विश्व नेपाली साहित्य महासंघको विधिवत स्थापना

गत १३ जुलाई तदनुसार २९ असार २०६७ को दिन विश्वभर नेपाली स्रष्टासर्जकहरुले नेपाली भाषीहरुको एकताको प्रतिक आदीकवी भानुभक्तको जन्मजयन्ति मनाई रहेको दिनलाई शुभ साइत जुराएर विश्वभरका नेपाली स्रष्टा सर्जकहरुले विश्व नेपाली साहित्य महासंघको विधिवत स्थापना भएको घोषणा गरेका छन् ।

नेपालको समय बेलुकी ६ बजे स्काइपीको टेलिकन्फिरेन्स मार्फत साहित्यकारहरुले संयुक्त रुपबाट घोषणा गरेका थिए । उपस्थितीलाई सम्बोधन गर्दै मस्को रसियाबाट डा. मधु माधुर्यले आफ्नो मन्तब्य राखेका थिए । आपसमा पहिलो पटक नेट मार्फतको चिनजानले सबैलाई उत्साहित बनाएको थियो । विश्वभरका झण्डै डेढदर्जन देशहरुमा रहेका नेपाली साहित्यका स्रष्टा सर्जकहरुको सामुहिक सलग्नता रहेको यस महासंघको अन्तराष्ट्रिय केन्द्रिय समिति केन्द्रिय पार्षद सल्लाहकार र सम्बद्धता संस्थाहरुको नामावली समेत घोषणा गरिएको थियो ।

संस्थापक- भानु जयन्ति २०६७ राखिएको छ भने महासंघको अध्यक्ष डा. मधु माधुर्य रसिया, वरिष्ठ उपाध्यक्ष गोविन्द गिरी प्रेरणा अमेरिका, उपाध्यक्ष रमेश पौडेल काठमाण्डो, उपाध्यक्ष टंक सम्बाहाम्फे हङकङ, उपाध्यक्ष वीरभद्र ढोली कार्की सिक्किम भारत, महा-सचिव विश्वास दीप तिगेला ब्रुनाई/वेलायत, सचिव इन्द्र नारथुङे मलेशिया, साहित्य संचार संयोजक प्रदिप थापा मगर अमेरिका, संगठन सचिवः भोला शिवाकोटी पुरानोघरे भुटान अमेरिका, आर्थिक सचिव सुरेन्द्र इङनाम वेलायत, आर्थिक सह-सचिव शर्मिला खड्का काठमाण्डौ, सदस्यहरु शिब प्रकाश बोष्टन अमेरिका, सुरेसजंग शाह वेलायत, हरी शिवाकोटी क्यानडा, जीवन देवान गाउँले मलेशिया, गणेश खड्का प्रतिक्षा सेसेल्स, उमा सुवेदी इजरायल, सन्तोष नेउपाने बेल्जियम, देवेन्द्र सुर्केली काठमाण्डौ, सावित्रा काफ्ले अष्ट्रेलिया, केदार सुनुवार संकेत अफगानिस्तान, भिम के सी कमल पोर्चुगल, वसन्तमोहन अधिकारी युएइ, जितमान राई पेनाङ मलेशिया, गोवद्र्धन पुजा अमेरिका, तिर्थसंगम राई कतार, गोविन्द देवकोटा मस्को रसिया छन भने १९ सदस्य केन्द्रिय पार्षद र ८ सदस्य सल्लाहकार समिति लगायत सम्बद्धता लिने निर्णय गरेका ३ साहित्यिक संस्थाहरु उदाउदो तारा साहित्यिक समाज पेनाङ मलेशिया, अनलाइन नेपाली साहित्य मंच, नेपाली साहित्य प्रतिष्ठान हङकङको नाम समेत घोषणा गरेका छन् ।

नेपाली साहित्यको क्षेत्रमा ब्यापकरुपमा समेटेर निर्माण गरिएको सम्भवत यो पहिलो महासंघ हो । सामुहिक हितको लागि सामुहिक सक्रियतामा साहित्यिक संस्थाको स्थापना भन्ने मान्यताले स्थापित यस महासंघले संचालनमा रहेका साहित्यिक संघसस्थाको अस्थित्वलाई स्वीकार गर्दै सम्बद्धता प्रदान गर्ने र जुनसुकै साहित्यिक संस्थामा संलग्न ब्यक्ति पनि यस संस्थामा सहभागि हुन सक्ने बताएको छ । विश्वभरका प्रत्येक देशमा शाखा र सम्बद्धता प्राप्त संस्था निर्माण गर्ने लक्ष्य राखेको यस महासंघको चाडै नै विश्वभर शाखाहरु निर्माण हुने पनि बताएका छन् । यस महासंघको साधारण, राष्ट्रिय र आजीवन सदस्य रहने ब्यवस्था रहेको छ ।

