साहित्य महासंघ साउदी अरेबियाको रियाद शाखामा नयाँ नेतृत्व चयन

साहित्य महासंघ साउदी अरेबियाको रियाद शाखामा नयाँ नेतृत्व चयन

गत १५ जनवरी २०१५ का दिन साउदी अरेवियाको रियादमा सम्पन्न विश्व नेपाली साहित्य महासंङ्घको भेलाले नयाँ नेतृत्व चयन गरेको छ । नयाँ समितिको अध्यक्ष कृष्ण कहादुर सर्तुगे, उपाध्यक्ष बाबुलाल बुढामगर, महासचिव श्याम गिरी, सचिव रामहरी तिम्सिना, सहसचिव मिलन ओली, कोषाध्यक्ष बलराम लम्साल, सहकोषाध्यक्ष सुरज सिलवाल र सदस्यहरुमा सुदिप लामिछाने, निर्मान धर्तिमगर, रामजी रानाभाट, सरद भण्डारी, विष्णु पङ्गेनी, सुमन पुन र नन्दराम खड्का चयन हुनुभएको छ भने सल्लाहकारहरुमा सूर्यबिक्रम याख्खा, कमल शाही, डोरबहादुर कार्की, जैवी राई र चेत गुरुङ रहनु भएको छ । सन् २०११ मा उत्कृष्ट शाखा घोषित यस शाखाको >>>

विश्व नेपाली साहित्य महासङ्घको म्यानमार (वर्मा) शाखा स्थापना

विश्व नेपाली साहित्य महासङ्घको म्यानमार (वर्मा) शाखा स्थापना

गत २० डिसेम्बरका दिन म्यानमारको याँगौ स्थित युवा कल्याण भवनमा सम्पन्न एक साहित्यिक भेलाले, नेपाली साहित्यको श्रीबृद्धिको लागि कार्यरत विश्व नेपाली साहित्य महासङ्घको म्यानमार (वर्मा) शाखा राष्ट्रिय स्तरमा गठन भएको छ । समितिको अध्यक्ष लक्ष्मण नेउपाने, उपाध्यक्ष कृष्ण ढकाल (टाउजी), उपाध्यक्ष सुश्री निला सुवेदी (मिचिना), महासचिव मोहनराज खनाल (याँगौ), सचिव सेरु थापा (मोगोक), सहसचिव रदीप खराल (मोगोक), कोषाध्यक्ष देवेन्द्र रिजाल (माण्डले), निरिक्षक मोती गुरगाँई (याँगौ), र होमनाथ ढकाल (मिचिना) रहनु भएको छ भने सल्लाहकारहरुः बालकृष्ण रीजाल (मिचिना), खिम बहादुर बुडाथोकी (याँगौ), बिष्णु पंथी (याँगौ), दशरथ घिमिरे (टमू), हुताशन पोख्रेल (मोगोक) >>>

सूचना

सूचना

सूचना विश्वब्यापी खुल्ला कविता प्रतियोगिता २ को लागि आब्हान गरिएको कविता पठाउने समय आज (१५ मंसिर २०७१) औपचारिक रुपबाट बन्द गरिएको छ । इमेलमा प्राप्त भएकाहरु सबै छुटटाई नसकिएकोले कति भए एकिन भएको छैन तर अत्यधिक प्राप्त भएका छन् । सहभागि सबैलाई बधाई एवं शुभ कामना । प्रत्येक्ष अप्रत्येक्ष सहयोग गर्नुहुने सबैलाई धन्यवाद । अत्यन्तै उत्साहपूर्वक प्राप्त कविताहरुले हामीलाई थप उर्जा दिएको छ । प्राप्त ति कविताहरुको प्रशोधन प्रकृया अघि बढिसकेको छ । केहीले कविताको साथमा आफैले वाचन गरिएको अडियो फाइल पठाउनु भएको छैन, कसैले फोटो पठाउनु भएको छैन । >>>

युकेमा कवि बिक्रम सुब्बाको एकल कविता वाचन सम्पन्न (वाचन भिडियो सहित)

युकेमा कवि बिक्रम सुब्बाको एकल कविता वाचन सम्पन्न (वाचन भिडियो सहित)

