने छ ।
(ङ) प्रत्येक देश इलाका सहर गाउँ टोल कलेज विद्यालयमा शाखा खोल्न सकिने छ तर एकै देशमा ३ वटाभन्दा बढी शाखा वा सम्बद्धता बनेको खण्डमा एक राष्ट्रिय समिति बन्नु पर्नेछ । शाखा निर्माण भएको कुरा केन्द्रीय र राष्ट्रिय समितिमा जानकारी पठाउनु पर्नेछ । शाखा निर्माणको लागि कम्तीमा दुईभन्दा बढी व्यक्तित्व पुस्तक कृति प्रकाशन गरेको हुनु पर्नेछ तर विद्यालय र कलेज तहको शाखामा यो लागू हुने छैन । कजेल तहको शाखा निर्माणको लागि साहित्यप्रेमी हुनु पर्नेछ तर कुनै पनि राजनैतिक पार्टीको भातृसङ्गठन विद्यार्थी सङ्घ/सङ्गठनको पदाधिकारी यस संस्थाको सदस्य बन्ने छैन ।
(च) शाखा राष्ट्रिय समिति वा सम्बन्धन प्राप्त संस्थाको आर्थिक कारोवार स्वतन्त्र रुपले साचालन हुनेछ । केन्द्रीय समिति राष्ट्रिय समिति सम्बन्धन प्राप्त संस्था बीच कुनै सम्बन्ध रहने छैन ।
(छ) देशविदेशमा कार्यक्रम तथा सेमिनार हँुदा अर्को देशमा रहेका सदस्य तथा पदाधिकारीको निम्ति इमिग्रेसन सम्बन्धि काम गर्न कुनै बाध्यता हुने छैन तर आगमन भएको खण्डमा आमन्त्रितलाई बस्न र खानाको लागि यथासम्भव व्यवस्था गर्न सक्ने छ ।
(ज) केन्द्रीय समितिको मतदान वा चुनाउमा – एक शाखा एक भोट गन्ने र आजीवन सदस्यहरुको दश भोटलाई एक शाखा सरह मान्ने । वा एक शाखा एकभोटको १०० अङ्क र सम्बद्धता संस्थाको एकभोटको ५० अङ्क हुनेछ भने एक आजीवन÷संरक्षक सदस्यको एकभोटको १० अङ्क मान्यता हुनेछ शाखा स्थापना भएको कम्तीमा ६ महिना र कम्तीमा दुईवटा सार्वजनिक कार्यक्रम गरेको हुनु पर्नेछ तब मात्र शाखा/सम्बद्धता प्राप्त संस्थाले भोट दिन पाउने छ । निर्वाचन आयोगले तोकेको मितिभित्र बनेका आजीवन/संरक्षक सदस्यले भने तत्कालै भोट दिन पाउने छ ।
(झ) आजीवन सदस्य वितरण गर्दा तोकिएको निश्चित प्रतिशत राखेर केन्द्रमा पठाउनु पर्नेछ । आजीवन सदस्यताको रकम ३ महिनाभित्र र संरक्षक सदस्य वापत प्राप्त रकम सिधै केन्द्रीय समितिमा जानेछ । प्रत्येक शाखाले लोगो सदस्यता पत्र सहयोग रसिद अनिवार्य र लेटरप्याड सर्टिफिकेट वेभपेज र इमेल आदिमा यथासक्दो एकरुपता हुनुपर्नेछ ।
(ट) सबै शाखाहरु प्रायः स्वतन्त्र हुने छन् । त्यसैले एकदेशभित्र बन्ने राष्ट्रिय समितिले शाखाहरु बीच आन्तरिक सम्पर्कको भूमिका निर्वाह गर्नेछ । प्रत्येक शाखा वा सम्बन्धन प्राप्त संस्थाबाट कम्तीमा १ जनाले राष्ट्रिय समितिमा प्रतिनिधित्व गर्नेछ ।
(ठ) प्रत्येक शाखा राष्ट्रिय समिति र सम्बन्धन प्राप्त संस्थाले अनिवार्य १ जना केन्द्रीय पार्षद्को लागि र अनुकूलता अनुसार केन्द्रीय समितिमा तोकेर वा चुनेर पठाउनु पर्नेछ ।