लामो छलफल र बहस पछि महासंघ नामकरण गरिएको र हाल लोगो र बेभसाइट ठेगानाको बारेमा छलफल भइरहेकोले आ-आफ्नो विचार दिन अनुरोध गरेको छ साथै विधान मस्यौदा संयोजक महासचिव विश्वास दीप तिगेलालाई तोकेको छ ।

यस महासंघका उद्देश्यहरु यस प्रकार रहेका छन्ः

(क) विश्वभर नेपाली साहित्यको विस्तार विकास संबद्र्धन प्रोत्साहन र हौसलाको लागि आवश्यक कामहरु गर्ने ।
(ख) साहित्यिक ब्यक्तित्व तथा समस्त स्रष्टा-सर्जकहरु बीच आपसमा चिनजान मित्रता भातृत्व सहिष्णुता सद्भाव र सहयोगको अभिबृद्धि गर्दै सम्पर्क सेतुको काम गर्ने ।
(ग) देशविदेशमा रहेका विभिन्न नेपाली साहित्यिक संघ संस्थाहरु सँग समन्वय र सहकार्य गर्दै समउद्देश्य बोकेका संस्थाहरु संग सम्बद्धता कायम गर्ने ।
(घ) साहित्यिक हक अधिकारको लागि कार्यरत रहने ।
(ङ) नेपाली परिचयलाई देशविदेशमा सम्मानित र उच्च पहिचानयुक्त बनाउन आवश्यक कार्य गर्ने ।
(च) प्रवासी नेपाली साहित्यको पहिचान र सम्मानको लागि गुणस्तर साहित्यमा जोड दिदै सम्बन्धित निकायहरुमा आवाज र दबाब पुर्‍याउने ।
(छ) विश्वभरका विभिन्न मुलुकमा रहनु भएका नेपाली साहित्यकार साहित्य साहित्यिक गतिविघि र साहित्यिक संघ- संगठनको बारे जानकारी लिने अभिलेख राख्ने साहित्यिक समस्या तथा समाधानको लागि पहल/सहयोग गर्ने ।
(ज) विश्वभरका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भाषा साहित्यका संघ संगठन तथा साहित्यिक ब्यक्तित्वहरु संग यथासम्भव सम्पर्क र समन्वय गर्ने ।
(झ) नेपाली साहित्य (पर्वते, खस भाषा/नेपालीले बोल्ने सबै भाषा मातृभाषा (नेपाली साहित्य क्षेत्र हुन्) को श्रीबृद्धिको लागि आवश्यक विभिन्न कार्यहरु गर्ने ।

साहित्य महासंघको व्यानर तथा पृष्ठभूमिको रंगमा एकरुपता

Download banner for print >>>

————————————————————————————————————————————————————————-

सम्पर्क ठेगाना

यस महासंघको कार्यक्षेत्र विश्वब्यापी भएको र भौतिक सशरिर एकै ठाँउ उपस्थिती हुन सक्ने अवस्था नभएकोले अहिलेको शसक्त र प्रभावकारी माध्याम प्रविधिलाई अधिकतम प्रयोग गर्नु नै एकमात्र उत्तम विकल्प भएकोले संसारभरीका हाम्रा अन्तर्राष्ट्रिय केन्द्रिय समिति सदस्य, पार्षद सदस्य लगायत सम्पूर्ण स्रष्टा र शुभचिन्तकहरुलाई निम्न अनुसारको सम्पर्क ठेगाना प्रयोग गर्नुहुन अनुरोध गर्दछौ ।

संस्थाको वेभपेज: www.gfnl.org
संस्थाको इमेल: gfnl@ymail.com
महासंघको अडियो तथा भिडियो कन्फिरेन्सको लागि: Skype User: nepaliliterature

सामाजिक संजाल ठेगाना फेसबुक Facebook.com User: nepaliliterature

फोन नं.
+7 910 468 28 71 (मस्को)
+60102950671 (मलेशिया)
+977 9851056355 (नेपाल)
+17035870795 (भर्जिनिया, अमेरिका)
+673 8893020 (ब्रुनाई)

विश्वब्यापी नेपाली साहित्य सम्मेलनमा भने यहाहरु संग सशरिर उपस्थिती हुने अवसर पक्कै मिल्ने छ र अडियो तथा भिडियो कन्फिरेन्समा पनि सगै बसे झै हुन्छ नै यसर्थ हाम्रा सबै महासंघ परिवार लगायतलाई इमेल र स्काइपी प्रयोग गर्न आग्रह गरिन्छ ।

- साहित्य महासंघ