पिटरबरो, गत २९ नोभेम्बर २०१४ का दिन युकेको पिटरबरोमा नेपालका चर्चित कवि विक्रम सुब्बाको एकल कविता बाचन सम्पन्न भएको छ । विश्व नेपाली साहित्य महासङ्घ युकेको आयोजनामा सम्पन्न एकल कविता वाचन समारोहमा कवि सुब्बाले झण्डै २ दर्जन कविताहरु वाचन गरि दर्शकहरुलाई मन्त्रमुग्ध बनाउनु भयो । वहाको कवित्वले आफूलाई प्रभाव परेको कुरा साहित्यकार वि.के. पाण्डेले बताउनु भयो । कवि सुब्बाको कविता बाचन पछि युकेमा रहेका स्रष्टाहरुले पनि आआफ्नो सिर्जना बाचन गर्नुभएको थियो । साहित्य महासङ्घ विश्व केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेलाको समेत उपस्थिती रहेको उक्त कार्यक्रममा युके शाखाका अध्यक्ष समिप हाङबाङ >>>

विश्व नेपाली साहित्य महासङ्घ अष्ट्रेलिया शाखा गठन

विश्व नेपाली साहित्य महासङ्घ अष्ट्रेलिया शाखा गठन

गत २७ नोभेम्बर २०१४, का दिन साहित्यप्रेमीहरुको एक भेलाले विश्व नेपाली साहित्य महासङ्घ अष्ट्रेलिया शाखा निर्माण गरेको छ । अष्ट्रेलिया शाखा समितिको संयोजकमा बिष्णु चापागाई चुनिनु भएको छ भने सदस्यहरु क्रमशः निरन्जन शर्मा, युवराज गिरी, डिल्ली गैरे र अनु चापागाई रहनु भएको छ ।

साहित्य महासङ्घद्धारा साहित्य दुत एवं बर्षका उत्कृष्ट शाखा एवं सदस्य घोषणा साथै केन्द्रीय समितिमा मनोनयन

साहित्य महासङ्घद्धारा साहित्य दुत एवं बर्षका उत्कृष्ट शाखा एवं सदस्य घोषणा साथै केन्द्रीय समितिमा मनोनयन

गत २८ नोभेम्बर २०१४ का दिन विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको सम्पन्न नियमित मासिक बैठकले यस बर्षको साहित्यिक दुत सम्मान र उत्कृष्ट शाखा, उत्कृष्ट सदस्य घोषणा साथै शाखाहरुबाट केन्द्रमा मनोनित गरयो । विश्व सामु नेपालका उच्च ८ हिमालले जसरी नेपाललाई चिनाएको छ त्यसरी नै नेपाली साहित्यलाई देशविदेशमा चिनाउनु हुने उत्कृष्ट ८ साहित्यकारहरुलाई साहित्य दुत सम्मान घोषणा गरेको छ । नेपाली साहित्य दुत सगरमाथा सन् २०१४ कृष्ण प्रकाश श्रेष्ठ (मस्को रसिया), नेपाली साहित्य दुत कन्चनजंघा सन् २०१४ सुरेसजंग शाह (लण्डन युके), नेपाली साहित्य दुत लोत्से २०१४ कपिल अधिकारी (ताइवान), >>>

विश्व नेपाली साहित्य महासङ्घ युके शाखाको नयाँ नेतृत्व निर्वाचित

विश्व नेपाली साहित्य महासङ्घ युके शाखाको नयाँ नेतृत्व निर्वाचित

पिटरवरो, ९ नोभेम्बर २०१४ । विश्व नेपाली साहित्य महासङ्घ युके शाखाको नयाँ कार्यसमितिमा साहित्यकार तथा नाट्य कलाकार समिप हाँङवाङ जर्जर पुनः अध्यक्षमा चयन हुनुभएको छ । केशव खतिवडा निर्वाचन संयोजक र कृष्णबहादुर तामाङ निर्वाचन सचिव रहेको निर्वाचन मण्डलले घोषणा गरेको प्रेस विज्ञप्तिमा उपाध्यक्ष भरत पाण्डे, महासचिव पवन शर्मा, सचिव प्रगति पाण्डे, कोषाध्यक्ष शिवराज पाण्डे, सहकोषाध्यक्ष तेनाहाँङ राई, बरिष्ठ सदस्य द्धय केशव भण्डारी, महेश अधिकारी र सदस्यहरुमा होम सुनुवार, दधिबन्धु घर्तिमगर, दलबहादुर बुढाथोकि मगर, अम्बिरा राई, ममता राई, तारा योङहाँङ र शेरबहादुर इङनाम चयन हुनभएको जनाइएको छ । निर्वाचन मण्डलले ३० >>>