३२. सम्बन्धन प्रदान सम्बन्धी व्यवस्थाः

(क) देशविदेशमा शाखाहरु बन्ने छन् साथै कुनै पनि देशमा साचालन भइरहेको साहित्यिक संस्थालाई समेत तोकिएको निश्चित साङ्केतिक शुल्क लिएर सम्बन्धन दिन सकिने छ । तर सम्बन्धन प्राप्त संस्थाले पनि यस सन्जालको विधानलाई पालना गर्नु पर्नेछ । विधान
विपरीत कार्य गरेको पाइएमा केन्द्रीय समितिले चेतावनी पश्चात् सम्बन्धनको आधार समाप्त भएको घोषणा गर्न सक्नेछ । संस्थाले प्रत्येक ५ वर्षमा सम्बन्धन नवीकरण गर्नुपर्ने छ ।

(ख) सम्बन्धन प्राप्त संस्थाले आफ्नो नामको पछाडि माथि वा तल मिलाएर ‘साहित्य महासङ्घ सम्बद्धु वा ‘विनेसासद्धारा सम्बन्धन प्राप्तु लेख्न प्रोत्साहित गरिने छ तर अनिवार्य भने हुने छैन । सम्बन्धन लिएको संस्थाले आफ्नो लोगोसहित विनेसामको लोगो पनि अनिवार्य प्रयोग गर्नुपर्ने छ । सदस्यता पत्र सहयोग रसिद लेटरप्याड सर्टिफिकेट वेभपेज र इमेल आदिमा यथासक्दो एकरुपता हुनुपर्नेछ ।

(ग) सम्बन्धन प्राप्त संस्थाले पनि भोट दिन पाउने छ । भोट दिने अधिकारको सम्बन्धमा सम्बन्धन प्राप्त २ संस्थाको अधिकार र मान्यता एक विनेसाम शाखा सरह हुनेछ ।

३३. अनलाइन साहित्य वेभ साइट तथा प्रिन्ट साहित्य सम्बन्धमा

(क) साहित्यिक सिर्जनाहरु र साहित्यिक गतिविधि मात्र समेट्ने वेभसाइटलाई अनलाइन साहित्य मानिने छ ।
(ख) विशुद्ध साहित्यिक पत्रिका मात्र प्रकाशन गर्ने संस्थालाई पि्रन्ट साहित्य मानिने छ ।
(ग) कम्तीमा ३ वर्ष निरन्तर सचालनमा रहेको पूर्ण साहित्यिक वेभसाइटलाई निश्चित साङ्केतिक शुल्क लिएर सम्बन्धन प्रदान गर्न सकिने छ । यसको लागि पूर्ण URL हुनुपर्ने छ ।
(घ) कम्तीमा ३ वर्ष नियमित विशुद्ध साहित्यिक प्रकाशनलाई पनि अध्ययन गरेर सम्बन्धन दिन सकिने छ ।
(ङ) सम्बन्धन प्राप्त वेभसाइट वा प्रिन्ट साहित्यले पनि केन्द्रीय वा राष्ट्रिय चुनावमा भोट दिन पाउने छ । एक वेभसाइट वा एक प्रिन्ट साहित्यको भोट १ आजीवन सदस्य सरह हुनेछ ।
एक व्यक्तिको भोट हाल्ने एकभन्दा बढी हैसियत हुन सक्छ तर एक व्यक्तिले एउटा मात्र भोट हाल्न पाउने छ । सम्बन्धन प्राप्त वेभसाइट/प्रिन्ट संस्थाबाट तोकिएको व्यक्ति आजीवन सदस्य तथा अन्य पदाधिकारी रहेको खण्डमा निजले एकभोट मात्र दिन पाउने छ । यस प्रकारको सम्बन्धनको बारेमा केन्द्रीय समितिले काम गर्नेछ ।
(च) ब्लग साहित्यिक वेभ पत्रिकालाई विधानतः सम्बन्धन प्रदान हुने छैन तर केन्द्रीय समितिले अध्ययन गरेर निर्णय लिन सक्नेछ ।

३४. किन सम्बन्धन ?

(१) विश्वव्यापी सन्जालमा प्रवेश गर्न ।
(२) आफ्नो संस्था/समूहको काम विश्वभर पुर्याउन ।
(३) नेपाली साहित्यको काममा विश्वभरका नेपाली साहित्यकार तथा साहित्यिक सङ्घसंस्थाहरुसँग हातेमालो गर्न ।
(४) साहित्यिक संस्था वा व्यक्तिसँगको सम्पर्क र परिचयबाट प्राप्त हुने सहयोग लिन ।
(५) विश्वभरको साहित्यिक गतिविधिबारे जानकारी राख्न ।
(६) साहित्य महासङ्घको नेतृत्व गर्न वा छान्नको लागि भोट दिन ।
(७) जुनसुकै स्थान/मुलुकमा पुगे पनि साहित्य महासङ्घको परिवार भई साहित्यको काम गर्न ।
(८) संस्थालाई पहिचानयुक्त र थप मर्यादित बनाउन ।
(९) आवश्यक भएमा सम्मान तथा पुरस्कारको लागि उपयुक्त व्यक्तिको नाम सिफारिस गर्न ।
(१०) साहित्यिक हक अधिकारको लागि एकबद्ध भई लड्न ।
(११) यस साहित्य महासङ्घको उद्देश्य प्राप्त गर्न ।
(१२) अन्य ।

परिच्छेद ६
विविध

३५. भेला

क एक कार्यकालमा एकपटक विश्वव्यापी साहित्य सम्मेलनको आयोजना गरिने छ । यही
सम्मेलन संस्थाको सर्वोच्च निकाय हुनेछ ।
ख समितिले प्रत्येक १ वर्षमा एउटा प्रत्यक्ष भेला वा टेलिकन्फरेन्स बोलाउनु पर्नेछ वा दुबै
कार्य गर्नु पर्नेछ । यस वार्षिक भेलामा केन्द्रीय समिति र केन्द्रीय पार्षद्का सबै सदस्यको
सहभागिता हुनु पर्नेछ ।
ग संशोधन तथा परिमार्जन गर्नुपर्ने कुराहरु बैठकले गर्नेछ तर त्यो निर्णय भेलाद्वारा अनुमोदन
हुनु पर्नेछ ।
घ रिक्त हुन आएको पदमा नियुक्ति एवम् राजीनामाको स्वीकृति बैठकले गर्न सक्ने छ तर
भेलाले अनुमोदन गर्नुपर्ने छ ।

३६. निर्वाचन

(क) समयावधि समाप्त भएपछि सर्वसम्मतबाट वा स्वतन्त्र निर्वाचन प्रकृयाबाट भेलाले नयाँ
समिति तयार गर्नेछ । आवश्यकता अनुसार निर्वाचन आचार संहिताको व्यवस्था र निर्वाचन
आयोग गठन गर्न सकिने छ ।

३७. बैठक वा भेटघाट कार्यक्रम

(क) प्रत्येक ३ महिनामा नियमित टेलिकन्फरेन्स गर्ने ।
(ख) आवश्यकता अनुसार धेरैपटक पनि टेलिकन्फरेन्समार्फत वा प्रत्येक्ष बैठक बस्न सक्नेछ ।
(ग) साहित्यकार वा कुनै पनि महत्वपूर्ण व्यक्तिको आगमनमा स्वागत तथा विदाई कार्यक्रम
आवश्यकता र अनुकूलता अनुसार गर्न सकिने छ ।

३८. समयाविध

(क) केन्द्रीय समितिको पदावधि ३ वर्षको हुनेछ ।
(ख) राष्ट्रिय समिति शाखा समितिको पदावधि २ वर्षको हुनेछ । स्थान अनुकूल आफ्नो विधान
बमोजिम कार्यावधि कायम गर्न सक्नेछ तर केन्द्रीय समितिलाई जानकारी गराउनु पर्नेछ ।
(ग) साधारण सदस्य राष्ट्रिय सदस्य र सम्बन्धन सदस्यता प्रत्येक ५ वर्षमा तोकिएको शुल्क
तिरेर नवीकरण गर्नुपर्ने छ । विशिष्ट संरक्षक र संरक्षक सदस्यता भने सधैँको लागि हुनेछ ।
(घ) तोकिएको पदावधि समाप्त भएपछि अर्को समिति नभइन्जेल काम चलाउ समिति रहनेछ ।

३९. पदरिक्तता

(क) मृत्यु वा पागल भएमा ।
(ख) राजीनामा दिएमा ।
(ग) विधान विपरीत कार्य गरेको खण्डमा भेला वा बैठकद्वारा निष्काशित गरिएमा ।

४०. पदपूर्ति

रिक्त हुन आएको पदमा बैठक वा भेलाले मात्र नियुक्त गर्न सक्नेछ ।

४१. गणपुरक

(क) ५१% प्रतिशत उपस्थितिलाई गणपुरक मानिने छ ।
(ख) गणपुरक नभई स्थगित बैठक दोस्रोपटकमा ३०५ प्रतिशत उपस्थितिलाई
गणपुरक मानिने छ ।

४२. सम्बन्धन सदस्य

(क) केन्द्रीय समितिको चुनावमा भोट दिने ।
(ख) पुरस्कार तथा सम्मानको लागि उपयुक्त व्यक्तिको नाम सिफारिस गर्ने ।
(ग) विभिन्न अवसरमा जन्मजयन्ती आदि समारोह गर्ने ।