विश्व नेपाली साहित्य महासंघ दिल्लीद्धारा २ जना नारी श्रष्टालाई सम्मान

विश्व नेपाली साहित्य महासंघ दिल्लीद्धारा २ जना नारी श्रष्टालाई सम्मान

नया दिल्ली । ३ नोभेम्बर २०१४, नेपाली नेपाली भाषा र साहित्यको क्षेत्रमा योगदान दिनुहुने दार्जीलिङका दुई जना श्रष्टालाई भारतको राजधानी नया दिल्लीमा सम्मान गरिएको छ । विश्व नेपाली साहित्य महासंघ भारतले दार्जीलिङका कवियत्रीद्वय साङमु लेप्चा र निना राईलाई सम्मान एवम् अभिनन्दन गरेको हो । साहित्यकार उत्तरकुमार क्षेत्रिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली साहित्य लेखनको क्षेत्रमा तीन दशकदेखि सक्रिय लेप्चा र राईलाई सम्मान गरिएको हो । सम्मानित दुवै श्रष्टा दार्जीलिङमै शिक्षण पेसामा सक्रिय हुनुहुन्छ । सफदरजङगस्थित गोर्खा भवनमा आयोजित कार्यक्रममा कवि तथा गजलकारहरुले आ–आफ्ना सृजना वाचन गर्नु भएको थियो । सम्मानपछि बोल्दै >>>

घरबाटै विश्वब्यापी कविता प्रतियोगितामा भाग लिई पुरस्कार जित्नुहोस

घरबाटै विश्वब्यापी कविता प्रतियोगितामा भाग लिई पुरस्कार जित्नुहोस

विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता २ को लागि आफ्नो कविता आफ्नै स्वरमा रेकर्ड गरी अडियो फाइल इमेल मार्फत पठाउनुहोस साथै टाइप कविता र फोटो पनि पठाउनु पर्नेछ । कविता अप्रकाशित र बढिमा २०० शब्दको हुनुपर्नेछ । आफैले रेकर्ड गर्ने प्रविधि वा ज्ञान नभए हामीलाई जानकारी दिनुहोस हामी सम्पर्क गर्नेछौ । मातृभाषा अन्तर्गत एकै भाषाको ७ भन्दा बढि कविताहरु प्राप्त भएमा छुट्टै मूल्याङ्कन गरि पुरस्कृत गरिनेछ । कविता प्राप्त हुनुपर्ने अन्तिम दिन १५ मंसिर ०७१ (01 Dec 14) । प्राप्त कविताहरु महासङ्घको वेवसाइटमा उपलब्ध हुनेछन् । तपाईको कविता आजै इमेल गर्नुहोस >>>

विश्व नेपाली साहित्य महासङ्घ, युकेको नयाँ नेतृत्वको लागि सुचना

विश्व नेपाली साहित्य महासङ्घ, युकेको नयाँ नेतृत्वको लागि सुचना

२८ अक्टोबर २०१४, विश्व नेपाली साहित्य महासङ्घ, युके समितिको नयाँ नेतृत्वको निम्ति खुल्ला उम्मेदवारीको लागि सुचना आब्हान गरिएको छ । केशव खतिवडा संयोजक र कृष्ण तामाङ सदस्य रहनु भएको निर्वाचन समितिले अक्टोबर महिनाको ३० तारिख भित्र आवेदन दर्ता गर्न सार्वजनिक सुचना जारि गर्नुभएको छ । स्मरण रहोस, सन् २०१० को अक्टोबर १८ का दिन साहित्यकार तथा नाट्य कलाकार समिर हाङवाङ जर्जरको नेतृत्वमा पहिलो तदर्थ समिति निर्माण भएको थियो । विस्तृत जानकारीको लागि तलको सुचना हेर्नुहोला

Page 5 of 31« First...«34567»...Last »