४३. अविश्वासको प्रस्ताव

यस विधानको उद्ेदश्य विपरीत कसैले कार्य गरेको फेला परेमा आर्थिक हिनामिना
गरेमा समितिका एकतिहाईले लिखित प्रस्ताव भेला वा बैठकमा पेश गर्नुपर्ने छ ।
त्यो प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेमा पदमुक्त भएको मानिने छ ।

४४. कार्वाही

(क) विधान विपरीत काम गरेमा लापारवाही गरेमा निष्कृय भएमा विना जानकारी ४
पटक टेलिकन्फरेन्स वा बैठकमा अनुपस्थिति भएमा निष्कृय भएको मानिने छ निजले
प्रतिनिधित्व गरेको संस्थालाई जानकारी गराउँदै चेतावनी निलम्बन र निष्काशन गरिने छ ।
(ख) कुनै पनि शाखाले संस्थाको विधान विपरीत काम गरेको ठहर भएमा केन्द्रीय समितिको
बैठकले कार्वाहीको प्रकृया अगाडि बढाउने छ । गल्ती भएको जानकारी चेतावनी निलम्बन
निष्काशन र सम्बन्धन समाप्त भएको घोषणा गर्नेछ ।

४५. विधान संशोधन

समयअनुकूल आवश्यक परेमा भेलाद्वारा मात्र विधान संशोधन गर्न सकिने छ । संशोधन
गर्दा मुलभूत कुराहरुमा फरक पर्नु हुँदैन ।

४६. दर्ता ऐन

यस विधान भित्रका कुराहरु ऐनसँग बाँझिन गएमा स्वतः निष्कृय हुनेछ ।

४७. विघटन

कारणवस महासङ्घ चल्न नसकेको खण्डमा संस्थासँग भएको जायजेथा नेपाल सरकारको
हुनेछ ।

—————————-x—————————–

:शपथ:

म भगवानलाई साक्षी राखी नेपाली साहित्यको लागि मैले जाने र सके जति निस्वार्थ भावनाले यस विश्व नेपाली साहित्य महासङ्घको काम गर्नेछु । म यस संस्थाको विधान बमोजिम मेरो काम कर्तव्यलाई दृढताका साथ पालन गर्नेछु । यदि मैले संस्थाको हित विपरीत कार्य गरेमा भगवान्ले मलाई दण्ड गरुन् ।

———————————————————-

अनुसूचि १

(क) चिन्ह

(ख) महासङ्घ चिन्हको परिभाषा

(१) ग्लोब – विश्वमा रहेका सम्पूर्ण नेपाली साहित्यकारहरु जनाउदछ ।
(२) सात वटा तारा – विश्वका सात ७ महादेशहरुको प्रतिनिधित्व ।
(३) धानको बाला – सबैको साझा संयुक्त संस्था ।
(४) कलम कापी – विशुद्ध साहित्यकारहरुको मात्र संस्था बुझाउदछ ।

महासङ्घको झन्डा बनाउँदा नीलो आकाशे रङ्गको पृष्ठभूमिमा यही लोगो राख्नुपर्नेछ । ब्यानर फ्ल्याक्स बनाउँदा पनि नीलो आकाशे रङ्गको पृष्ठभूमि प्रयोग गर्न प्रोत्साहित गरिन्छ । आकाशे रङ्गको पृष्ठभूमिमाथि एक किसिमको मात्र मसी वा रङ्ग प्रयोग गर्नुपरेमा सेतो रङ्ग प्रयोग गर्नुपर्नेछ ।

(ग) छाप

अनुसूचि २

(क) महासङ्घको लेटरप्याड नमुना

(ख) सम्बन्धन सदस्यता प्राप्त संस्थाको निमित्त लेटरप्याडको नमुना

(ग) महासङ्घ शाखा/राष्ट्रिय समितिको स्टाम्प नमुना

अनुसूचि ३

(क) साहित्यिक संस्थालाई सम्बन्धन सदस्यता प्रदानको नमुना

आधारभूत कार्यनीति तथा आचारसंहिता

(१) यस सहित्य महासङ्घको स्थापना विभिन्न १८ मुलकबाट ४७ स्रष्टाहरुको सामूहिक
सक्रियतामा स्थापना भएको हो त्यसैले महासङ्घ सधैँ सामूहिक कार्यलाई प्रोत्साहन गर्दछ ।
प्रत्येक नेपालीहरुको कर्तव्य नेपाली साहित्यलाई माया गर्नु हो भने विश्वभरका नेपाली
समुदायहरु माझ यस विश्व नेपाली साहित्य महासङ्घको स्थापना गर्नु सबै नेपालीहरुको
दायित्व हो भन्ने मान्यता रहेको छ ।
(२) सम्पर्क वा मुख्य कार्यालय नेपालमा रहने छ । कारण – धेरैलाई र सधैँलाई सजिलो हुनेछ ।
कुनैपनि देशको बर्चश्व देखिने छैन । धेरै मुलुकमा रहेका नेपाली साहित्यका स्रष्टाहरु नेपाल
प्रायः आउने जाने गर्ने भएकोले प्रभावकारी हुनेछ ।
(३) यो संस्था नेपालमै विशिष्ट हैसियत हुने प्रकारले दर्ता गरिने छ । गैर आवासीय नेपाली सम्बन्धी
नियमावली २०६६ परिच्छेद ४ दफा १२ मा व्यवस्था भए अनुसार २५ मुलुकका कम्तीमा ५०
जनाले आवेदन दिई यस साहित्य महासङ्घको दर्ता गरिनेछ ।
(४) नेपाली साहित्यको लागि विदेशमा रहेका नेपालीहरु माझ सम्पर्कमा जानको लागि गैर आवासिय
नेपाली सङ्घसँग सम्बन्ध नजिकको कायम गरिने छ । साहित्यको क्षेत्र भएकोले संङ्घ नपुगेको
ठाँउमा पनि साहित्य महासंघ सजिलै पुग्ने भएकोले सङ्घलाई पनि सहयोग गरिनेछ ।
(५) कामकाजको मुख्य भाषा नेपाली हुनेछ । कारण – सजिलो र आफ्नो माटोको भाषाको
सम्मानार्थ तर विधान आचारसंहिता घोषणा-पत्र लगायतका महत्वपूर्ण दस्तावेजहरु नेपाली
र यथासम्भव अन्तर्राष्ट्रिय भाषा अङ्ग्रेजी स्पेनिस रसियन आदि भाषामा रहने छन् ।
(६) संस्थाको हिसाव किताब मुख्य गरी नेपालीमा र आवश्यक अनुसार अङ्ग्रेजी लगायतमा
देखाइने/राखिने छ ।
(७) संस्थापकः भानु जयन्ती २०६७ तदनुसार २०१० रहेको छ । कारण – नेपाली भाषी एकताको
प्रतीक भानु जयन्तीको दिनलाई शुभसाइत जुराएर स्थापना गरिएको हो । भविष्यमा मिडियाले
संस्थापकको रुपमा कसैको नाम उल्लेख गरेमा सम्बन्धित व्यक्तिले सम्बन्धित मिडिया र
समितिमा प्रतिक्रिया वा स्पष्टिकरण लेख्नु पर्नेछ ।
(८) नयाँ कार्य समिति निर्माण हुँदा अघिल्ला कार्यकारी पदाधिकारीहरु मध्येका एकचाहिँ
अनिवार्य यथावत पदमा वा कार्यकारी पदाधिकारीकै रुपमा सक्रिय अनुभवी सदस्य (सअस)
Committee Experties (ECE) रहने छ । यसको छनौट अघिल्लो कार्यकालमा
सबैभन्दा धेरै काम गरेका व्यक्तिहरु मध्येबाट तोकिने छ । किन कि – टाढाटाढा रहेर काम
गर्नुपर्ने भएकोले सबै नयाँ पदाधिकारीहरु मात्र रहँदा अलमलमा पर्न सक्छन् । त्यसैले यसको
व्यवस्था गरिएको हो । यस पदको लागि अघिल्लो समिति वा निर्वाचन आयोगले तोक्ने छ ।
सअस को काम कर्तव्य र अधिकार – समितिलाई सहयोग सल्लाह दिँदै सतर्क गराउने ।
नैतिक अधिकार उपाध्यक्ष सरह हुनेछ तर समिति निरन्तर साचालन भइरहेको अवस्थामा यो
पद सकि्रय हुने छैन । एक वर्षभन्दा बढी समितिले कुनै काम नगरेको अवस्थालाई निष्क्रिय
भएको मानिने छ । एक व्यक्तिले सअस को जिम्मेवारी दुई कार्यकालभन्दा बढी निरन्तर गर्ने
छैन । यस पदाधिकारीको नामको पछाडि सअस वा (ECE) लेखेर जनाइने छ ।
(९) संस्थाको अध्यक्षले लगातार तेस्रो पटक जिम्मेवारी बहन गर्ने छैन तर अर्कैको एक कार्यकालपछि
पुनः अध्यक्ष हुन पाउने अधिकारलाई रोक लागेको मानिने छैन ।
(१०) अध्यक्षलाई काम गर्न सजिलो होस् भन्ने उद्देश्यले अध्यक्ष स्वयंम्ले आफ्नो स्वेच्छाले उप-
सचिव मनोनित गर्न सक्नेछ ।
(११) प्रत्येक वर्ष यस महासङ्घले विशिष्ट योगदान पुर् याएबापत नेपाल बाहिरका २ जनालाई
पुस्कार र २ जनालाई सम्मान तथा नेपाल भित्रका १ जनालाई पुरस्कार र ३ जनालाई
सम्मान प्रदान गर्नेछ ।
(१२) शाखा समिति राष्ट्रिय समिति वा सम्बन्धन प्राप्त संस्थाले आजीवन सदस्यता वितरण
गरेको खण्डमा उक्त आयको २० प्रतिशत सम्बन्धित संस्थाले नै राख्न सक्नेछ ।
(१३) यो संस्था सामूहिक रुपबाट व्यापक आवश्यकता महसुस भएको कारण स्थापना भएको हो ।
कुनै पनि संस्थाको विरुद्धमा निर्माण भएको होइन । साहित्यिक जुनसुकै संस्थामा आबद्ध
व्यक्ति यस सन्जालमा संलग्न हुन सक्नेछ ।

मतदानमा सहभागिताको ढाँचा तथा कार्यविधि

केन्द्रीय समितिको मतदान वा चुनावमा – एक शाखा एक भोट गन्ने र आजीवन
सदस्यहरुको दश भोटलाई एक शाखा सरह मान्ने । वा एक शाखा एकभोटको १०० अङ्क
र सम्बन्धन प्राप्त संस्थाको एकभोटको ५० अङ्क हुनेछ भने एक आजीवन/संरक्षक सदस्यको
एकभोटको १० अङ्क मान्यता हुनेछ शाखा स्थापना भएको कम्तीमा ६ महिना र कम्तीमा
दुईवटा सार्वजनिक कार्यक्रम गरेको हुनु पर्नेछ तब मात्र शाखा/सम्बन्धन प्राप्त संस्थाले
भोट दिन पाउने छ । निर्वाचन आयोगले तोकेको मिति भित्र बनेका आजीवन/संरक्षक सदस्यले
भने तत्कालै भोट दिन पाउने छ ।
(१) शाखा तथा राष्ट्रिय शाखाबाट चुनिएको एकजनाले भोट हाल्नेछ वा सर्वसम्मत अर्थात
बहुमतबाट निर्णय गरी जानकारी पठाउनु पर्नेछ । यस भोट वा निर्णयले १०० अङ्कं प्राप्त
गर्नेछ ।
(२) सम्बन्धन प्राप्त संस्थाले पनि संस्थाबाट चुनिएको एकजनाले भोट हाल्नेछ वा सर्वसम्मत
अर्थात् बहुमतबाट निर्णय गरी जानकारी पठाउनु पर्नेछ । यस भोट वा निर्णयले ५० अङ्कं
प्राप्त गर्नेछ ।
(३) आजीवन सदस्य संरक्षक सदस्य विशिष्ट संरक्षक सदस्य प्रत्येकले भोट दिन पाउने छ र
उसको एक भोटले १० अङ्क प्राप्त गर्नेछ ।
(४) सम्बन्धन प्राप्त अनलाइन साहित्य र पि्रन्ट साहित्यको एकभोटले १० अङ्क प्राप्त गर्नेछ ।
(५) आजीवन सदस्यले स्वेच्छा तवरले भोट गर्नेछ र शाखा वा सम्बन्धन प्राप्त समितिले पनि
उनैलाई भोट दिन पाउने निर्णय गरेमा निजले भोट दिन पाउने छ तर शाखा र राष्ट्रिय
शाखाको भोट एकै व्यक्तिले दिन पाउने छैन ।
(६) सबैभन्दा बढी भोट अङ्क ल्याउनेलाई विजयी घोषणा गरिनेछ ।
(७) साहित्य महास्रङ्घ केन्द्रिय समितिको मुख्य पदहरुमा एक देशबाट बढिमा २ जना मात्र
तोकिएको निश्चित शुल्क तिरेर उम्मेदवारी बन्न सक्नेछन् । सदस्य र परिषद सदस्यमा
बढिमा ५ जनाले चुनाव लड्न सक्नेछन ।
(८) उम्मेदवार बन्नको लागि २ जना केन्द्रिय सदस्य वा परिषद सदस्य प्रस्तावक र १ जना समर्थक
हुनुपर्नेछ । उम्मेदवार नैतिक रुपबाट योग्य हुनुपर्नेछ । उम्मेदवार अयोग्य वा उम्मेदवारले
निर्वाचनको निश्चित अवधि भित्र महासङ्घलाई आँच आउने कार्य गरेमा प्रस्तावक र समर्थक
जवाफदेही हुनुपर्नेछ । एक पदाधिकारी सदस्य÷परिषद सदस्यले एक प्रस्तावक एक समर्थक
मात्र बन्न सक्नेछ ।
(९) शिष्ट सभ्य र विश्वव्यापी सन्जाल महासङ्घ भएकोले केन्द्रीय पदाधिकारीको लागि
कम्तीमा उमेर ३० वर्ष हुनुपर्ने छ । केन्द्रीय पदाधिकारी तथा सदस्यको लागि राष्ट्रिय शाखा
वा सम्बन्धन प्राप्त संस्थामा कम्तीमा २ वर्ष काम गरेको हुनु पर्नेछ । स्थापना कालको
पहिलो र दोस्रो समिति निर्माणमा यो हद लागू हुने छैन । केन्द्रीय परिषद शाखा समिति
राष्ट्रिय समितिमा उमेरको हद हुने छैन ।
(१०) केन्द्रिय समितिको भेला/बैठकले निर्वाचन आयोग घोषणा गर्नेछ र उक्त आयोगले
आजीवन/संरक्षक सदस्यता सम्बन्धन नविकरणको अन्तिम मिति तोक्नेछ र मतदाताहरुको
नामावली प्रकाशन गर्नेछ । सहमतिय वा बहूमतिय प्रणालीबाट नयाँ नेतृत्वको घोषणा संगै
आयोगको कार्यकाल समाप्त हुनेछ ।
(११) निर्वाचन प्रकृया – पछिल्लो समयमा अनलाइन भोटिङ विश्वासिलो भरपर्दो र प्रभावकारी बन्दै
गएकोले अनलाइन भोटिङ अपनाइने छ । यदि आवश्यक र सम्भव भएमा हूलाकी पोष्ट
लगायतको अन्य तरिका पनि अपनाइने छ ।
(१२) केन्द्रीय समितिको पदाधिकारी तथा सदस्यले उम्मेदवारी दिँदा आवश्यक कागजात शुल्क
प्रस्तावक समर्थकको पत्र लगायत पि्रन्ट भए अनिवार्य कम्तीमा १ प्रति प्रकाशित पुस्तक वा
गीति एल्बम भएमा २ प्रति कृति अनिवार्य उम्मेदवारी फारामसँगै पेश गर्नुपर्नेछ ।
(१३) बाँकी निर्वाचन आयोगले ब्यवस्था गरे अनुसार हुनेछ ।

विश्व नेपाली साहित्य महासङ्घको
वार्षिक कार्यक्रम पात्रो

समय अनुकूल स्थान अनुकूल निम्न अवसरमा विभिन्न साहित्यिक कार्यक्रमहरु गर्न प्रोत्साहित गरिन्छ ।

(१) आदिकवि भानुभक्त आचार्य जयन्ती, असार २९ गते
(२) महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती, कार्तिक २७ गते
(३) युवाकवि मोतिराम भट्ट जयन्ती, भाद्र २३, १९२३-१९५३
(४) युगकवि सिद्धिचरण श्रेष्ठ जयन्ती, जेठ ९, १९६९-२०४९
(५) भूपि शेरचन जयन्ती, पुस … १९९२-२०४६
(६) युद्धप्रसाद मिश्र जयन्ती पुस … १९६४-२०४७
(७) वि. सं. नयाँ वर्ष, वैशाख १ गते
(८) गणतन्त्र दिवस, जेठ १५ गते
(९) प्रजातन्त्र दिवस, फागुन ७ गते
(१०) सरस्वती श्रीपांचमी पूजा
(११) विष्णु कुमारी वाइबा पारिजात जयन्ती, वैशाख ५ गते
(१२) फाल्गुनन्द लिङदेन जयन्ती, कार्तिक २५ गते
(१३) सन्तवीर लामा जयन्ती
(१४) इमानिसं चेम्जोङ जयन्ती, पुस १७ गते
(१५) हरीभक्त कटुवाल जयन्ती, १९९२-२०३७
(१६) अगमिसंहं गिरी जयन्ती, जुलाई २७ १९८६-२०२७
(१७) पदमिसंहं सुब्बा ‘अपतनु’ जयन्ती, सेप्टेम्बर ११ १९२३
(१८) मगर भाषाका आदिकवि जितबहादुर सिजाली जन्मदिवस
(१९) गुरुङ भाषाको आदिकवि हर्क गुरुङ जयन्ती
(२०) मैथिली भाषाका महाकवि विद्यापति ठाकुर जयन्ती, १४०७-१४९६
(२०) भोजपुरी भाषाका महाकवि भिखारी ठाकुर जयन्ती
(२१) नेवारी भाषाका महाकवि/कविकेशरी चित्तधर हृदय जयन्ती, जेठ ५, १९६३-२०३९
(२२) बुद्ध जयन्ती/उभौली, जेठ १३ गते
(२३) साहित्यिक सहिद कृष्णलाल अधिकारी जयन्ती माघ शुक्ल एकादशी १९४४-१९९०
(२४) विश्व नेपाली साहित्य महासङ्घ स्थापना दिवस, जुलाई १३
(२५) लैनिसंह बाङ्देल १९८१-२०६१
(२६) ईश्वर बल्लभ …१९९४-२०६४
(२७) रमेश विकल …१९८५-
(२८) विश्व साहित्य दिवस विश्व पुस्तक तथा प्रतिलिपि अधिकार, २३ अप्रिल
(२९) विश्व कविता दिवस, २१ मार्च
(३०) कथा दिवस, १९ चैत्र
(३१) पुस्तकालय दिवस, १५ भाद्र
(३२) अन्य

यहाँ उल्लेखित बाहेक कुनै पनि अवसर आफैले छनौट गर्न सक्नुहुने छ । समग्र नेपाली साहित्यमा विशेष महत्व राख्नुहुने मध्ये राष्ट्रले समेत हुलाक टिकट प्रकाशन लगायत मान्यता प्रदान गरेका केही अंग्रज साहित्यकारहरुको जन्मदिन वा अवसर मात्र छनौट गरिएको हो ।

———————————————————-

हार्दिक आभार तथा धन्यवाद

विधान मस्यौदा शसोधन नं. २५ पछिमात्र यो पूर्ण र अन्तिम विधान तयार भएको छ । विधान निर्माणको लागि सल्लाह सुझाव दिएर प्रश्नहरु सोध्नु भएर सहयोगको आग्रह गर्दा उचित विचार र विकल्प दिनुभई सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।

खुल्ला प्रकृया अपनाइएको यस विधान निर्माण कार्यमा सहभागी महानुभावहरु यसप्रकार रहनु भएको छ ।

१. विक्रम सुब्बा (काठमाडौँ), २. डा. मधु माधुर्य (रसिया), ३. इन्द्र नारथुङ्गे (मलेसिया), ४. पी. एस. लिम्बु ‘निश्चल’ (यु.ए.ई.), ४. प्रदिप थापामगर (अमेरिका), ५. सुरेन्द्र लिम्बु (लेबनान), ५. प्रकाश सुनुवार (बेलायत), ६. डा. गोविन्दराज भट्टराई (कीर्तिपुर), ७. भोला शिवाकोटी पुरानोघरे (अमेरिका), ८, शर्मिला खड्का (काठमाडौँ), ९. गोविन्द गिरी ‘प्रेरणा’ (अमेरिका), ११. मुरारीराज शर्मा (बेलायत), १२. सुरेन्द्र इङनाम (ब्रुनाई), १३. भोजराज बराल (बेलायत), १४. रामप्रसाद लिम्बु (ब्रुनाई) र १५. शुद्धाशुद्धि हेरीदिनुहुने प्राज्ञ अमर तुम्याहाङ भक्तपुर आदि रहनु भएको छ ।

विधानभित्र कुनै गल्ती अस्पष्ट अपूर्ण भेट्नु भएमा हामीलाई जानकारी गराउन अनुरोध गर्दछौँ । महासङ्घको भेलाले थप्ने हटाउने वा सुधार गर्नेछ ।

इमेलः
gfnl@ymail.com

इस्काइपी (skype.com) फेसबुकः gfnl
User: nepaliliterature (or)

वेभपेजः
www.gfnl.org

संयोजक
विधान निर्माण समिति

By-Laws (Bidhan) in PDF File>>GFNL_Bidhan_Final_v29

साहित्य महासङ्घको सम्बन्धमा केही प्रश्नउत्तर